गजल : यत्रतत्र जालीहरु

  • सुर्य न्यौपाने “सिकारु” / दक्षिण कोरिया

surya-sikaru-neupane-south-korea

सज्जनलाई ठाउँ छैन यत्रतत्र जालीहरु

पथ भ्रस्ट भएपछि देश हाक्ने मालीहरु  ।

+++++++++++++++++++++++++++

अन्यायको बिरुद्धमा हात जोडदै हिँडेपनि

न्याय होइन पाइन्छ यहाँ मुटु दुख्ने गालीहरु ।

+++++++++++++++++++++++++++

बलिदान र समर्पणको मूल्य चाटने भोगीहरु

निमोठदैछन सद्भाव र एकताका बालीहरु ।

+++++++++++++++++++++++++++

सहिदको रगतलाई फुलमालामा पोति पोति

कहिलेकाही ठोक्ने गर्छन जबर्जस्ती तालीहरु

+++++++++++++++++++++++++++

प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको नारा बेच्दै

अखण्डलाई खण्ड पार्न छुट्याउदैछन थालीहरु ।

तपाइँको प्रतिक्रिया