एन आर एन पोर्चुगलको नेत्रित्वमा दुई दर्जनले घेरेर पिडितमाथि झन् पीडा (फलोअप)

subrat-rimal-portugalएन आर एनको काम दु:ख पाएका नेपालीलाई सहयोग दिनु । बाटो बिराएकालाई देखाउनु । मर्कामा परेकालाई सकेसम्म न्याय र भरोसा दिने, सिकाउने हो । तर कतिपय देशका एन आर एनको काम आफ्नो स्वार्थ पूरा गर्ने, तिनको स्वार्थ र निर्देशन अनुसार नचले  नेपालीहरुमाथिनै अत्याचार गर्ने बनेको छ । एन आर एन पोर्चुगलले हिजो एक जना पीडित नेपालीलाई बोलाएर त्यसैगरि सतायो । पोर्चुगाली नागरिकको कुटपिट र अत्याचारबाट बिरामी परेका सुब्रत रिमाललाई एन आर एन पोर्चुगलको निर्देशनमा बैठकमा बोलाइयो । त्यहाँ एन आर एन पोर्चुगलका अध्यक्ष रमेश गुरुङ, उपाध्यक्षद्वय गोबिन्द पौडेल र गोबिन्द सापकोटा, सचिव हेमन्त सेढाइ, कोषाध्यक्ष तिलक गैह्रेपनी पुगे । चारतिरबाट सुब्रत रिमाललाई खार्न थाले । मानसिक दबाब दिन थालियो । पिडितलाई थप पीडा दिने काम गरियो ।

नेपालप्लसको समाचारमा नेपालबाट नेपालीलाई क्रिषीमा काम गर्न अनेक प्रलोभन दिएर पोर्चुगाली दलालहरुसितै मिल्नेमा सूर्य हमाल र निराजन सुबेदी लगायतका नेपालीको संलग्नता रहेको उल्लेख थियो । सूर्य हमाल पोर्चुगलकालागी नेपालका अबैतनिक बाणिज्यदूत मकर हमालका आफ्नै भतिजा  हुन् । हिजोको बैठकमा मकर हमाल र सूर्य हमालका बारेमा नाम आएकामा उनीहरूले आपत्ती देखाए । तर एन आर एन पोर्चुगलका बारेमा खासै चिन्ता देखाएनन् । नेपालप्लसमा आएको समाचारको अडियो रेकर्डकै आधारमा खण्डन गर्न रिमाललाई दबाब दिएका थिए । यदि एन आ र एन संस्थालाई माथि उठाउने हो भने संस्थाकै विषयलाई प्रमुखता दिनुपर्थ्यो । तर त्यहाँ सूर्य हमाल र मकर हमाललाई प्रमुखता दिएर एन आर एन पोर्चुगल हमाल परिवारको निजी संस्था जस्तो देखाएका थिए । 

त्यहाँ राजाका रैतिहरूले राजा र राज परिवारका बिरुद्द बोल्नेलाई खारेजसरि ‘सूर्य हमाल र मकर हमालका बारेमा नेपालप्लस डट कममा किन आयो ? किन कन्सुलर कार्यालयको नाम  आयो ? किन तिनका बिरुद्द बोलेको ? उनीहरूलाई किन लाञ्छना लगाएको ?’ भन्दै चारैतिरबाट सोधपुछ गरे । अदालतमा न्यायधिशले बयान लिने अधिकार पाए झैं तीनले रिमाललाई चारैतिरबाट घेरेर अनेक प्रश्न सोध्दै मानसिक यातना दिए । करिब २५ जनाको उपस्थितिमा उनलाई खार्ने काम गरियो । अधिकांश प्रश्न हमाल परिवारलाई किन मुछेको ? भन्नेमै केन्द्रित थियो । एन आर एन पोर्चुगलका पदाधिकारीहरू जतिले हात हातमा बोकेका आइफोनबाट सुब्रत रिमालले बोलेका सबै कुरा रेकर्ड गरेका थिए । उनीहरूले अबदेखी बोल्न पाइन्न भन्ने दबाब दिएका थिए ।

