गजल : महिनौ भयो

  • प्रमोद भट्टराई / पोल्याण्ड

pramod-bhattarai-98

तिम्रो शहर छोडी आएको महिनौ भयो
माया गर्छु भन्दै गाएको महिनौ भयो ।

000000000000000000

अब मोढ्छु भन्दै बाटो घुम्छौ रे रत्नपार्क
सुन्छु अचेल तिमी धाएको महिनौ भयो ।

माया गर्छु भन्दै गाएको महिनौ भयो ।

000000000000000000

देखावटी रहेछन ति मसगका सारा साथ
आफ्नै एक्लो मन चाहेको महिनौ भयो ।

माया गर्छु भन्दै गाएको महिनौ भयो ।

000000000000000000

जे मन लाग्छ अब तिमी सोही गर प्रिया
भेट्दिन भन्दै कसम खाएको महिनौ भयो ।

माया गर्छु भन्दै गाएको महिनौ भयो ।

000000000000000000

खोजौला म पनि मन मिल्ने असल साथी
यतीकै लागि भगवान माएको महिनौ भयो ।

तपाइँको प्रतिक्रिया