विश्वकै पहिलो उल्टो साईकल यात्री नेपाली फ्रान्समा

2

स्यम्भुका आँखाले भन्छ्न । लुम्बिनिको माटोले भन्छ् । एकैनास बलिरहने शान्ति दिपले त्यहि भन्छ “भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् ।भगवान सिद्धार्थ गौतम बुद्धका उपदेश सबैले सुन्छन । त्यो सुन्दा मनको आखा खुल्छ ।” शान्ति गित गाउँदै नेपाली संसार संसार डुल्छन् । छातीमा हात राखेर “जननी जन्म भुमिश्च स्वर्ग दपि गरियसी” को बयान गर्दै आँखा चिम्लेर संसार चिनाउन लागि परेका छन् नेपाली । 

IMG_0043

3

4

रिस गरे रिस मिल्छ्, माया गरे माया । फटाहा हुन् या साधु । अशल हुन् या ठूला । आखिर यस्तै सोच बिचार अनि दिगो शान्ति, मानब भाइचारा र नेपाली पहिचानको नारा बोकेर नेपालको प्रबर्धन गर्दै केहि दिन अगाडी तिन नेपाली युवाहरु नेपालको झण्डा फहराउँदै उल्टो साइकलमा फ्रान्स आइपुगेका छन् ।  यिनलाई भनिन्छ बिश्व उल्टो साइकल यात्री । त्यो नेपाली झण्डाको फरफराहट सँगै विश्व शान्तिको कामना, हाम्रा बुद्दको सन्देश र नेपालको समग्र पहिचान समेटिएको छ । विश्वमै यसरि उल्टो साईकलमा विश्वनै फन्को मारिदिने साहसपनि पहिलो हो । र त्यो हो नेपाली साहस । यस अघि उल्टो साईकल चलाएर विश्व घुम्ने कोहि थिएन ।

1

बिश्वको पहिलो उल्टो साइकल यात्री बिरेश दाहाल सुल्टो साइकल यात्री बरुण अधिकारि, बजिन्द्र महरा फरक फरक जिल्ला अनि फरक फरक जातका भएरपनि भाइचाराको सम्बन्धलाइ मजबुत बनाएर बिगत २००४ बाट बिश्व यात्रा शुरु गरे । देशमा भड्किएको द्वन्द र राजनीतिक अस्थिरता प्रति सन्देश दिने सोचका साथ साइकललाइ माध्यम बनाउन पुगेका यि यात्री शान्तिको देश नेपालमा पनि अशान्ति हुन गएपछि जागेका हुन् । शान्तिको शन्देश अनि मानब हत्या र बिग्रँदो वातावरणप्रति चिन्तित रहेर बिश्वमा नेपाल, नेपाली को परिचय गराउँदै साइकल यात्रा अघि बढाउँन पुगेका हुन् ।

5

हेर्दा हेर्दै यि साहशी युवाले अनेक दुख र कष्ट सहेर विश्वका ५६ देशमा नेपाली झण्डा, नेपालको नाम, नेपाली आत्मा र शान्तिको सन्देश फैलाईसकेका छन् । त्यहि यात्राका उल्टो साईकलयात्री बिरेश दाहाल भन्छन “आकाश सिंगो छानो बनेको छ । पृथ्वी घर अनि साइकल बिश्व बिद्दालय ।” यही साइकलले साधु देखि विद्वान,भिखारी देखि ठुला-ठुला उद्दोगपति सम्म चिनाएको छ । उनीहरूमाझ नेपालको हिम्मत, जोश र मेहनतको परिचय गराउन पाएकोमा खुशी ब्यक्त गर्छन उनी ।

