जागजाग नेपाली

-डा.शास्त्रदत्त पन्त

shaastra-datta-panta-0057

कुर्सी रोटी लुछाचुँडी गर्ने काम छोड

     

देशको रक्षा उन्नत गर्न छातीथाप्न मोड ।२।

 

 

उठ हे उठ नेपाली जुर्मुराई उठ

 

तिरस्क्रित हुनबाट बच्नलाई उठ ।।

 

नेपालमा जन्मेपछि नेापाली भै बाँच

 

दरपुस्तालाई प्रकृतिका सबै श्रोत साँच ।३।

 

 

उठ हे उठ नेपाली जुर्मुराई उठ

 

ढुङ्गा माटो पानी वन जोगाउन उठ ।।

 

हामी मिले देश जुट्छ  हामी फुटे फुट्छ

 

बिदेशीको इशारामा चले देश फुट्छ ।४।

 

 

उठ हे उठ नेपाली जुर्मुराई उठ

 

देशको सीमा रक्षागर्न शिर उठाइ उठ ।।

तपाइँको प्रतिक्रिया