यस्तो आउँदै छ भोलिको साब्ली एब्दो पत्रीकामा
इस्लाम धर्मका गुरु मोहमदको आलोचना गर्यो भनेर आतंककारी मुस्लिमहरुले, अलकाईदाका आतंककारीले गत हप्ता सार्ली एब्दो साप्ताहिक पत्रिकाको कार्यालयमा आक्रमण गरेर नौ पत्रकारसहित एक दर्जन मारे । आतंककारी सुरक्षा घेउमा परे । सरकारले दुबै (सेन ए मार्न र पोख्त द भाँसेन) घटनाका आतंककारीले आत्मसमर्पण गर्न नमानेपछि मारिदियो । इस्लाम धर्म र त्यसका गुरुहरुको आलोचना गर्यो भनेर तिन पत्रकारहरूलाई मारिएको थियो । अलकायदाका ती आतंककारीले नौ जना पत्रकार मारिदिएपछि अब यो पत्रिकाले यसरी आलोचना गर्दैन, डराउँछन भन्ने ठानेका थिए होलान् । तर सार्ली एब्दो पत्रिका डराएन ।
भोलि बुधवार निस्किने पत्रीकामा झन् दह्रोसित एस्लामिक गुरु मोहम्म्दको आलोचना गरिएको छ । तुते पाख्दोने (all is forgiven) अर्थात् सबै क्षमा गरिएको भन्ने शिर्क्षकमा मोहमदलाई मपनि सार्ली हुँ वा मपनि सार्लीकै पक्षमा छु भन्ने देखाईएको छ । भोलिको ११७८ औं अंक ३० लाख छापिएको छ । यो ब्यंग्य पत्रिका यो घटना अघि ६० हजार छापिँदै आएको थियो । यो फोटो सार्ली पत्रिकालाई आफ्ना पत्रकार दिएर र अन्य काम गरिदिएर सहयोग दिँदै आएको लिबेरास्सियों दैनिकबाट लिएको हो ।





