पेरिसमा नेपाली सँगै गरे फ्रान्सेलीलेपनि सरस्वती पूजा (फोटो कथा)

DSC02210

बिध्याकी देवी भनेर पूजा गरिने सरस्वतीको आज पेरिसमा पूजा गरियो । नेपाली सांस्क्रितिक गृहले यो वर्ष पहिलो पटक सबै नेपालीलाई आव्हान गरेर सरस्वती पूजा मनाउने मेसो मिलाएको हो । पेरिसको एक हलमा खचाखच भरिएका नेपाली र फ्रान्सेलीहरु सहित थुप्रै वालवालिकाका बिचमा सरस्वती देवीको महात्म्य र उनको पूजा गर्नुपर्ने सांस्क्रितिक महत्वका बारेमा जानकारि दिईयो ।

DSC02120

DSC02263

नेपाली राजदूत अम्बिका देवी लुइँटेलले पढ्न नजानेका, अक्षर नफुटेका वालवालिकालाई आजकै दिन लेख्न सिकाए सरस्वती देवीको आशिर्वादले लेख्न आउने विश्वास नेपाली समूदायमा रहेको बताइन । आजकै दिनदेखि पढ्ने उमेर टेकेका वालवालिकालाई लेख्न सिकाउने नेपाली परम्परा रहेको जानकारिपनि दिईन् । नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्याय र हरिहर अर्याललेपनि सरस्वती पूजाका बारेमा आफ्ना अनुभव राखे ।

DSC02212

DSC02196

DSC02171

वालवालिकालाई सरस्वतीको फोटो र मूर्तीमा अक्षता र फूलले पूजा गर्न लगाए । फ्रान्समा रहेका नेपाली वालवालिकाले आफ्नो भाषा नभुलुन् र पहिचान नमेटियोस भनेर शिशु वर्ण मालाको पुस्तक र कलमसमेत उपहार दिईएको थियो ।

DSC02250

केही वालवालिकाहरूले पुस्तक र कलम पाएपछि त्यहिँ बसेर तत्कालै नेपाली पढ्न र लेख्न सिक्न थालेका थिए ।

DSC02279

हलमा एउटा पाटी थियो जहाँ वालवालिका र अन्यलेपनि चाहेको कुरा नेपालीमा लेखेर मनको कुरा ब्यक्त गरे ।

 

DSC02255

फ्रान्सेली र नेपाली बीच विवाह भएर जन्मिएका आफ्ना वालवालिकालेपनि नेपाली भाषा सिकुन भनेर केही फ्रान्सेलीले आफ्ना वालवालिकालाई नेपाली लेख्न सिकाउँदै थिए । कार्यक्रममा फ्रान्सेलीहरुकोपनि उल्लेख्य उपस्थिती र सक्रियता थियो ।

DSC02161

DSC02105

आजै पहिलो पटक नेपालबाट फ्रान्समा आएर पिएचडी गरेका वा डाक्टर बनेका पाँच नेपालीलाई नेपाली सांस्क्रितिक गृहको तर्फबाट स्वागत र बधाई दिईयो । तिनले यहाँ अध्ययन गर्न आउँदाको अनुभव सुनाए । कोहि टेलीकम्युनिकेशन त कोहि चिकित्सा क्षेत्र र बिबेक चौंलागाईले तारा र ग्रहका बारेमा पिएचडी गर्दाको अनुभव सुनाए । ‘ताराहरूको जिवनपनि मानिसको जस्तै हो । ति जन्मिन्छन । हुर्किन्छन । बुढा हुन्छन् । मर्छन’ उनले भने । ताराहरूको बारेमा धेरै अध्ययन अनुसन्धान हुन बाँकी रहेको, नेपालीहरू यो बिषयमा अध्ययन गर्न इच्क्षुक रहेकाले आफूले नेपालका बिध्यार्थीहरूलाई केही योगदान गर्न चाहेको उनले बताए ।

ति बिध्यार्थीहरूलाई राजदूत अम्बिका देवी लुइँटेल र नेपाली दुतावासका मिनिस्टर काउन्सिलर रामबाबु ढकालले खादा र माला ओढाएर बधाई दिए । लामो समयदेखि नेपाली भाषा अध्यापनमा लागेका राम पाण्डेलाईपनि उनको योगदानको कदर गर्दै खादा ओढाएर बधाई दिईयो । आफ्नो मन्तब्यमा डाक्टर गर्ने भनेको सबै नभएको र त्यो श्रीपेच लगाउने काम भएको बताए ।

DSC02104

DSC02098

कार्यक्रममा नेपाली नास्ताको ब्यवस्था त गरियो नै, आज प्रवेशपनि निशुल्क थियो ।

DSC02260

नेपालप्लसका सञ्चालक ददि सापकोटाको पुस्तक ‘दुखेको युरोप’ हातमा बोकेर यी युवक देखा परे ।

DSC02287

अन्तिममा यस्सो सामूहिक नाच गरेर रमाईलोपनि त गर्नै पर्‍यो नी !

तपाइँको प्रतिक्रिया