बन्दूक बोक्दै ईराकमा नेपाली

यस्तो लाग्छ-नेपालीको नियती नै बन्दूक बोक्ने हो । स्वदेशमा जनयुद्दका नाममा दशक भन्दा बढि बोके । अझै पनि बिभिन्न दल र समूहका नाममा नेपालीहरुको काँधबाट बन्दूक छुटेको छैन । बेलायती गोरखाली सेना र भारतिय सेनमा त पुरानै चलन भयो नै बन्दूक बोक्ने । हुँदा हुँदा बिभिन्न सपना बोकेर बिदेश पुगेका नेपालीको काँधमा पनि त्यहि बन्दूक बोक्ने काम पो हात लागिरहेको रहेछ । । रात दिन बन्दूक, धुवाँ र धुलो, बम बारी, यतै लास उतै रगत बगिरहन्छ भन्ने ठानिने रणभूमी ईराकबाट त्यहिँ कार्यरत एक पाठकले  नेपालप्लसकालागि पठाएको फोटो फिचर ।

cimg0339

(हो, दोहोरो लडाई हुने त्यो भूमिमा यसैगरि अर्कका भवन सुरक्षा गर्छन् नेपालीहरु । क्याम्पको सुरक्षाकालागि आफ्नो गन्तब्यतिर लाग्दै गरेका नेपाली)

-दलु पुन (फोटो र आलेख दुबै)

 वाशरा, ईराक

 

अमेरिकाले कुन उद्धेश्यले आकर्मण गर्‍यो इराक माथी र के कती प्राप्त गर्‍यो ? अनी आफुले के के कुरामा क्षति ब्यहोरिरहेको छ त्यो कुरामा मलाई चासो भएन । म त रोजगारको सिलशिलामा इराकको बासरा स्थित उम्कासर शहर नजिक सिक्यूरिटी गार्डमा छु जहाँ सरकारले बन्देज गरेको छ । यो भन्दा पहिला म बग़दादमा पनि बसेको थिए

 

cimg0118

(पानी जहाजबाट आएका सामान राख्ने स्टोर)

 हामी यहाँ बसेको १७ महीना भयो ।  आज सम्म कुनै घटना भएको छैन । तर नजिक नजिक आई ड़ी (यहाँ ईराकी बिद्रोही सेना भन्न खोजिएको होला-नेपालप्लस) ले क्षति भने पुर्‍याएको छ । यहाँ हामीसंग यहीको मान्छेहरुले सिक्यूरिटी गर्छन । उनीहरु पनि हामी जस्तै पैसाको लागी काम गर्ने हुन् । अनी क्याट्रिंग कम्पनीमा पनि थुप्रै नेपाली र भारतीयहरु छन । यहाँ प्राय नेपालीहरु सिक्यूरिटी कंपनीमा कार्यरत छन । क्याट्रिंग कंपनीमा पनि छ्यापछ्याप्ति छन । कतै कतै सुपर मार्केटमा पनि छन । बी एफ बी एस भन्ने रेडियो ब्रोकास्टिंगमा समेत कार्यरत छन केहि नेपाली  

cimg0323

 

(बाशरा अन्तर्राष्ट्रिय विमानस्थल। यहाँ बेलायतीले सुरक्षा दिने गर्छन । फेरि टुप्पोमा त ब्रिटिश इन्टरनेशन एयरपोर्ट पो लेखेको छ ) 

 

cimg0343

(मुटुमाथि ढुंगा राखी ……….बेदना त छन् नै  पिरपनि लाग्छ । कहिलेकाहिँ एक अर्काका दुख सुख साँटेर मन हलुको पार्नपनि त सँगै खाना खानुपर्‍यो नी होइन !!) 

 

 हामीलाई यहाँ कुनै डर त छैन नै तर मनोरञ्जनपनि छैन । बरु अब बिस्तारै बिस्तारै यहाँबाट अमेरिकी सेना फर्किदै छ र सिक्यूरिटी कम्पनीलाईपनि फर्काउँदै छ । हामी पनि चाडैनै फर्कदै छौ । अब २०११ डिसेम्बरसम्म मात्रै बस्नेछन अमेरिकी सेनाहरु । पहिला पहिला यहाँ अ मेरिकी सेनाहरुले धेरै दबाएर राखेकों थियो । अब बिस्तारै सबैलाई इराकी कानून कों दायरामा ल्याउदै छ । त्यसै ले यहाँ होसियार हुनु अति आवश्यक छ । पहिला पहिला कुनै घटना भयो भनेपनि यहाँकों कानुन लाग्दैनथियो । तर अब भने त्यति सजिलो हुने छैन । यो क्षेत्रमा नेपाली महिलाहरु छैनन । तर अरबिल क्षेत्रमा भने थुप्रै महिलाहरु आएका छन् । उनीहरुसंग फ़ोनमा कुरा भईरहन्छ । तलबको हक़मा सिक्यूरिटी गार्ड्सहरुको प्राय एक हजार अमेरिकी डलर हो । तर कुनै कुनै कंपनीमा त्यो भन्दा थोरै पनि छ । कतिपय कंपनीले चाहिँ दुई हजार दुई सय अ मेरिकी डलरसम्म पनि दिएको छ । कंपनी र ड्यूटी हेरी हेरी हुन्छ । अनी क्याट्रिंग कंपनीमा काम गर्नेलाई चाहिँ २५० युएस देखि ८०० यूएससम्म दिएकों छ । महिलाहरुकों हक़मा घरमा काम गर्नेहरु लाई २५० मात्रै दिन्छ रे । कसै कसैले ब्युटिपार्लरमा काम गर्छन् । उनीहरुकों ६०० यु एस सम्म छ । यो युद्दभूमीमा मेरो तलब ११५० यु एस डलर छ । र म यो तलबमा धेरै ख़ुशी छु किनकी यती तलब भनेको मेरो लागी धेरै हो । कुरा रह्यो खतराको । खतरा त छ नै । पहिला बग़दादमा निकै खतरा थियो । तर यहाँ कुनै खतरा छैन । नजिकै बेलायती सेनाको क्याम्प थियो । भर्खरै उनीहरु फर्केर गए । अहिले म बसेको भन्दा अलि पर अमेरिकी सेनाको क्याम्प छ । यो क्षेत्र धेरै महत्वपूर्ण छ किनकी यो कुवैत को सिमानामा पर्छ र पानी जहाज आवत जावत गर्ने ठुलो क्षेत्रपनि छ यहाँ

(पुनजीले फेरि क्याप्सन बनाएर पठाउनु भएपछि सच्याइएको छपुनजीलाई नेपालप्लसको धेरै धेरै धन्याबाद-नेपालप्लस)

तपाइँको प्रतिक्रिया