कविता : थरीथरी मन
- गौतम “उदय” / अमेरिका
कस्तो होला मन तिम्रो, हेर्न पाए हुन्थ्यो
मेरोलागि घाउ छोप्ने, मलमपट्टि बन्थ्यो ।
०००००००००००००००
लुकेर नै आयौ आउंदा, मैले चालै पाइन
गोरो छ कि कालो भनी, प्रश्नचिन्न लाइन
बसुन्जेल नि राम्रै बस्यौ, आफ्नैजस्तै भई
छुट्टिएर गयौ अहिले, चोटैचोट लगाई ।
०००००००००००००००
मन आखिर मन नै हो, चाल थरी थरी
एउटा टुटी खाली हुँदा, अर्को भरि भरि
जगतका सारा मन, भए एकै सरी
आँसु पनि हाँसो, पनि हुन्थ्यो सराबरी ।