रिमाल पहिलो पटक बिरामी हुँदा एन आर एन पोर्चुगलले ११५८ युरो उठाएर उपचारकालागी दिएको तर त्यो नेपालप्लसमा उल्लेख नभएको भन्दै आपत्ती जनाएका थिए । तर सुब्रत रिमालले बताएका घटना भने रोनी र फेर्नाण्डोले ठगेर कुटपिटबाट  बिरामी भएपछिको थियो । त्यसैले पहिलो पटक बिरामी भएको प्रसंग रिपोर्टसित संवन्धित नभएको र आफूलेपनि नबताएको रिमालले व्याख्या गर्दै थिए । नेपालप्लसलाईपनि एन आर एन पोर्चुगलले आर्थिक सहयोग गरेको कुरा रिमालले बताएका थिएनन् । हिजोको बैठकमा चारैतिरबाट घेरा हालेर नेपालप्लसमा बोलेका कुरा सत्य थिएनन् भन्न लगाउनेगरी दबाब दिएका थिए । तर नेपालप्लससित सुब्रत रिमालले गरेको करिब दुई घण्टाको अडियो रेकर्ड सुरक्षित छ र नेपालप्लसमा करिब १६ मिनेटको अडियोमात्रै राखिएको छ ।

सुब्रत रिमालका बारेमा लेखिएको समाचारको एक प्रति मुद्रित कपी हातमा बोकेर उनका पक्षमा बोल्न खोजेका थिए बैठकमा आर एल श्रमजिवीले । तर रिमालका पक्षमा उनले बोल्न शुरु गर्नासाथ उनलाई बोल्न रोक लगाइयो । श्रमजिवी बाहेक निस्पक्ष ढंगले बोल्न खोज्ने बैठकमा कोहि देखिएन  । स्वतन्त्र तरीकाले एन आर एनको गरिमा र संस्थागत मान्यता जोगाउने पक्षमापनि  कसैले तर्क गरेन, सबै हमालहरुलाईनै बचाउने र आड दिने ढंगले बोले ।

‘पिडीतलाई कसरी राहत दिने, कसरी नेपालीका पीडा समाधान गर्ने, नेपाली ठगिनबाट कसरी बचाउने, नेपाली ठग्नेलाई सामूहिक रुपमा कसरी कार्वाही गराउने भन्ने चिन्ता पो हुनुपर्ने हो एन आर एनको । उल्टो पिडितलाई हप्कीदप्की लाउने, अडियो दश जना मिलेर रेकर्ड गर्ने, घेर्ने र मानसिक यातना दिने काम पो भयो त । यस्तो पिडितलाईनै यातना दिन एन आर एन चाहिन्छ र ? पिडित र दु:ख भोग्नेलाई सहयोग गर्न, गल्ति गरेको भए सम्झाउन र सच्याउन पो संस्था चाहिने होईन र ?’ बैठकमा सहभागी एन अर एन पोर्चुगलका एक सदस्यले फोनमा भने ।