6

13

यिनले पाउनुसम्म सास्ति पाएका छन् । भोग्नुसम्म दुख भोगेका छन् । एशिया,अफ्रिका र यूरोप यात्रा गरेका यात्रीहरुको कुनैदिन नेपाली दुतावास थाइल्याण्डको कम्पाउण्ड भित्रबाट साइकल चोरी भएको सुनिएको थियो । त्यो बेला नेपाली दुतावासले कुनै सहयोग गरेको थिएन साइकल यात्रीलाइ । तैपनि बिदेशी मिडियाले सोध्दा कहिले नेपाल प्रति नकारात्मक कुरा गरेनन यिनले । जहिले नेपाली दुतावास र नेपाली समुदायको प्रशंसा गाउँदै हिडे । नेपाली माझमा पनि नेपाली संघसस्थाको चर्चा गर्दै गए । बिडम्बना आफ्नो भित्रि पिडा लुकाएर गाएको गुनगानले भोको पेट, बासस्थान अनि यात्राका निम्ति भिषामा लाग्ने खर्च, साइकल मर्मत समुन्द्री राष्ट्र पार गर्न आउने आर्थिक समस्यालाई जीवित राखे । तर तिनलाई कुण्ठाएर सबका आगाडी मौखिक प्रशंसाका शब्दहरु खर्चिए । यात्रामा लाखौ मानिस भेट गर्दा कयौको सल्लाह र सुझाव धेरै सुनेका छन् उनीहरुले । कसैले सय सहयोग गर्दा हजारौंको गुनगान गाउनुपर्ने पिडापनि मनभित्र कुण्ठित बनाएका छन् यि यात्रीले । तर यि यात्रीका पिडा यिनैको सफल यात्राले सार्थक बनाउँदै लगेको छ । एकदिन यिसित सिंगो ब्रह्माण्डको कथा र ब्यथा हुने छ ।

7

14

15

जति गरिब, जसको कपडा पसिनाले भिजेका छन् र कपडाका कलर मैलो छ तिनै मनकारि हुँदा कस्तो महसुस होला ? नेपालीहरु नेपाली झण्डा बोकेर यात्रा गर्दै नेपाललाइ चिनाएकोमा तिनै नेपालीले गर्वकासाथ सहयोग गर्दा आफुलाई सहयोग थाप्न लाज लागि-लागि भोको पेट भर्नका निम्ति हात पसारेका छन् यि यात्रीले । त्यस्तो बेला लाज लागेपनि हात पसार्नुको बिकल्प के ? केहि नेपाली विदेशमा आफ्नो ब्यवशाय गरेर खुट्टा तङ्राएका नेपालीलाई भेट्न धेरैले सुझाव दिए । तर भेट गरिसकेपछि भने पन्छिएका थुप्रै मानिस आफूहरुले भेटेको ताजा स्मरणपनि विरेश दहाल र उनको टोलीले साँचेको छ ।

8

एक सय ५१ देशमा उल्टो साइकल यात्रा गर्दै बिश्वका कुनैपनि मानिसले आफ्नो रेकर्ड ब्रेक नगरुन भनि जिबन्त नेपाली इतिहास रच्न लागि परेका बिरेश पहिलो नेपाली त हुन् नै । उनी बिश्वमै उल्टो साइकल घुमाउने पहिलो नागरिकपनि हुन् । नेपाल सरकारको सामान्य सहयोग रहेको यात्रामा विभिन्न देशमा रहेका संघ सस्थाहरुले मद्द्त गर्दै आएर यात्राले सफलता हासिल गरिरहेको उनी बताउँछन् । विभिन्न जात-जाति भौगालिक समुदाय, गैर आवासीय नेपाली संघ, नेपाली दुतावासका कति ठाउँमा सहयोग रहयो भने यो यात्राका क्रममा कति ठाउँमा संस्था भएर पनि रुँदै पिडा बोकेर हिँड्नु परेको यात्रीका सदस्य बरुण अधिकारी बताउँछन ।

10

11

यूरोप यात्राका निम्ति उनीहरु पोल्याण्ड हुँदै प्रवेश गरेका हुन् । हाल फ्रान्समा बेलायतको भिषा लिन बसेका यि तिन यात्री भिषा प्राप्त भए पश्चात स्पेन,पोर्तुगल हुँदै बेलायत यात्रा गर्ने योजना बनाएका छन् । जिवनको यात्रा सम्बन्धि वृतचित्र र किताब लेखन गर्दै गरेका दाहाल भविष्यमा संसारले उनको जिवन यात्रा किताबमा पढ्न पाउने छन् । त्यसलाई पर्दामा हेर्नसमेत पाउने छन् । विश्वमै पहिलो रेकर्ड राख्ने नेपाली योद्दाको यो काम नेपालको गरिमा हो । उनले यात्राका निम्ति सहयोग गर्नुहुन राष्ट्र प्रेमी नेपालीमा अनुरोध समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया