किन लिए फ्रान्सेली राष्ट्रपतीले शुरुमै नेपालको नाम ?

rambabu-dhakal

हिजो फ्रान्सका राष्ट्रपती फँस्वा होलँदले शुरुमै नेपालको नाम लिए । त्योपनि सयौं, हजारौं मानिस उपस्थित् भएको सार्वजनिक कार्यक्रममा । नेपालको झण्डापनि शुरुमै राखियो । उनले नोर्थ दाम द लोरेत (Notre-Dame-de-Lorette) भन्ने धार्मिक स्थलमा प्रथम विश्व युद्दमा मारिएका विश्वका बिभिन्न मुलुकका सेनाहरूको स्मरण र सम्मानमा संबोधन गरेका थिए । यो शतवार्षिकी कार्यक्रम थियो । प्रथम विश्वयुद्दमा ४० देशका सेना मारिएका थिए । हिजो तिनै देशको प्रतिनिधित्व थियो । त्यहि सम्मान कार्यक्रममा संबोधन गर्ने क्रममा राष्ट्रपती होलँदले प्रतिनिधित्व गर्ने देश मध्ये पहिलो नामनै नेपालको लिएका हुन् । प्रथम विश्वयुद्दमा बहादुरीपूर्वक लड्दा गोर्खाली सेनाले शहादत प्राप्त गरेको । यसमा नेपालको नाम उच्च रहेको भन्दै संवोधन गरेका हुन् । यो कार्यक्रममा नेपालको प्रतिनिधित्व पेरिसस्थित नेपाली दुतावासका कार्यवाहक राजदूत रामबाबु ढकाल गरेका थिए । उनीसितै यो कार्यक्रममा फ्रान्सका प्रधानमन्त्री, रक्षा लगायतका अन्य मन्त्रीहरु, फ्रान्सेली सेनाका उच्च अधिकारीहरुपनि थिए ।  

हिजै पेरिसको पर्यटिक भिड लाग्ने स्थल चार्ल्स द गोल एत्वालमापनि राष्ट्रपती फँस्वा होलँद पुगे । त्यहाँपनि प्रथम विश्व युद्दमा मारिएका सेनाहरूको सम्मानमा अर्को कार्यक्रम थियो । प्रथम विश्व युद्दमा ज्यान गुमाएका सैनिकहरूको स्मरण गरियो । बिरता र साहसको गाथा कहियो । आफन्तहरू दुखि भए । फ्रान्समा यसरी मारिने सैनिकहरूको स्मरणमा अन्यत्रपनि कार्यक्रमहरू भएका थिए ।

Iper-belgium

iper-2

फोटो-सिता सापकोटाको फेसबूक

त्यस्तै, उता बेल्जियमको इपेर भन्ने ठाउँमापनि अर्को कार्यक्रम भयो । त्यहाँपनि प्रथम विश्वयुद्दमा मारिएका सेनाका नाममा त्यसैगरि श्रद्दान्जली अर्पण गरियो । नेपाली सैनिकहरूलाई श्रद्दान्जली दिन बेल्जियमका धेरै नेपालीपनि पुगेका थिए । तमु समाज बेल्जियमको आयोजनामा त्यहाँ नेपालीले श्रद्दान्जली सभा गरे ।

तपाइँको प्रतिक्रिया