उपस्थितहरुमध्ये केही नेपाली पासपोर्टको आबेदन दिन आउनेपनि थिए । उनलाई धम्क्याउन भेला आयोजना गरिएपनि पोर्चुगलमा रोनी, जेम्स र फर्नान्डो भनिनेहरूले ठगेको, नेपालीहरुलाई सास्ती र यातना दिएको बारेमा भने एन आर एन पोर्चुगलले कसरी सहयोग गर्न सक्छ ? तिनको अत्याचारबाट नेपालीलाई कसरी जोगाउने भन्ने एक शब्दपनि उच्चारण गरेनन् । यो बैठकका बारेमा सुब्रत रिमालसित नेपालप्लसले संपर्क गर्न खोज्दा उनी उपलब्ध भएनन् । तर हिजोको बैठकमा उपस्थित एन आर एन पोर्चुगलका एक सदस्यले दिएको जानकारि अनुसार सुब्रत रिमाललाई पटक पटक फोन गरेर एन आर एनको बैठकमा उपस्थित् हुन दबाब पूर्ण हमालले दिएको जानकारि एन आर एन पोर्चुगलका केही कार्यकारी सदस्यहरुबाटै आफूले पाएको ती सदस्यले नेपालप्लसलाई बताए । तर बैठकमा भने हमाल उपस्थित थिएनन् । पोर्चुगल बस्ने निराजन सुबेदीको काठमाडौंस्थित मेरिडीयन मेन पावर कंपनीसित मिलेर नेपाली ओसारेको भन्ने आरोप लगाइएका सूर्य हमाल र कन्सुलर मकर हमालपनि त्यहाँ उपस्थित् थिएनन् । तर त्यहाँ उपस्थित् एन आर एन पोर्चुगलका अध्यक्ष रमेश गुरुङ् लगायत सबैले एन आर एनको संस्थागत सन्दर्भ र नेपालीहरुमाथि भएको अत्याचारका बारेमा छलफल गर्नुभन्दा हमाल परिवारको बचाउ गर्ने र उनैका बारेमा चिन्ता गरिगरी प्रश्न सोधेका थिए । एन अर एन लाई केही सिमित ब्यक्ति र परिवारको पेवाका रुपमा प्रयोग गरेको गुनासो पोर्चुगलका धेरै नेपालीहरूले गर्दै आएका छन् ।

पोर्चुगलका कन्सुलर मकर हमाल र सूर्य हमालका बारेमा नाम आएकामा सिंगो बैठक केन्द्रित हुनु र तिनका नाममा अरुले आपत्ती जनाउनु एन आर एन पोर्चुगलका अधिकांश कार्यसमितिका सदस्यहरूको स्वार्थ के हो ? उनीहरूले स्पष्ठ पारेनन ।  नेपालप्लस र जनआस्था साप्ताहिकमा आएको समाचारको जसलाई आपत्ती छ, मर्का पारेको छ उसैले खण्डन गर्ने हो की पिडित तेस्रो ब्यक्तिले ? एन आर एन पोर्चुगलले भने सुब्रत रिमाललाई त्यसको खण्डन गर्न दबाब दिएका थिए । ‘अडियो रेकर्डनै गराएर मैले बोलेको सहि होइन, नेपालप्लसमा  मैले बोलेको भन्दा अर्कै लेखियो, नेपालप्लसमा एन आर एन पोर्चुगलले मलाई सहयोग गरेको थियो भनेर खण्डन गर्नुपर्छ” बैठकमा दबाब दिइयो ।

‘तपाईले किन निबेदन दिनु भएन आफू पिडित भएपछि ? निबेदन दिएको भए पो केही गरेन भन्नु ?’ भन्दै केरकार गरेका थिए । ‘ल अब निबेदन दिनुस् ।’ भन्दै चर्केका थिए । निबेदन दिएपछि अत्याचार गर्ने पोर्चुगीहरूलाई कस्तो कारवाही गर्छन्, के सहयोग गर्न सक्छन त भन्ने चाहिँ केहिपनि बताएनन । नेपाली ओसार्न मुछिएको भनिएका सूर्य हमाल र कन्सुलर मकर हमाल  जो सूर्य हमालका काका हुन् तिनैका बारेमा मात्रै बैठक केन्द्रित हुनुले उनीहरुको संलग्नता स्विकारिएको बुझिएको बैठकमा संलग्न एन आर एनकै एक सदस्यले नेपालप्लसलाई बताए । ‘यदि सूर्य हमाल संलग्न नभएको भए त बैठक उनीहरुकै बिषयमा मात्रै किन केन्द्रित हुनुपर्थ्यो र ? सबै मिलेर एउटा परिवारको मात्रै किन बचाउ गर्नुपर्थ्यो र ?’ ती सदस्यले भने ‘के सिंगो एन आर एन पोर्चुगल केही ब्यक्तिको बचाउमा लाग्न मिल्छ ? ब्यक्ति वा एक परिवारको पेवा हो एन आर एन पोर्चुगल ?’ भने ।

अघिल्लो रिपोर्ट 

श्रममन्त्रीकै संलग्नतामा मानव तस्करी

तपाइँको प्रतिक्रिया