गित

-दिलिप योन्जन

dilipa-yonjon-usa-6677

 

ननिभ्ने  दिप हो,  हाम्रो  माया प्रिती

 

हाँसीहाँसी जिबन बिताउँ, मरे हुन्छै मिटी ।

 

दुख सुख जिन्दगीको, जिउने मिठो आधार

 

जन्म जन्म रहन्छ माया, इतिहास भै अमर

 

नसुक्ने खोला हो, हाम्रो प्रेम काहानी

 

हाँसी हाँसी जिबन बिताउँ, मरे हुन्छै खरानी ।

 

माया ठुलो संसारमा, हिरा मोती भन्दा

 

मरेर नि बाँचेका छन, मायामा ज्यान दिँदा

 

नरोकिने  यात्रा  हो,  युगै  युग  भरी

 

हाँसी हाँसी जिबन बिताउँ, लानु केछ मरी ।

 

अस्टिन, अमेरिका

(साहित्यप्रेमी साथीहरु, तपाईहरुले पठाउनु भएका कविता, गित र गजल मैले समयमै प्रकाशित गर्न सकेको छैन। सक्ने अवस्थानै छैन । किनभने यति धेरै गित र कविता आएका छन् कि प्रकाशित गर्न केहि हप्ता कुर्नै पर्ने अवस्था छ । अहिले मसित कविता र गजल गरेर पाँच दर्जनको थुप्रो छ । एकैदिन सबै राख्न सकिन्न । यो साहित्यिक साईटपनि होइन। मैले त साहित्यको सम्मानार्थ साहित्यिक समाग्रिलाई स्थान दिएको मात्रै हुँ । त्यसैले दुई देखि तिन हप्ता लाग्न सक्छ तपाईको गित, कविता र गजल प्रकाशित हुन । त्यस्तै, केहि साथीहरुको गुनासो अन्यत्रै प्रकाशित भएका सामाग्रिपनि नेपालप्लसमा छापिए भन्ने छ । सप्रमाण मैले फेला पारेको भने छैन । मलाई कुनैपनि सञ्चार माध्यममा प्रकाशित भइसकेको रचना चाहिएको छैन। त्यसैले झुक्काएर त्यसरि नपठाउनु होला। त्यसरि झुक्काएर यहाँ फेरि प्रकाशित गरिएको पाइएमा रचना मात्रै होइन पाठक प्रतिक्रिया लेख्नपनि बन्देज गरिनेछ । गित, कविता र गजलमा मात्रै सिमित नरहेर साहित्य संबन्धि अन्य विषयमापनि कलम चलाउनु हुन अनुरोध छ। सहयोग गर्नु भएकोमा तपाईहरु सबैलाई धेरै धन्याबाद, नेपालप्लस)
 

तपाइँको प्रतिक्रिया