नायकसितै छमछमी नाच्दै पेरिसमा तमुहरूको ल्होसार

PARIS-28-12-2014 169

पेरिसमा तमु (गुरुङहरुले) आफ्नो नयाँ वर्ष ल्होसार मनाए । आज दुईवटा नयाँ अवशरका साथ मनाए । फ्रान्सका नयाँ नेपाली राजदूत अम्बिका लुइँटेल र तमु फिल्मका नायक आकाश गुरुङसँगै मनाउन पाए । आकाश गुरुङले संयोगले पेरिसमा न्रित्य देखाए भने महामहिम राजदूत लुइँटेल दश दिन अघि मात्रै राजदूतको जिम्मेवारी लिएर आएकाले उनकालागिपनि यो पहिलो सार्वजनिक कार्यक्रम थियो । नायक गुरुङ् आफ्नै समूदायमा न्रित्य देखाउन पाउँदा हौसिए । राजदूत नेपालीको पहिलो कार्यक्रममा उपस्थित् हुनासाथ पाएको माया र सम्मान देखेर पुलकित भईन । आयोजकहरू आफ्नै गुरुङ् समूदायका नायकलेनै न्रित्य देखाइदिएर । नेपालीहरू नायक र नयाँ राजदूतलाई पहिलो पटक चिन्न पाएर । लोक भाकाका अनेक न्रित्य हेर्न र गित सुन्न पाएर । खचाखच नेपालीहरूको भिड लागिदिएर अनुग्रहित देखिए, आयोजकहरू । पेरिसको एउटा हलमा खचाखच भरिएका नेपालीहरुका माझमा आज तमु समाज फ्रान्सले रोचक र मनोरन्जनात्मक हिसाबले भब्य तमु ल्होसार मनायो । आजै पहिलो पटक फ्रान्समा बाह्रमसी घाँटु न्रित्यपनि देखाइयो ।

PARIS-28-12-2014 028

कार्यक्रममा सभापतित्व तमु समाजका संस्थापक अध्यक्ष लक्ष्मण गुरुङ्ले गरे । मुख्य अतिथि थीइन्, राजदूत लुइँटेल । विशेष अतिथि थिए, पेरिसको नेपाली दूतावासका उपनियोग प्रमुख रामबाबु ढकाल । राजदूत लुइँटेल कस्ती होलिन् ? कस्तो बोल्लिन । कस्ती मान्छे हुन् यिनी ? जिज्ञासा राख्नेहरू धेरै थिए । त्यसैले उनको मन्तब्य धेरैले होस् गरिगरी सुने । आफू नयाँ भएकाले बुझ्दै गरेको । नेपालीहरुसित सहकार्य गर्न तयार रहेको । यस्ता सांस्क्रितिक काम र अन्य कन्सुलर संवन्धी सबै काममा सहज ढंगले सेवा दिन चाहेको । नेपालीहरूको हितका लागि आफू लागिपर्ने भन्दै सन्तुलित भनाई राखिन् । उनले आफूलेपनि तमुहरूको घाटु न्रित्य भने पहिलो पटक हेर्न पाएको भन्दै गुरुङ् संस्क्रिती र यसलाई जोगाउन, फैलाउन तमुहरूले गरेको प्रयासको प्रशंसा  गरिन् । प्रवाशी नेपाली  बिदेशमा सांस्क्रितिक दूत भएकाले नेपाल र नेपालीको हितका लागि राजदूतावासको ढोका  सदा खुल्ला रहेको जानकारि दिएर सजिलो बनाउन खोजिन् ।

PARIS-28-12-2014 059

आजै उनलाई तमु समाजले सम्मानपनि गरेको थियो ।

PARIS-28-12-2014 336

आजै संस्थाको हितका लागि अदम्य सेवा गरेको भन्दै तमु समाज फ्रान्सका संस्थापक अध्यक्ष लक्ष्मण (तमु) गुरुङ र उपाध्यक्ष अनिता तमुस्यो (गुरुङ) लाई सम्मान  गरियो । सम्मान राजदूत लुइँटेल र उपनियोग प्रमुख ढकालले दोसल्ला ओढाएर र सम्मान पत्र दिएर गरे । सम्मान कार्यक्रममा लक्ष्मण गुरुङ असाध्यै भाबुक देखिए । आफू २८ वर्ष फ्रान्समा बसेपनि सपनामा कहिल्यै फ्रान्सेली भाषा नबोलेको । कहिल्यै फ्रान्सेली सपना नदेखेको । सधैं नेपालकै सपना देखेको र नेपालीमै बरबराउने गरेको बताउँदा केहिबेर हलका मानिसलाईपनि उनले भाबुक बनाइदिए । उनले बसाई फ्रान्समा भएपनि सधैं आफ्नै देश, भाषा, संस्क्रिती र समाजको माया प्रस्ट्याउन खोजेका थिए । उनले आफू जन्मेको लम्जुङको नाल्मा गाउँको सपना निरन्तर देख्ने गरेको बताए । नाल्मा लमजुङको बिकट गाउँ हो, अहिलेपनि । आफू मन्च, सभा र समेलन होईन सडक सडक खालि ठाउँ, भुइँमा हिँड्न रुचाउने ब्यक्ति भएकाले त्यसैमा रमाउनाले भाषण गर्न नआउने हाकाहाकी बताए । आज सम्मानित हुन पाउँदा अचम्म लागेको कुरोपनि नलुकाई भने  ‘स्वर्ग जाने बाटो खुला भएको हो की ?’

