भेटिए सन्तोस
(दाहिनेतिरबाट दोस्रोमा रेबन चस्मा लगाएर फोटो खिच्दै रमाउँदै थिए उनी आज नेपाली भेटिए भनेर)
केहि नेपाली युवाहरुको सक्रियता र सहयोगमा सन्तोस भट्टराई आज पेरिसमा भेटिए । बिहानैदेखि उनै केशव कँडेल (दिवाना राज), रमेश पौडेल, चिरन्जिवी सापकोटा र म आफैंले सोधखोज गर्दा उनी दिउँसो एक बजेतिर भेटिए । उनको अवस्था राम्रो छ । राम्रोसित कुरो गरे । नेपालप्लसमा समाचर आएपछि बेलायत, अष्ट्रेलिया, नेपाल र फ्रान्समा रहेका उनका आफन्तलेपनि खोजिखोजि सम्पर्क गरे । बेल्जियमबाट सिता सापकोटाले असाध्यै सहयोग गरिन् । आजै उनलाई बेल्जियम पठाइयो । दारी, जुँघा र कपाल काटेर चिटिक्क पर्दै सन्तोस रमाएर बेल्जियमतिर हानिएका छन् ।
(कपाल, दाह्री र जुँघा काटेर बेल्जियम जानु अघि हिरो बनेका सन्तोस बिचमा)
उनका भाई र बुवा अनि आफन्त असाध्यै सहयोगी र उर्जा दिने खालकै रहेछन् । “सन्तोसलाई जसरि हुन्छ घर पठाईद्नुस् । उसको लागि रोजगार चहिए रोजगार हुन्छ । आफ्नै ब्यवशाय हेरेर बसेपनि पुग्छ । छोरोले युरोपमा दुख गर्नुपर्ने खाँचोनै छैन । उनको लागि पुग्ने काम र माम घरैमा छ” उनका पिताले आजै फोनमा आग्रह गरे । उनको परिवारिक अवस्था सम्पन्न छ, जिवन गुजार्न बिदेशमा भौंतारिनु नपर्ने परिवार रहेछ भन्नेपनि उनका आफन्तसित कुराकानीबाट बुझियो । त्यसपछि सन्तोसकै भाईलेपनि नेपालबाटै फोन गरेर त्यहि दोहोर्याए। उनलाइ भेटेपछि हामीले आजै उनका बुवासित नेपालमा फोन समम्पर्कपनि गराइदियौं । सन्तोसका बाबु छोराबिच केहिबेर कुराकानी भयो । फोन सोध्दा सन्तोस आफैंले बुवाको फोन र घरको ल्याण्डलाइनसमेत कुनै अंक फरक नपारि बताए ।
उनमा अझैपनि केहि गर्चु भन्ने चाहना र द्रिढता देखिन्थ्यो । उनका आफन्तहरु अमेरिका, बेल्जियम, बेलायत र अन्य देशमा छरिएका भएपनि उनी आफैंले सम्पर्क नगरेकाले वास्ता नभएको रहेछ । सबैलाई केहि गरेर राम्रोसित बसेको होला युरोपमा भन्ने परेको रहेछ । आज बिहानै नेपालप्लसमा समाचार आएपछि उनका आफ्न्तले धमाधम फोन सम्पर्क गरेका थिए । आजै अपरान्ह उनलाई बेल्जियम पठायौं । अब उनै समाजसेवी, मनकारी सिता सापकोटाले उनलाई नेपाल पठाउने प्रयास गर्ने छिन् । युरोपमा काम र बस्ने समस्याले अलिकति तनाब भएपनि सन्तोसको अवस्था ठिक छ । परिवार र आफ्न्तले चिन्ता मान्नुपर्ने देखिन्न ।
यसमा तपाईहरु सबैको स्नेह, साथ, समर्थन, सद्भाव र सहयोग छ, सबैलाई सन्तोसको परिवारले धन्यावाद दिन आग्रह गरेका छन् ।






