मलेशियामा घाइते गुप्ता, “लौ न नेपाल पुर्याइदिनुस्” भन्दै रुँदै
सुन्दै मन रुन्छ, यि युवाको दुख र चित्कारको कहानीले । यतिखेर बर्डौली गाबिस कपिलबस्तुका यि राजेन्द्र गुप्ता मलेशियाको नेपाली दुतावासको ढोका बाहिर पल्टिरहेका छन् । हलचल गर्न नसकेर । उठ्न सक्दैनन् । उभिएर हिँड्ने त कुरै भएन । अहिले उनी घर पुग्न पाए हुन्थ्यो भनेर रुन्छन् । उनले उपचारका लागि आफैंले कोसिस गरेका रहेछन् । तर मलेशियाको बसाई अबैधानिक हुनाले उपचार गरिन्न भन्ने उनलाई थाह रहेछ । त्यसैले हरेक नेपालीसित उनी ‘लौ न मलाई जसरि हुन्छ घर पुर्याइदिने ब्यवस्था गरिदिनुस्” भन्दै रुने गर्छन् । तर उनलाई घर पुग्न खर्चले रोकेको छ । मनकारि नेपालीको दया र साथको खोजिमा उनी रगत बगाएर रुँदै कुरिरहेका छन् ।
दूर्घटनामा परेपछि घाइते भएर उनी कतै लडेका थिए । शरिरबाट रगत बगेर उनी मरणासन्न अवस्थामा पुगे । तर संयोगले त्यहिँ काम गर्ने पर्वतका रामशरण खत्रीले उनको बेहाल देखे । उनले केहि नेपालीलाई खबर गरिदिए । कतै कुनामा रगताम्य भएर नेपाली छट्पटाईरहेको देखेपछि मनकारि नेपालीले नेपाली दुतावास पुर्या्इदियो ।
उनलाई सकेसम्म छिटो त्यो भूमिबाट नेपाल पुग्ने रहर छ । तर नेपाल पुग्न विमान खर्च र कागज बनाउन करिब चार हजार रिंगेट (१२ हजार रुपियाँ) लाग्छ । किनभने बिगत एक वर्षदेखि मलेशियामा उनको बसाई अबैधानिक रहेछ । अबैधानिक रुपमा बस्नेले अध्यागमनको सिफारिस लिनुपर्छ । त्यो सिफारिस नेपाली दुतावासको आग्रहमा बन्छ । त्यो १२ हजार रुपियाँ त्यहि बापत लाग्छ । उनको ट्राभल डकुमेन्ट बापत अर्को चार हजार आठ सय रुपियाँ लाग्छ । तर नेपालीहरु नेपाली दुतावासमा गएर रोइकराई गरेपछि दुतावासले त्यो ट्राभल डकुमेन्ट बापत लाग्ने दस्तुर भने निशुल्क गरिदिन लागेको छ ।
रामशरण खत्रीले आज नेपालप्लससित कस्तो मन छुने उनका बेदना सुनाए । यस्तो गम्भिर घाइते अवस्थाका गुप्ताले खाना नखाएकोपनि कयौं दिन भैसकेछ । खान खान गोजीमा दाम छैन । उपचार गर्न कागज छैन, पैसो छैन । उनलाई चर्पी जान मन लाग्दो हो तर जान सक्ने अवस्था छैन । किनकि उनको गोडानै उभिँदैन । “नेपाली को रगत पानी भन्दा सस्तो भयो” राजेन्द्र गुप्ताको हालत देखेपछि खत्रीले म्यासेजमा लेखेका छन् । उनले दिएको जानकारि अनुसार गुप्ताको हालत झन बिग्रिएकाले यो अवस्थामा नेपाल पठाउन नसकिने भन्दै दुताबासले अस्पत्ताल पठाएको छ । तर अस्पत्तालले उपचार गरिदिन्छ भन्ने निश्चित छैन ।
खत्रीले अरु नेपाली कहाँ यो खबर पुर्यापइदिन नेपालप्लससित आव्हान गरेका छन् “सम्पूर्ण अधिकारबादि संस्था लगायत मलेसिया रहनुहुने नेपालीहरु क्रिपया सहयोगका हात अगाडि बढाई आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।” रामशरण खत्रीले सकेसम्म कोसिस जारि राखेका छन् । उनले सहयोगको याचना गर्दै सौदी अरेबिया बस्ने सरोज क्षेत्रीलाईसमेत गुहारेको क्षेत्रीले जानकारि दिए ।
दुई पैसो कमाउँला भन्ने लोभले मलेशियामा अबैधानिक रुपमा काम गर्दै आएका रहेछन । अचानक खुट्टामा चोट लागेछ । गम्भिर चोटका कारण नशा काटिएछ उनको । खुट्टाले कामगर्नै छोड्यो । फेरि मलेशिया यस्तो देश हो जहाँ अबैधानिक रुपमा बस्नेलाई हत्तपत्त अस्पत्तालले उपचार गर्नै मान्दैन । तर यो जान्दा जान्दैपनि छट्पटिएको नेपालीको शरण र आशा कहाँ हुन्छ ? यिनका साथिहरुले बोकेर दुताबास ल्याएछन । तिनले यि गुप्तालाई नेपाल पठाउने मेसो मिलाउन हार गुहार गर्दैछन । तर सुनिदिने कस्ले ? यि दुखिलाई नेपाल पठाउने खर्च कुन मनकारिले गरिदेला ? अहिले त्यहाँका नेपालीहरु उपायहिन भएर यसैकालागि भौंतारिएका छन् ।
दुतावासलाई मात्रै दोष लगाउनुको काम छैन । दुतावासमा स्रोत र साधन छैन । सकेको सहयोग दुतावासले गर्छ । तर यसरि बिजोग भएर दुतावासको पिँढीमै लडेकाहरुलाई पूर्णरुपमा आर्थिक सहयोग दिन सक्ने हैशियत र बजेट दुतावासलाई सरकारले दिएको छैन । तैपनि मलेशियाको दुतावासकै ढोकामा यि युवकलाई छोडियो ।
सहयोगकालागि सम्पर्क
- राजेन्द्र गुप्ताका सहयोगि साथिको सम्पर्क नम्बर ०१८३५८०५४८
- रामशरण खत्रीको नंबर ००६०१६ ७८७९८६३
- उनको बारेमा जानाकारि लिन सकिने अर्को नंवर ००६०१४६६७३६५०






