आमालाई रण्डी, बोक्सी भनिँदा पोल्दैन तपाईंको आत्मा ?

CK-Rautजँड्याहा, नगरबधु, चोर र पाकेटमारका लागि आकर्षित हुने सार्वजनिक अपराध ऐनअन्तर्गत एकजना त्यस्ता व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, जो खुलेआम पृथकतावादी धारमा छन् र विखण्डनका लागि ह्वास्स साम्प्रदायिकता गन्हाउने अभिव्यक्ति दिँदै हिँडेका छन् । अमेरिका रिटर्न सिके राउत हुन्, अहिले मोरङ प्रहरीको नियन्त्रणमा छन् ।

‘नेपाल हाम्री आमा होइनन्, हाम्रो रगत चुस्ने बोक्सी हुन् । हरेक रात विदेशीसँग सम्भोग गर्ने तर बिहान आफ्नो कौमार्यको अभिमान गर्दै हिंड्ने वेश्या हुन् ।’ यसो भन्दै राष्ट्र विभाजनको वकालत गरिहिंड्ने व्यक्ति हुन् उनी । उनीबाट बरामद भएका दस्तावेज, पुस्तक, गीत÷संगीत र गतिविधिका रिपोर्टअनुसार राउतले १२ वर्षभित्र नेपालबाट मधेसलाई अलग गराउने परिपक्व योजना बनाएको खुल्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, रक्षा र गृहमन्त्रीसमेत तराईमधेसका बासिन्दाले चलाएको देशमा उनले पृथक मधेसका लागि अचम्मको अभियान छेडिएको छ ।

देश बिखण्डनको वकालत गर्दै हिँड्नेलाई हिम्मत भए राष्ट्रद्रोहको अभियोगसाथ कारवाही गर्नुपर्नेमा अहिलेसम्म सामान्य ढंगको कारवाही प्रक्रिया मात्र चलाइएको छ । र, पृथकतावादी आन्दोलन ‘हिरो’ बनाउने गरी थुनिँदै छुट्दै गर्न पाउने मुद्दा अभियोजन गरिँदै छ । उनले मधेसको आफ्नै भुगोलको नक्सा, राष्ट्रिय गान र झन्डासमेत बनाएका छन् । ‘राष्ट्रिय गान’लाई तराईमा मोबाइलको रिङटोनका रुपमा छरेका छन् । १८ देखि ३० वर्षका युवालाई आफ्नो अभियानको पक्षमा कोर्ष दिने गरेका छन् । ‘मधेस अंग्रेजले नेपाललाई दान दिएकाले आफूहरु पराई हुनुपरेको मधेसमा स्वराज स्थापना र रगतको खोलो बगाउन पनि पछि पर्न नहुने’ भन्दै भाषण गर्ने गर्दछन् । मधेस स्वराज, वैराग से बचाव तक जस्ता पुस्तिका बाँड्दै हिंडेका उनलाई बाबुराम भट्टराईले भदौ ५ गते संवैधानिक समितिमा बोलाएर खास हैसियत प्रदान गरेका हुन् ।

CK-Raut

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्तालाई भने तपाईंको दल निर्वाचन आयोगमा दर्ता नभएको कारण कानूनी हैसियतमा बोलाउन मिलेन भन्दै प्रभू साहमार्फत टक्टकिने बाबुरामबाट त्यस किसिमको सम्मान पाएपछि नै हो राउत हौसिएर लिडरसिप तालिमका नाममा ठाउँठाउँ घुम्दै हिँडेको । १२ वर्षभित्र मधेसभर संगठन निर्माण गरिसक्ने र सैनिक विद्रोह गरेर मधेसलाई अलग बनाउने योजनाबारे प्रहरी बयानमा स्वीकारेका छन् । अंग्रेजले सन् १८१६ र १८६० मा नेपाललाई ‘मधेस’ सुम्पिएको भन्दै बेलायत सरकारसमक्ष पनि ज्ञापनपत्र बुझाएका छन् ।

सुनसरीमा उनको भेलालाई सद्भावनाका नेताद्वय सरोज मिश्र र देवराम यादवले सघाए । भारतीय दूतावासको खर्चपानीमा छोराछोरी पढाउँदै आएका सद्भावनाकै चन्दन सिंहले महोत्तरीमा कार्यक्रम गर्ने व्यवस्था मिलाए । नवलपरासी भेलामा साथ दिनेहरू सद्भावना र फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य कैलाश महतो र अनिल गौड थिए । पूर्वमन्त्री दानबहादुर चौधरीका भाइ तथा विद्युत प्राधिकरणका कर्मचारी नागेन्द्र चौधरी कपिलवस्तुमा उनको सहयोगी बनेर देखा परे । भदौ २५ गते नेपालगञ्जको कार्यक्रमलाई कोहलपुर मेडिकल कलेजका डा। जितेन्द्र महासेठले व्यवस्थापन गरे । उनी राजेन्द्र महतो स्वास्थ्यमन्त्री हुँदा उनका वैतनिक सल्लाहकार थिए ।

आइतबार विराटनगरमा भएको विरोध प्रदर्शनको नेतृत्व फोरम गणतान्त्रिकका नवनियुक्त महासचिव तथा अधिवक्ता रामलाल सुतिहारले लिएका थिए । राउतका प्रमुख सल्लाहाकार सि पी सिंह हुन् । भारतीय दूतावासनिकट मानिन्छन् । नेपालगञ्जका दुई किशोर कपिल द्विवेदीको अपहरण र हत्यामा संलग्न रहेवापत जिल्ला अदालतबाट २० वर्ष कैदको सजायँ पाएका उनी खिलराज रेग्मीको राजमा चोख्याइएका पात्र हुन् । यसरी हाकाहाकी देश टुक्य्राउने, जन्मभूमिलाई आमाचकारी गाली गर्ने व्यक्तिलाई वाक् स्वतन्त्रताका नाममा छुट दिएर हल्का खोस्रँदा त्यसले उत्पन्न गर्ने परिणामबारे दल र सरकार गम्भीर नरहेको कतिपय विश्लेषक बताउँछन् ।

(हिजो बुधवारको जनआस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया