खै किन आएनन् उनी……?
–लक्ष्मी सापकोटा, बेलायत
नयाँ सालको नव बिहानीमा
प्रेममय शुभकामना साट्न
म कुरिरहें, बाटो हेरिरहें अनि झस्किरहें
खै किन आएनन् उनी….?
मनमा खुशीका उन्माद लिएर
उत्साह र उमंगका लहर लिएर
उनकै बाटो हेरिरहें अनि टोलाइरहें
खै किन आएनन् उनी….?
मायाका कोशेली मनको डालीमा सजाएर
मुटुको ढुकढुकीमा माया बसाएर
हृदय भरिको माया दिन
खै किन आएनन् उनी….?
ओहो ! पुरानो साललाई बिदाइ
नयाँ सालमा नयाँ योजना अनि नयाँ कल्पना
नव जीवनको शुरुवात गर्न
खै किन आएनन् उनी……?




