कविता : मेरो परिचय

  • कपिल अधिकारी / ताइपे, ताइवान

kapil adhikari-taiwan-11212

परदेशमा

मेरो देश सोध्छन

नेपाल भन्छु

भाषा सोध्छन

नेपाली भन्छु

जाति सोध्छन

जाति नेपाली भन्छु 

+++++++

बिबिध संस्कृति, भाषा र धर्म

तराई, पहाड, हिमालको कुरा गर्छु

समथर, खोंच र अग्ला हिमालयको

ललितकला देखि नोर्गे तेन्जिंग सम्म

लुम्बिनी देखि –गोसाईथान

त्रिशुली र कर्णाली

छतीस जातको फुलबारी ।

+++++++

मलाई चिन्दैनन यहाँ

तरसुन्दर पहाड चिन्छन

मन्दिरै मन्दिरको शहर र कलाकृति चिन्छन

ज्ञान भुमि त्यो लुम्बिनी चिन्छन

साहसीगोर्खा

संसारको छाना, स्यामोलोन्गमा

नेपाल चिन्छन ।

+++++++

खै त मेरो परिचय ?

मसोच्छु

आज मा जे छु

नेपालकै नाताले छु

उनीहरुले चिनेको भित्र म जोडिएकोछु

मेरो परिचय नेपाल

मेरो नेपाल ।

+++++++

नमस्तक छु उ प्रति

जसले योसुन्दर नेपाल बनाए

मलाई,

हामीलाई आफ्नो परिचय दिलाए ।

तपाइँको प्रतिक्रिया