भानु हिजो, आज अनि भोली
● प्रेम पाठक
हिजो, ‘घाँसी दरिद्र तर बुद्दि कस्तो, मो भानु भक्त धनी भैकन किन आज यस्तो ?’
यहि भावमा भानुले रामायण लेखे, नेपाली भाषालाइ जे अनुकुलता देखे ।
आज, नेता नक्कली, फेरी अक्कल कस्तो ? देश बेचेर बसाई सर्लान जस्तो ।
जनता सोझा भोट दिई बस्ने, पाँच बर्षमा एक पटक, अबिर घस्ने ।।
भोली, यथास्थितिमा रम्नेलाइ, नेटो कटाईदेउ ,
शोषित वर्गलाइ, मुक्ति दिलाई देउ ।।
भानु तिमीले, फेरी जन्म लेउ ।
नयाँ नेपालको नयाँ, रामायण कोरिदेउ ।
नयाँ नेपालको नयाँ, संबिधान कोरिदेउ ।
(१३ जुलाई २०१४ का दिन अनेसास बेल्जियम च्याप्टर शाखा बेल्जियमले आयोजना गरेको आदिकबि भानु भक्त दिवश द्विवार्षिकी समारोहमा बाचित रचना)





