जिन्दगीभरी संरक्षणमा लाग्नेलाई मनकारीको खाँचो

dinesh-giri-chitwan

दिनेश गिरी ((नागरिकताको नाम दिनानाथ गिरी) ) उती साह्रो चिनिएका पात्र होइनन । किनभने जिन्दगीमा उनले जति मानिस भेटे, देखे । त्यो भन्दा बढि चरा, गैंडा, पूतली, निलगाइ, गैडा र अन्य जिव देखे होलान् । उनको आवत जावत भनेकै तिनै जिव बस्ने थलो हो । नचिनिएकै त होइनन् । उनी चिनिएका छन् । तर संरक्षण जगतमा । जीवनमा नेपालको तराई क्षेत्रका अधिकांश जंगल र बासस्थान छिचोले । पुरिँदै गरेको तालको महत्व स्थानिय मानिसलाई बताए । जैविक विविधता नासिनुको मार आफैंले भोग्नु पार्छ । अहिलेका पिँढेले वातावरण प्रदुषित बनाए, खोलानाला फोहोर गरे,  वन मासिदिए भोलीका आफ्नै छोराछोरीमाथी अपराध हुन्छ भनेर ज्ञान बाँडे । यस्ता ज्ञान बाँड्न पर्यटक घुमाएर आएको थोरैपनि त्यतै खर्चिए । यतिखेर समाजमा उल्लेखनिय काम गरेका यिनै पात्र भक्तपुरको अस्पत्तालको मानव इन्द्रिय प्रत्यारोपण शाखा (human organ transplant center) दुबै म्रिगौला असफल भएर म्रित्युसित लडिरहेका छन् । कसैले अलिकति सहयोग गरिदिए म्रिगौला फेरेर कार्यक्षेत्रमा खटौंला भन्ने झिनो आशा पालेर मनकारीको आशामा बसेका छन् । कुनै मनकारी, अलिकति सहयोगी मन भएको कोहि वा दुई तिन जना पात्र यत्रो विशाल धरतीबाट कस्सो ननिस्केला त ? यहि आशामा अस्पत्तालको ओछ्यानबाट आँखा डुलाइरहेका छन् ।

पछिल्लो समय उनी बुद्दको जन्मस्थल लुम्बिनी र त्यस वरिपरिको बिग्रँदो वातावरणका बारेमा चिन्तित थिए । जैविक विविधता र वातावरणिय ज्ञान फैलाउन लुम्बिनी क्षेत्रलाई कार्यथलो बनाएका थिए । काम गर्दा गर्दै दुबै म्रिगौला खराब देखिएपछि उनी अकस्मात कसैको सहयोगमा त्यहाँ पुगेका हुन् । उनलाई म्रिगौला प्रत्यारोपण गरेर फेरि वातावरण जोगाउने सन्देश बाँड्ने रहर छ । तर त्यो इच्क्षा कसले पूरा गरिदिने ?

उनलाई यस कारणपनि बाँच्नु छ । घरमा कमाउने उनी एक्लो छोरो हुन्  । भाई बहिनि आफ्ना गोडामा उभिन सक्ने छैनन् । स्कूलमा पढ्दै गरेका तिनको लालनपालन र शिक्षाको चाँजो मिलाउने भारपनि उनैको छ । बाउ आमा नभएकाले अभिभावकत्व लिनु उनैको बाध्यता छ । ‘म तलमाथि भए सपरिवार सडकमा पुग्ने भो’ यो बेदना र संभावित आशंकालेपनि उनलाई ओछ्यानमै हुटहुटी गराउँछ । नेपालप्लसकालागि उनको यथार्थ बुझ्न खोज्दा उनको तस्विर लिन खोजियो,  अस्पत्तालमै रहेको । उनी भावुक बने ‘म त्यसरी रनवन हट्टकट्टा भएर नदि खोला, पहाड र थुम्का छिचोलेको, जनावर जसरि दगुरेको मान्छे यो अस्पत्तालमा बिजोग भाको फोटो राख्न सक्दिन’ उनले बिह्वल भएर राजेन्द्र अधिकारीसित भने ।

म्रिगौला प्रत्यारोपणका लागि म्रिगौला दान गर्नेको खोजी गर्दै थिए । बिकल्प नभेटिएपछि उनैका एक भाई पर्नेले आफ्नो एक म्रिगौला दान दिन राजी भएका छन् । त्यो म्रिगौला प्रत्यारोपण गर्न आठ देखि दश लाख लाग्छ । तर त्यसलाई प्रत्यारोपण गर्न खर्चको अभावले उनी अस्पत्तालमा पल्टिरहेका छन् । चितवनमा छन्  भाइ बहिनि । भेट्नपनि हत्त पत्त पाउँदैनन । यता उनी छटपटिने । उता घरमा भाइबहिनीले उनको रोग सन्चो भाको खबर पर्खेर बस्ने । आफन्तहरू  पिरलिने । यहि दुख, अत्यास, बेदना र छटपटिका बीचमा अस्पत्तालको ओछ्यानबाट उनले मनकारीहरुसित आग्रह गरेका छन्, केही सहयोगकालागी ‘लौ न सक्नुहुन्छ भने बचाउनुस्, बाँच्दापनि गरेकै हुँ, बाँच्न पाए फेरि गर्छु ।’

सहयोग गर्न मन लाग्नेका लागि उनको बैंक खाताको ठेगाना

Dina Nath Giri

Himalayan bank Limited,

Bharatpur branch, account number 008000776890018.

Himalayan bank limited

तपाइँको प्रतिक्रिया