वालिकाको कविता : भ्रष्टाचारमुक्त समाज हाम्रो अधिकार
● सभ्यता नेपाल / स्नो एपेक्स एकेडेमी, , काठमाडौं
एउटा शिक्षक प्राध्यापक
पढाउने काम छोडेर
आफैं राजनीति गर्छ
र, भन्छ – देश नेताले बिगार्यो ।
००००००००००००००००००
एउटा व्यापारी
आफै चामलमा ढुंगा मिसावट गर्छ
कालो दाललार्इ रातो र सेतो बनाउँछ
आफैं भ्रष्टाचार बन्छ
र, भन्छ-देश भ्रष्टाचारले बिगार्यो ।
००००००००००००००००००
एउटा विद्यार्थी
नेतालार्इ चोर भन्छ
तर आफैं चिट चोर्छ
पढन छोडेर जुलुस गर्छ
परीक्षाको कापी चिटले भर्छ
र, भन्छ – देश नेताले बिगार्यो ।
००००००००००००००००००
एउटा किसान
एक लिटर दुघमा
एक मुठी भए पनि
पानी मिसाउँछ
र, भन्छ – देश भ्रष्टाचारले बिगार्यो ।
बिजुली पानी र फोनको बिल आउँछ
१ सय ८० रुपैयाँ ६० पैसाको
हिसाब थमाउँछ
४० पैसा फिर्ता दिँदैन कर्मचारी
बेहिसाब हिसाब पच बनाउँछ
००००००००००००००००००
देशभरका जनताले तिरेको
एक एक बिलको ४०४० पैसा
जोड्यो भने कति हुन्छ ?
त्यो पैसा कहाँ जान्छ ?
राज्यले नै वेहिसावको हिसाब बनाएर
कर्मचारीलार्इ भ्रष्टाचारी बनाउँछ
कमर्चारी आफैं जनताको करबाट तलब खान्छ
र जनताको सेवक भन्दै
हरेक काममा
जनताबाटै हाजिरा लिन्छ
जनताले कर्मचारी किन्नुपर्छ ।
कर्मचारी पनि विक्री हुन्छ
र, त्यही कर्मचारी भन्छ
देश नेतालो बिगार्यो ।
००००००००००००००००००
सडकपेटीको फोहोरको थुप्रो छेउमा
सडक बालबालिका प्रमाण छन
देश ककसले बिगार्यो
फोहोर छेउमा बालबालिकालाई देखेर
नाक थुन्दै आँखा चिम्लेर
चिल्ला गाडीभित्र नेताहरु दौडीरहनेछन
तर खासमा,
फोहोरको डंगुरभन्दा फोहोरी छन
ती सफा गाडीभित्र बस्ने चिल्ला नेताका मनहरु
००००००००००००००००००
हामीजस्तैस्तै छौं हामीले त्यस्तै नेता बनाउँछौं ।
नेताले मात्र होइन,
कर्मचारी र व्यापारीले मात्र होइन
हामी सबैले मिलेर देश बिगार्यौं
आफैं भ्रष्टाचारी बन्दै ।
अरुलार्इ मात्र भ्रष्टाचारी देखिरह्यौं
आऊ एउटा प्रण गरौं
आफू आफू गरेका भ्रष्टाचारको कबुल गरौं
आ-आफ्नो पथमा प्रष्ट बनौं
कोही पनि पथभ्रष्ट नबनौं
००००००००००००००००००
नत्र, भ्रष्टाचारको भाइरस
हामी जोसुकै भित्र पस्न सक्छ
म पनि आजै एउटा प्रण गर्छु
त्यो भाइरस हटाउन
म एउटा एन्टी भाइरस बन्नेछु ।
भाइरस एन्टिकरप्ट ।
(यो एपेक्स एकेडेमीमा पढ्ने वालिकाले लेखेको कविता । नेपालको भविष्य अँध्यारो मात्रै छैन, यस्ता वालवालिका सचेत भए भने अवश्यै भोलीको नेपाल सुन्दर हुनेछ, त्यसैको संकेत हो यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आयोजना हुन गइरहेको पोष्टर तथा कविता प्रतियोगिताका लागि लेखेकि हुन् सभ्यता नेपालले यो कविता । उनको कविता पहिलो चरणमा छानिएको रहेछ । अब फेसबूक लाईकका आधारमा छनोटमा पर्नुपर्छ । यस्तो राम्रो कविता छानिनुपर्छ, भ्रस्टाचारलाई दुरुत्साहित गर्नपनि । त्यस्तो चाहनुहुन्छ भने यो पेज https://www.facebook.com/NepalCIAA मा गएर पहिले CIAA को पेजमा लाईक गर्नुस् । त्यसपछि कविताहरु देखिन्छन् । मुन्तिर सार्दै (वा हेर्दै) जनुस् अनि यो कविता लेख्ने वालिका Sabhyeta Nepal, Snow Apex Academy को “भ्रष्टाचारमुक्त समाज हाम्रो अधिकार” शिर्षकको कविता ११ औं नंवरमा छ । त्यसमा लाईक गरिदिनुस् !!





