आफ्नो देश सम्पन्न भए बल्ल पत्याइने रहेछन् बिदेशका नागरिक

Fleur Pellerinआफ्नो देश सम्पन्न भएमा स्वदेशका जनतालाई मात्रै होइन रहेछ फाइदा हुने । बिदेशमै बस्ने, बिदेशी नागरिकता लिएर उतै घरजम गर्नेहरुलाईपनि फाईदा हुने रहेछ । फ्रान्समा आज गठित नयाँ मन्त्रीमन्डलले त्यहि देखाएको छ । हिजो अकस्मात फ्रान्सका अर्थमन्त्री सहित केहि मन्त्रीले राजिनामा दिएपछि प्रधानमन्त्री मानुयल भालसमेतले राजिनामा दिएका थिए । आज फेरि उनैको प्रधानमन्त्रीत्वमा नयाँ मन्त्रीमण्डल बन्यो । त्यसमा एक जना कोयामा जन्मेकी फ्ल पेलराँलाई संस्क्रिति र संचार मन्त्री घोषणा गरिएको छ । फ्रान्सले कोइयाली मूलकी पेलराँ (Fleur Pellerin) लाइ मन्त्री बनाउनुमा चाखलाग्दो कारण छ ।

फ्रान्समा यतिखेर अर्थिक समस्या छ । बेरोजगारी बढ्दो छ । बेरोजगारी भत्ता खानेको संख्या दिनदिनै बढ्दो छ । उता आप्रवाशी मूलका नागरिकहरुमा चरम असन्तुष्टी बढेको छ । फ्रान्सेली लगानीकर्ताहरु वर्षै पिच्छे फ्रान्स बाहिर सस्तो र सजिलो भनेर लगानी गर्न गैरहेका छन् । यस्तो बेला कसो गर्ने ? चिनको आर्थिक ब्रिद्दिदर र विकास अचम्मैलाग्दो तरिकाले बढिरहेको छ । चिनले युरोपमापनि आफ्नो लगानी बढाईरहेको छ । चिनियाँ उत्पादनले युरोपेली बजर छपक्कै ढाकिसकेको छ । चिनियाँ लगानीकर्ताहरु हातमा थैली बोकेर युरोपमा लगानीको उपयुक्त क्षेत्र, थलो खोजिरहेका छन् । त्यसैले फ्रान्स सरकारले चिनियाँहरुलाई आकर्षित गर्न हरियो संकेत दिन खोजेको हो । किनभने उनको चिनसंगको ब्यापारमा राम्रो दख्खल रहेको बताइन्छ ।

कोरियाको सिउलमा जन्मेकी उनलाई जन्मेको तिन चार दिनमै सिउलको सडकमा बेवारिसे अवस्थामा छोडिएको थियो ।  उनलाई छ महिनाको उमेरमा एक फ्रान्सेली परिवारले धर्म पुत्री बनाएको थियो । छ वर्शको उमेरमा फ्रान्सेली संस्क्रिति र भाषाप्रेमी जर्मन नागरिकले धर्म पुत्री बनाएका थिए । सन् २०१२ मा उनी चार महिनाकालागि पर्यटन प्रवर्धन अन्तर्गत बैदेशिक ब्यापारको प्रमुख थिईन । त्यो बेला उनले बिदेशमा रहेका फ्रान्सेलीहरुमार्फत ब्यापार बढाउन भूमिका खेलेकि थिईन् ।

केहि विश्लेषकहरुका अनुसार कोरियाली मूलकी फ्ल पेलराँलाई नियुक्ति गरेर फ्रान्स सरकारले आफूलाइ आप्रवाशीप्रिय देखाउन खोजेकोपनि हो । त्यसैगरि, अर्काथरी विश्लेशकहरुका अनुसार उत्तर कोरियालाई चिनले काखि च्यापीरहेको छ । पेलराँ सिउलमा जन्मिएकीले उनलाई नियुक्त गरेर दक्षिण कोरियालीहरुको समर्थन लिने, उत्तर कोरियाको बिरोधमा उभ्याउने संकेतपनि हो यो । त्यसो त चिनियाँ लगानी बढाउन, आकर्षित गर्न खोजेको भए फ्रान्स सरकारले पक्कैपनि दक्षिण कोरियाली मूलकी नागरिकलाई मन्त्रीमा नियुक्त नगर्नुपर्ने हो । उनको नियुक्तिका विषयमा जे जे अनुमान र विश्लेषण गरेपनि एउटा कुरा चाहिँ के पक्का हो भने, आफ्नो देश सम्पन्न भयो भने प्रवाशमा रहेका नागरिकहरुपनि सम्मानित हुने रहेछन् ।

तपाइँको प्रतिक्रिया