गजल (नयाँ वर्ष विशेष)
अनुकुल प्रकाश, चितवन
..
खुलोस सबतिर नयाँ सालमा, उमङ्गका बाटाहरु,
दरिद्रका दु:ख हरोस, बोल्न पाउन लाटाहरु ।
..
बाटो बनोस पुल बनोस, बिकासको आयाम बनोस,
विधुतग्रीह अथाह बनोस, चिर्न पाइयोस सन्नाटाहरु ।
..
भोका नाङ्गा पिल्सिएका, पिडितलाइ राहत मिलोस,
सुस्तसुस्त पुरिँदै जाओस, दुख्’ने घाउका खाल्टाहरु ।
..
कर्मजिवी बनुन् जन, पौरखिलाई साहस मिलोस,
मेहनतले लहलह हाँसोस, खाली भीर-पाटाहरु ।
..
जागौं उठौँ यूवा साथी समुन्नत नेपाल निर्माणमा,
प्रण गरौं सब एक भै, थपौं एक-एक इँटाहरु ।
..
खुलोस सबतिर नयाँ सालमा, उमङ्गका बाटाहरु,
दरिद्रका दु:ख हरोस, बोल्न पाउन लाटाहरु ।
..
“नयाँ साल २०६६ को अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना छ ।”




