गजल : अस्मिता

  • डा हरि कुमार श्रेष्ठ / स्युचाटार, काठमाडौँ

hari-kumar-shrestha-11212

लुटिँदैछ अस्मिता चेलीको आज

परेर फन्दामा त्यो झेलीको आज ।

+++++++++++++++++

नर पिशाच कस्तो शक्तिले बेर्दै,

लिँदै पो छन् सुगन्ध बेलीको आज ।

+++++++++++++++++

राज छ एकछत्र शासन कब्जा,

छैन भर कानूनी ठेलीको आज ।

+++++++++++++++++

सहाराको खातिर खोज्दै समाज,

छैन कोही मित्र अकेलीको आज ।

+++++++++++++++++

बगरको बिस्कुन बनाए कस्तो,

सुकाई यौवन सहेलीको आज ।

+++++++++++++++++

थियो कस्तो मुहार टल्कने रङ्ग,

मूल्यहीन बनाए सेलीको आज ।

+++++++++++++++++

अश्रुधार तप्कँदै पागल रुप,

दुर्दशा बन्दैछ चमेलीको आज ।

तपाइँको प्रतिक्रिया