कविता : दलाली

  • मोहनराज खनाल / याँगौं, म्यामा (बर्मा)

mohanraj-khanal-burma

विश्वको शहर शहरभर भरीएको दलाली आगन

दलाली बिना काम चल्नै गाह्रो भएझैं

उदय देखि अस्त सम्मको  यात्रा

दलाली ले निली सकेको  रेश

मौन भूमी छ आनन्द

कैयौं  दलाली कटेर गए ।

गल्ली गल्लीमा बसेकाछन दलाली

पथर विक्रिमा दलाली

भूमी विक्रिमा दलाली

घर किनबेचमा दलाली

पशु किनबेचमा दलाली

बिबाह भतेरमा दलाली

मृत्युखण्ड सम्मपनि दलाली

भ्रूण हत्या सम्मपनि दलाली

यहाँ तक नागरितादेखि पासपोर्ट दलाली

कुनै काम मिल्नैको लागि दलाली

कुनै कार्य सुल्झाउनै दलाली

घर घरमा दलालीको खोज

+++++++++++

समयले मान्छेलाई दास बनायो

दलाली युग बनायेर छाडो

ईश्वर पुकार भन्दा!  दलाली लाई हेलो

दलालीको दर्जानै ज्येष्ट र श्रेष्ट स्थानमा

पैलो नमस्कार र सलाम उस्लाई

कस्ताको मन जित्न सकेन उस्ले ???

कसैको घर बसालो

कसैको घर उजाडो

कसैलाई बाटामा पुर्यायो

कसैलाई घाट सम्म

सडुन्जेल झेल कैद् सम्म जाक्यो

निर्दयी क्रूर कसाई दलाली पनि रे  ???

+++++++++++

यसैका छन मान्छे

चम्चा र चयन नयाँ नयन

छौतर्फिमा सियो गिर्नहुन्न

ईसारा आँखा आँखाबाटै मारिसक्छ

दुर्गन्ध दुर्नाम भएपनि मस्त आनन्द

दलाली

+++++++++++

यो  युगको शोभा भनौं ??

या कलिका डाईना ??? भनौं ??

मान्छेले मान्छे मारेको

आलो आन्द्रा सुकाईदिएको

मान्छेको मन मृत्युशय्यामा सुताईदिएको

रगत चुस्ने दलाली

बुद्धि भुट्ने दलाली

मन बुद्धि भत्काउने  दलाली

अहो !!  अचम्म छ दृष्य

कहाँ सम्म फराकिलो वनाईसक्यो

मान्छे पगाल्ने बुद्धि दलाली

दलालीको शिकार भाछन

उदायदेखि अस्ताउने सम्म

अत्याचारको सिमा अन्यायले घेरेर

वरिपरी लोभ तृष्णाको आगो

दनन दनननन दलाली

मान्छे मार्ने दलाली

घर भत्काउने दलाली

घर बसाउने पनि

कतै सुन्दर तमाम बार्ता

कतै लाल्चा आँखा

निर्दयी अत्याचार दलाली

+++++++++++

अझ

कैयौं किसिम किसिमका

जन्म लिंदैछन दलाली

शिखा काट्यो

जनै फ्याँक्यो

नित्य निज धर्म छोड्यो

आस्था बाङ्गा टिङ्गामा

मुखमा राम राम छ बाबु

खल्तिमा नित्य छ चाकू

चाप्लुसीमा नपाए चाकूको भर

यो युगकै पहिचान भनौं या ??

नक्कली तमाम दशा भनौं ????

आफ्नो सापट्टिको लागि चाहियो

चलाख दलाली

+++++++++++

आध्योपान्त यथार्थ

उल्टा पुल्टा सुल्टा

शाम दाम दण्डभेदको पथिक

अर्थमा बलात्कित

आस्था निस्ठा बाङ्गिएका

दुराचार ग्रष्त ग्रसित

सूर्य चन्द्र ग्रहण भन्दा

पूर्ण ग्रसित दलाली

समाज ग्रसित

भाषा ग्रसित

जातिय ग्रसित

अझ नपुगेर

धर्ममा पनि ग्रस्थ ग्रसित दलाली

+++++++++++

सलाम छ बाबु

दलाली हरूलाई

आगे बाटो खुल्लाको लागि

स्वच्छमान्छे बनाउनको लागि

आशा

भरोसा

निरासामा नपारून

नपरून

मेराभाइ दलाली

असामान्य असामान्य

आजको दलाली युग

नमस्ते दलाली भाइ !!

नमस्ते  दलाली ज्यू

हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस् 

https://www.facebook.com/nepalplus

https://twitter.com/nepalplus

फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्

https://www.facebook.com/nepalplusenfr

https://twitter.com/nepalplus

तपाइँको प्रतिक्रिया