विश्वभरिका मेडिया हल्लाउने के छ यो अष्ट्रेलियन टि सर्टमा ?

if-you-do not-like-leave-it

अष्ट्रेलियामा बस्ने । त्यहिँ पढ्ने । त्यहिँको सामाजिक सेवा लिने । कमाएर परिवार पाल्ने । त्यहाँको धन आ आफ्ना मुलुक पठाउने । अझै अष्ट्रेलियालाईनै सराप्ने ? यस्तो भएन र उस्तो भएन भनेर भनेर आलोचना गर्ने ? अष्ट्रेलिया झुर, नेता खत्तम, रंगभेदी भनेर गाली गर्ने ? गाली गर्दै, सराप्दै फेरि अष्ट्रेलियामै टाँस्सिने ? उसो भए गैहाल्नुस्, फर्किहाल्नुस् आफ्नो देश ! हो यहि सन्देश दिन निकालिएको हो यो टिसर्ट । यो टिसर्टले अहिले विश्वभरि चर्चा पाइरहेको छ । अष्ट्रेलियाका सांसद (वा सभासद) पनि यो चर्चा र बिबादमा तानिएका छन् । 

धेरैले यसलाई रंगभेदी मानसिकताबाट उब्जिएको भनेर आलोचना गरेका छन् । डेली मेल, गार्डियन दैनिक, द इन्डिपेन्डेन्ट, क्विन्स्ल्याण्ड टाईम्स, डेली मिरर जस्ता विश्व प्रसिद्द पत्रीहरुमा यसका बारेमा बिभिन्न कोणबाट चर्चा गरिएको छ । सामाजिक सञ्जालमा तिब्र आलोचना भएपछि केन्स र सिड्नीका वुलवोर्थ भन्ने ठूला स्टोरबाट यि टिसर्टहरु एकाएक हटाईएको छ । ‘इफ यु डन्ट लाईक लिभ’ अर्थात् ‘मन पर्दैन भने छोड’ भन्नु रंगभेद हो, धेरैले सामाजिक सञ्जालमा भनेका छन् । टिसर्ट बनाउने कंपनीले अष्ट्रेलियाको झण्डासहित बनाएकाले यो यतिधेरै आलोचित, चर्चित र बहसको विषय बनेको हो ।

बोलखाम हिल्सका सभासद डेभिड एलियोटले यसलाई रंगभेदी प्रचार गरिएको चर्चा गरेका छन् । तर सरकार पक्षिय केहि नेताले भने यसले अष्ट्रेलियालाई विश्वमै बढावा गर्छ भनेका छन् । प्रसिद्द संगितकार जर्ज ख्रेगले आफ्नो ट्विटरमा ‘वुलवोर्थले हरेक दिन रंगभेदी टिसर्ट सस्तो मूल्यमा बिक्रि गरिरहेछ’ लेखिदिएपछि यसको झन बढि चर्चा र आलोचना भैरहेको छ । त्यसलाई ग्रिन पार्टीका सभासद आडम ब्यान्डले शेयर गरिदिएपछि राजनितिक तहममा तिब्र बहस शुरु भएको छ । सभासद इलियोटले यसलाई बिबादास्पद विषय भनेका छन् । उनले अभिब्यक्तिमा खोट रहेको औंल्याए । भने ‘यसलाई इफ् यो डन्ट लाईक अष्ट्रेलिया, यु आर फ्री टो लिब” अर्थात अष्ट्रेलिया मन पर्दैन भने नबस्न स्वतन्त्र हुनुहुन्छ’ भनिदिएको भए सम्मानित भाषा हुने बताए । उनले अष्ट्रेलियाका बहुमत नागरिकले यसैगरि ब्यक्त गर्ने र बुझ्ने दाबीपनि गरे ।

टिसर्ट बनाउने कंपनीका निर्माताले भने यो टिसर्ट गत आठ वर्षदेखि बनाएर बेच्ने गरेकोमा हालसम्म कुनै बिरोध नआएको बताए । भने ‘मेरा बाउलेपनि यो देशकालागि लडेका छन् । यो देशलाई प्रेम गर वा छोड भन्नु नै रंगभेद गर्नु वा हेप्ने हो भनेर म मान्दिन ।”

जे होस यो टिसर्टले दिने सन्देशका अबरेमा अझ बिबाद गहिरिएर जाने देखिन्छ । अश्ट्रेलियन सरकार र प्रतिपक्षमैपनि यसका अबाबरेमा अझ बहस र बिबाद हुने छ । यसले अष्ट्रेलियनहरु रंहभेदी हुने रहेछन् भनेर विश्वमा अझै बदनाम गराउने तर्क धेरैले गरेका छन् । आफ्नो देशमा खाँचो पर्दा कसरि बिदेशीलाई बोलाइ बोलाई अनेक प्रलोभन दिएर आफ्नो देशमा बोलाउँछन् र आर्थिक समस्या भोग्दा, गाह्रो साह्रो पर्दा हेपेर लखेट्न खोज्छन् भन्नेपनि यो टिसर्टले संकेत गर्छ । किनभने अष्ट्रेलियामापनि बित्तिय संकट पर्ने लक्षण देखिएको छ । आप्रवाशीहरुप्रति त्यहाँको सरकारले कडा निति लिएको छ ।

तपाइँको प्रतिक्रिया