आतंककारीका बिरुद्द पेरिसमा मानव सुनामी, नेपालीपनि राष्ट्रिय झण्डासहित
पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रीकामा आक्रमण गरेर आठ जना पत्रकारसहित १२ जनाको ज्यान लिने आतंककारी बिरुद्दको मौन जुलुसमा आज पेरिसमा मानव सुनामी उर्लियो । फरक फफरकरक् मेडियाका अनुसार आज १० लाख देखि १५ लाख मानिसहरू प्रेस स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता, गणतान्त्रिक फ्रान्स, मानव अधिकार र समानताका लागि सडकमा उत्रिए । सरकारले सडक पेटीमा सुरक्षाकर्मी परिचालित हुने र मौन जुलुसमा सहभागीहरू मूल सडकमा हिँड्ने बताएको थियो । तर प्रदर्शनकारीको संख्या सरकारले सोचेभन्दा दोब्बर भन्दापनि बढि भएपछि साडकपेटी प्रदर्शनकारीकालागि खोलिदिएको थियो । यसमा हामी नेपालीपनि नेपाली झण्डा बोकेर सहभागी भयौं ।
पेरिसस्थित कुनैपनि नेपाली संस्थाले संयोजन नगरेकाले नेपालीहरू एकै थलोमा जमघट हुन सकेनन् । तर नेपालीहरू आतंककारीको भयबाट तर्सिएनन र सहभागी भए । बिभिन्न समयमा बिभिन्न थलोबाट नेपालीहरू मौन जुलुसमा सहभागी भए । तप्त भण्डारी, सुरेस तामाङ, रेवत पुरी, हेमन्त उपाध्याय, सुशिला पुन, मुना पुन, रिता पुन, दिलिप गुरुङ लगायतका धेरै नेपाली फरक फरक ठाउंमा भेला भएर सहभागी भए, आआफ्नो समूह लिएर ।
हामीलाई के लाग्यो भने धेरै फ्रान्सेलीले नेपाल चिनेका रहेछन् । तर झण्डा नचिनेका । अचम्मको अझण्डा अकारको झण्डा देखेपछि कुन देशको हो भनेर सोध्थे । नेपालको भनेपछि चिनिहाल्थे । अनि हाम्रो झण्डाको आकारले गर्दापनि धेरैले फोटो खिच्थे । अफ्रिकाको एक टिभीले त नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायसित अन्तर्वार्तानै लियो छोटो ।
हामी नेपालीहरू जति सँगै भयौं । अन्तिमसममा बस्यौं । प्रेस स्वतन्त्रता, लेखकिय अधिकार, मानव अधिकार, फ्रान्सेली गणतन्त्र र अभिब्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्दता जाहेर गर्यौं । उपाध्यायको प्रयासले गर्दा ठूलो झण्डा लिन सफल भएका थियौं । फोटोमा देखिएको ठूलो झण्डा उनैले ल्याए र दिनभरी बोकेर हिँडे । धेरै फ्रान्सेलीले धन्यावादपनि दिए, नेपाल जस्तो टाढाको सानो देशका तर्फबाटपनि प्रतिनिधित्व गरेको भन्दै ।






















