फिनल्याण्डमा बजे पञ्चे बाजा
फिनल्यान्डबासी नेपालीहरुले हेल्सिन्किमा एक भव्य कार्यक्रमको आयोजना गरी नव बर्ष २०६६ उल्लासमय बातावरणमा मनाएका छन् । फिनिस-नेपाली समाजद्वारा आयोजित सो कार्यक्रममा फिनल्यान्डमा बसोबास गर्दै आएका विविध पेशा र क्षेत्रमा संलग्न नेपालीहरु तथा फिनिस नागरिकहरुको समेत उपस्थिती रहेको थियो।
राष्ट्रिय गानबाट प्रारम्भ भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष हेमराज शर्माले नव बर्षको उपलक्ष्यमा शुभ कामना व्यक्त गर्दै नेपालीहरु बीचको सम्बन्ध सुमधुर र अझ बढी प्रगाढ हुनुपर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रमको दोस्रो चरणमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। पञ्चेबाजाको धुनले कार्यक्रममा उपस्थित नेपालीहरुलाई एकपल्ट आफुहरु स्वेदेश मै रहेको जस्तो झल्को दिएको थियो। फिनल्यान्डमा बिगत दुई बर्षदेखी मुख्य नेपाली चाडपर्वहरुमा पञ्चेबाजा बजाउने गरिएको छ। उक्त कार्यक्रममा प्रस्तुत बिभिन्न गीत तथा न्रित्यद्वारा उपस्थित दर्शकहरुले भरपुर मनोरन्जन गरेका थिए। कार्यक्रमको बिच बिचमा वाचन गरिएका गजल, मुक्तक तथा चुट्किलाहरुले कार्यक्रम्मा अझ बढी रौनक थपेको थियो। साथै ,सो अवसरमा बिबिध संस्कृतिका बारेमा जानकारी तथा चासो राख्ने सिरियाली नागरिक पुर्हाम्दोन बोर्हनले समेत आफ्नै भाषामा एक गीत प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा हेल्सिन्किमा रहेको नेपाली रेस्टुरेन्ट माउन्टेनले नि:सुल्क स्वादिस्ट नेपाली खाना उपलब्ध गराएको थियो। फिनिस-नेपाली समाजका अध्यक्ष हेमराज शर्माको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन शिव अर्याल तथा ज्योतिप्रकाश खरेलले संयुक्त रुपमा गर्नु भएको थियो।






