दर्शकलाई झुक्याएर तिजको कार्यक्रम
नेपाली महिलाको पर्व, तिज । महिलाहरुले गाउँछन्,नाच्छन् । आफ्ना बह पोख्छन् । यसमा पुरुषहरु हुनुपर्दैन । कुनै हल लिनु पर्दैन । ठूलो कार्यक्रम आयोजना गर्नुपनि पर्दैन । तर बिदेशमा सार्वजनिकस्थलमा चिच्याउन पाइन्न । त्यसैले हल लिएर रमाईलो गर्छन् महिलाहरु । हल लिएपछि पुरुषहरुकोपनि सहयोग पर्छ । तर यो तिज आजकाल कतिकालागि पैसो कमाउने माध्यम भएको छ । पबित्र पर्वमा कालकार आउँछन् भनेर झुक्याइ झुक्याईपनि पैसो उठाउन थालिएको छ । प्रसंग जापानमा आज आयोजना गरिएको तिज पर्वको हो । जापानमा आज आइतवार तिजको कार्यक्रम राखियो । पोस्टर बनाइयो, मन्जु पौडेल, टिका पुन, रामजी खाँड, सूर्य खड्का र बिनोद भण्डारीको संलग्नता हुने भनेर । लोक गीतमा अहिलेका सर्वाधिक चर्चित मध्येकै एक खाँड आउँछन् । उनको गितमा जम्न पाईने भो भनेर धेरैले टिकट किने । उनीहरुले टोकियोको सिन्जुकी बुन्का सेन्टरको हलमा तिज अकर्यक्रम गर्न लागेका थिए । स्मरण रहोस् यहि हल नजिकै कबड्डी चलचित्र हेरेर फर्किँदै गर्दा पत्रकार रवीन्द्र श्रेष्थमाथि हमला गरेका थिए, एन आर एनमा संलग्न हस्ती र केहि गुण्डाहरु मिलेर ।
खाँड आउने भनेर प्रतिब्यक्ति दुई हजार यानपनि तिरे । जापानबाट निस्किने समुद्र पारी डटकम लगायतका केहि अनलाईनमा समाचार लेखाएर प्रचारप्रसापनि गरे । तर रामजी खाँड त नआउने रहेछन् । उनले अग्रिम जानकारि दिएका रहेछन्, आयोजकलाई। भिसा नपाएकले । तर आयोजकले त्यो कुरो गोप्यनै राखे । दर्शक बटुल्न, खाँडका नाममा । विमानस्थलमा गएर दुई कलाकारलाईमात्रै ल्याए ।
लेलिन भट्टचन, बिज्ञान गौचन, एन आर एन जापन युवा संयोजक टासी लामा, पवन केसी र किरण थापा मगरहरुले नेपाल सन्देश डटकमका पत्रकार रवीन्द्र श्रेष्ठमाथि हमला गरेर बिबाद मच्चाएका थिए । हो यहि टोली मध्येका एक पवन यो कार्यक्रममा आयोजनामापनि संलग्न थिए । खाँडले पहिले आउँछु त भनेका थिए । तर पछि भिसा नपाएकाले आएनन् । यो कुरो केहि दिन पहिलेनै जानकारि थियो आयोजकलाई । ‘खाँड आउँदैनन् भनेको भए टिकट धेरै बिक्रि हुनेथिएन, त्यसैले गुचचुप बसेका हुन्” स्रोतले भन्यो ।
एन आर एन जापानको भ्रस्टाचारबारे किन लेखिसभन्दै पत्रकारमाथि आक्रमण




