‘मुख थुनेर कुटियो, बेहोस भएर ब्युँझिँदा रगताम्मे भएछु’

म रक्त चापले बिरामी परें । म्रिगौलामा समस्या परिसकेको रहेछ । मलाई काम दिने संस्थाको मेनेजरले औषधी गर्न्, बस्ने खाने ठाउँ पोर्चुगलको लिस्बोनमा पाइन्छ त्यतै लैजान्छु भनेर गाडीमा अहल्यो । तर उसले एउता ओह्राल्यो । कुट्यो । पछि फेरि गाडीमा हाल्यो । एउटा घरमा लग्यो । कम इन भनेर कोठामा बोलायो । त्यसपछि लात्तै लात्ताले गोदेर भुइँमा लडायो । तकियाले मुख छोप्यो । अर्को हातले उठ्न नदिएर मुख, टाउकोमा हान्यो । म बेहोस भएछु । पोर्चुगी भाषा नआउने हुनाले नेपालीमा ग्वार ग्वार भनें । कसैले सुनेन, बुझेँन होला सायद । ब्युँझिँदा त रगताम्मे भएको रहेछु । पोर्चुगलमा काम र दाम कमाउने सपना बोकेर मेन पावरका कुरा पत्याइ पत्याइ पोर्चुगलको क्रिषी क्षेत्रमा काम गर्न हानिएका एक नेपालीको दर्दनाक कहानी, भोगाई । अडियो रिपोर्ट सुन्नुस् !

तपाइँको प्रतिक्रिया