PARIS-28-12-2014 343

अर्की सम्मानित पात्र अनिता तमुस्योले तमु समाज गठन गर्दा जातपातको लागि लागेको भन्ने आरोपपनि सुन्नुपरेकाले तमु सामज फ्रान्स कुनै राजनीति गर्न र अन्य जातजाति, भाषाभाषीलाई अलग राख्न नभएको । बरु तमुहरूको भाषा, संस्क्रिति, पहिचान र परम्परा संरक्षणकालागि खोलिएको बिसुद्द सामाजिक संस्था भनेर प्रस्ट्याईन । यो संस्थाले आफूलाई सम्मानित गरेकामा सबैप्रति आभार प्रकट गरिन् ।

PARIS-28-12-2014 322

कार्यक्रमका विशेष अतिथि नेपाली दुतावासका उपनियोग प्रमुख रामबाबु ढकालले यो ल्होसार २८५५ औं भएकाले नेपाली बिक्रम संवत भन्दापनि अगाडी रहेको । यसको आजसम्मको ईतिहाँसलेनै गुरुङहरूको संस्क्रिती कति लामो रहेछ भन्ने प्रस्ट्याएको बताएर छक्कै बनाइदिए । उनले यो संस्क्रिती त्यो बेला देखि निरन्तर मानिँदै, जगेर्ना गर्दै, धान्दै आएकाले यसले बिदेशमापनि आफ्ना नयाँ पिँढीलाई सिकाउनु र शिक्षित दिक्षित बनाउनुपर्ने बताए । अर्का बक्ता हरिहर अर्यालले आफूले ४० वर्षपछि फ्रान्समा पहिलो पटक घाँटु नाच देखेको उल्लेख गर्दै घाँटुका बारेमा आफूले बाल्यकालमा देखेका केही स्मरण गरे  ।

PARIS-28-12-2014 111

(तमु सिनेमाका नायक आकाश गुरुङ देब्रेतिर)

PARIS-28-12-2014 214

 

PARIS-28-12-2014 270

PARIS-28-12-2014 398

(देब्रेतिरकी शर्मिला गुरुङ) 

कार्यक्रममा धेरै खाले न्रित्य देखाईयो  । केही न्रित्य त साँच्चिकै मनमोहक थिए । फ्रान्समा बसेर हेरेपनि सिक्लिस र घान्द्रुकका कुनै चौतारीमा बसेर रोदीमा जमे जस्तो लाग्ने । तक्मे बुढा भन्ने कलाकारसित न्रित्य गरेकि शर्मीला गुरुङ्ले तमु समाजको सांस्क्रितिक फाँटको जिम्मेवारी लिएकी रहिछिन् । उनी आफैं छुट्किलो शरीर लिएर केही न्रित्यमा प्रस्तुत भएकी थीईन ।

PARIS-28-12-2014 169

PARIS-28-12-2014 208

तर घाँटु नाच सर्बोत्क्रिष्ट माने धेरैले । प्रशंसानै गरे हाकाहाकी । असाध्यै गाह्रो हुन्छ यो न्रित्य देखाउन भन्दै थिए । घाँटु न्रित्यमा सहभागी महिलाहरुसित त्यसपछि फोटो खिचाउने लामै क्रम चल्यो ।

PARIS-28-12-2014 232

PARIS-28-12-2014 310

PARIS-28-12-2014 313

PARIS-28-12-2014 349

PARIS-28-12-2014 358

PARIS-28-12-2014 369

PARIS-28-12-2014 420

मोहन गुरुङ, कार्यक्रम सञ्चालक श्री गुरुङ, तमु समाजका अध्यक्ष नारायण गुरुङ, शर्मीला गुरुङ लगायत तमु समाजलाई यहाँसम्म ल्याउन सहयोग पुर्‍याउने धेरैको योगदान र सहयोगको प्रशंसा गरे, नाम बोलाएर संझिए । अहिलेका अध्यक्ष नारायण गुरुङले संस्थालाई असाध्यै राम्रोसित हाँकेको भनेर प्रशंसा गर्नेहरू निकै देखिए । कार्यक्रम र संस्थालाई योगदान गर्नेहरूलाई मुक्त कन्ठले प्रशंसा गर्नपनि चुकेनन् ।

लोक न्रित्य र आधुनिक गितसमेत राखेकाले सबै स्वादका दर्शकहरुकालागि केही न केही उपलब्ध थियो । तमु समाजलाई आर्थिक सहयोग दिनेहरूको नामपनि सुनाइयो ।

(यो कार्यक्रमका सबै तस्विर भोली नेपालप्लसको फेसबूक पेज https://www.facebook.com/Nepalplus?ref=hl मा हेर्नुहोला)

तपाइँको प्रतिक्रिया