गजल

-घायलश्री

यि हल्ला भनुँ भने तिमी आफै बोलेकी हौ

 

संगिनीले कात्ने कुरा तिमी आँफै खोलेकी हौ

 

दुनियाँ तड्पाउँछु भन्थ्यौ आज आफैं तड्पिँदैछौ

 

ढुंगे धाराको पानीमा विष तिमी आफैं घोलेकि हौ

 

आलु बेच्यौ चना बेच्यौ दुनियाँ लाई खुशी पार्न

 

कहिले बेच्न काँचो मासु तिमी आँफै पोलेकी हौ

 

आफुलाई फूल सम्झ्यौ भमरालाई निम्ता दियौ

 

जवानीको हासोको मोल तिमी आँफै मोलेकी हौ

 

यि हल्ला भनुँ भने तिमी आँफै बोलेकी हौ

 

संगिनीले कात्ने कुरा तिमी आँफै खोलेकी हौ

 

[email protected]

तपाइँको प्रतिक्रिया