लाखौंले गरे पेरिसमा जलवायु मार्च पास

DSC05482

जलवायु परिवर्तनसम्बन्धी मुद्दामा न्याय र ठोस कार्ययोजना बनाउनु पर्ने माग राखेर हिजो परिस्मा मार्च पास गरियो । म आफैंपनि त्यसमा सहभागि भएँ । यो मार्च पास गरेर प्रक्रितिबिद, वातावरण र जलवायुका क्षेत्रमा सचेत नागरिकले जलवायु परिवर्तनले विश्वभरि केकस्ता क्षेत्रमा कस्तो असर पारेको छ भन्ने देखाउने प्रयास गरे ।

DSC05531

करिब तिन लाख मानिसले यो मार्चपासमा सहभागिता जनाए । सन् २०१५ मा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २१ औं भेला (कोप २१)फ्रान्सको राजधानी पेरिसमा हुँदै छ । त्यसमा जलवायु परिवर्तन सम्बन्धी मुद्दामा न्याय र ठोस कार्ययोजना बनाउनुपर्ने माग सहभागिहरुले राखेका छन् । मार्चपासमा सहभागिहरुले आगामी वर्ष हुने जलवायु मेलामा ठोस निति र नियमहरु पारिस गर्नुपर्ने औंल्याएका छन् । त्यसैका लागि दबाब दिनपनि हिजोको यो मार्च पासले महत्वपोर्ण भूमिका खेल्ने सहभागिहरुले बताए ।

DSC05350

DSC05380

पेरिसको प्लसा द ला रेपुब्लिक भन्ने चोकबाट वातावरण र प्रक्रिति संरक्षण तथा जलवायु परिवर्तनले पुर्याएको असरका विविध तस्विर, नारा र मागहरु बोकेर, वातावरणिय गितमा संगित बजाउँदै सहभागिहरु पेरिसको महानगरपालिका कार्यालयसम्म पुगेका थिए ।

DSC05617                                    आफूपनि सहभागि भ ईयो ब्यानर बोकेर

DSC05407वातवरणिय गित संगितमा खुब नाचे

त्यहाँ युरोपकै प्रसिद्द वातावरणबादी निकोला हुलो लगायतका केहिले विश्वभरिका राष्ट्र प्रमुखहरुलाई जलवायु परिवर्तन संवन्धि ठोस कार्ययोजना ल्याउन, आवश्यक मुद्दा उठाएर सहमती जुटाउनर प्रभावकारि कार्ययोजना ल्याउन सुझाव दिए ।

DSC05342

उनले भने “हामीलाई ठोस कार्ययोजना के हो ? जलवायु परिवर्तनका असर के ए हुन् थाह छैन भन्न पाउनुहुन्न, हामीले अहिलेनै जानकारि दिएका छौं, अर्को वर्ष हामीले दिएका सुझावहरुलाई पालना गरेर जलवायु परिवर्तनका मुद्दाहरुको संवोधन गरिनुपर्छ ।’ उनले विश्वभरिका राष्ट्र प्रमुखहरुले जलवायु परिवतनका क्षेत्रमा ठोक कार्ययोजना ल्याउन सुझाव दिए ।

DSC05494

DSC05517

DSC05628

(यो पछिल्लो फोटो चाहिँ न्युक्लियरका बिरुद्दमा हो)

पेरिस र यस वरपरका अन्य क्षेत्रमा वातावरणिय क्षेत्रमा सक्रिय सयौं संघसंस्था, अधिकारकर्मी, सर्वसाधारण र विशेषज्ञहरु सहभागि थिए । जलवायु परिवर्तनका क्षेत्रमा सरकारलाई दबाब दिन फ्रान्सका अन्य शहरमापनि यस्ता दबाबमूलक मार्चपास भएका छन् । विकसित मुलुकका सरकारहरुलाई जलवायु परिवर्तनका क्षेत्रमा ठोक काम गर्न बाध्य पार्नकालागि वातावरणिय क्षेत्रमा कार्यरत संघसंस्थाहरुको स्थानियदेखि केन्द्रसम्मै एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

DSC05646

वामपन्थी पार्टीका नेता जँ लुक मेलँसों । यो मार्च पासमा हजारौं मानिस उपस्थित हुन्छन् भन्ने जानेर आफ्नो पार्टीपनि जलवायु परिवर्तनका मागमा सहमत छ भन्ने देखाउन आइपुगेका । बिचमा कालो ज्याकेट लगाउने हुन् जँलुक । उनी गत राष्ट्रपती निर्वाचनमापनि उमेदवार थिए

तपाइँको प्रतिक्रिया