‘बिश वर्षको हुन्थें भने नेपालमा मपनि माओवादी बन्थें ‘ पूर्व फ्रान्सेली राजदूत

ददि सापकोटा

un-ambassadeur-se rebifa-michel-jolivet(यो तेस्रो भाग हो । पहिलो यहाँ क्लिक गरेर र दोस्रो भाग यहाँ क्लिक गरेर पढ्नुस्)

एउटी महिला थिइ फ्रान्सेली । असाध्यै लागू औषधको अम्मली । नेपालमा ऊ दूतावाससित चिरपरिच भैसकेकि थिई । उसले धर्म बदलेकि (बाप्तिज) थिई । उ बिवाहित थिई । दुइ बच्चा थिए । सरकारबाट खानाको लागि पाउने पेन्सन उसको आम्दानीको एकमात्र स्रोत थियो । त्यसले काठमाडौ-पेरिस उडानको टिकट किन्न पुगिहाल्थ्यो । धर्म बदलेर ‘ईश्वरिय बरदान पाएको’ले एशियाली नाम राखेकि थिई । त्यो नामबाट ऊ आध्यात्मिक संवाद (कम्युनिकास्सियों स्पिरिचुयल) गर्थी । पेन्सनबाट लागू औषध र औषधी किन्थी । ऊसित पर्याप्त पैसा थिएन । ऊ सहयोगको याचना गर्दै दूतावासमा आएको आयै गर्न थाली । मेरो बिभागले यस्तालाई सहयोग गर्न बजेट दिएको हुन्थेन । कसो गर्ने ?

सडकमा पुगेका, दुख पाएकाहरुको सहयोगका लागि हामीले तिनका बाउ आमालाई सम्पर्क गर्ने हो । आफ्ना बच्चाको लागि देश फर्किने विमान ट्कटको ब्यवस्था गरिदिनेपनि हुन्छन् । तर हामीले यि महिलाका बच्चालाई फोन गर्दा तिनले भने “हाम्रो आमाले फेरि मूर्ख्याइँ गरिछे । आफूलाई मिल्दा र हाम्रो आवश्यकता परेका बेला मात्रै हामीलाई खबर गर्छे । आफ्नो भविष्यका बारेमा उसैले सोच्नुपर्छ । आफूलाई कसरि आनन्द दिने सोच्नु पर्छ । आफ्नो समस्या आफैं हल गर्न जान्नुपर्छ । अब त अति भो । हाम्री आमाले हाम्रो वास्ता गर्दिन । हाम्रो कहिल्यै ख्यान गरिन । आफूले पाउने पैसा जति सबै खर्च गरी । उसले आफ्नो जिवन बाँचेकि छ । हाम्रो आफ्नै जिन्दगी छ । ऊ आफ्नो लागि जिउँछे, हामी आफ्नो । हामी केहिपनि गर्न सक्दैनौं ।” 

यो महिलासित पैसा छैन । दूतावासमा बजेट छैन । ऊ सहयोग माग्दै निरन्तर आउँछे । अप्ठेरोमा परियो । अस्पत्ताल र प्रहरीले ल्याएर यस्ता मानिस नियमित जस्तै छोडिदिन्छन् । सडकमा छोडिदिनपनि सकिन्न । त्यसरि छोडिदिए सधैं टाउको खाइरहन्छ । अब यो महिलालाई के गर्ने ? मैले आफ्नै खल्तीको पैसा निकालें । काठमाडौं देखि दिल्ली जाने बसको टिकट किनेर दिल्लीस्थित हाम्रो दूतावासमा जाउ भनेर पठाइदिएँ । किनभने दिल्लीस्थित दूतावासका मेरा कर्मचारी मित्रहरु अलिबढि सम्पन्न हुन्छन् यस्ता मानिसहरुलाई सहयोग दिन । उनीहरुसित बजेटपनि अलि बढि हुन्छ ।

२१ नोभेम्बर २००६ का दिन काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन हलमा शान्ति संझौताकालागि हस्ताक्षर गरियो । दश वर्ष लामो जनयुद्द बिश्राम भयो । राजालाई कसैले ख्याल गरेनन् । जसले दश बर्ष युद्द लडे । जो शासन सत्ताका बारेमा सहमत थिएनन् ति राजनितिक पार्टी र नेताहरु थिए । एकातिर नेपाली सेना । अर्कोतिर माओवादी सैनिक । राजा बाहेक जनयुद्द लड्नेहरु लगायत सबै नेता र पार्टी यहिँ थिए शान्ति सम्झौतामा सहि गर्नकालागि । जुन प्रधानमन्त्रीलाई माओवादीले हत्या गर्ने प्रयास गर्दा बचेका, छलिएका थिए तिनै प्रधानमन्त्री र प्रचण्डसमेत एकै ठाउँमा थिए । हिजोका सबैभन्दा शत्रु आज स्यालुट गर्ने भएका छन् । अंगरक्षक छैन । साह्रै कम छ सुरक्षा ब्यवस्था । नेपालको आन्तरिक द्वन्दमा १५ हजार नागरिकको ज्यान गएको छ । त्यो आँखाले प्रत्यक्ष देख्न सकिने तथ्य हो र त्यसभन्दा अझ बढि हुन सक्छ । नेपालीहरुले आफ्ना जनताका लागि एउटा शिक्षा दिएका छन् । यो सम्झिँदा मेरो गला अवरुद्द भएर आउँछ ।

शान्ति सम्झौताको प्रक्रियामा मेरो सक्रियता पेरिसस्थित मेरो बिभागलाई मन परेन । सबै राजदूतावासहरुमा के हुन्छ । राजदूतले के गर्छन् भन्ने कुरा अब नोट राखिने भयो । तिनका काम, क्रियाकलाप र गतिबिधीका बारेमा लिखत हुने छ । त्यो दूतावासकै कर्मचारीले राख्ने छन् । त्यो जानकारि गोप्य रुपमा राखिने छ । त्यसको साथै परराष्ट्र मन्त्रालय, पेरिसको एशिया बिभागका हाकिमलेपनि राख्ने छन् । तिनले आफ्ना बिरुद्द के आरोप लगाए, के लेखे भन्ने कुरा आफूले सिधा प्रतिरक्षा गर्नपनि पाइने छैन । आफ्नै बिरुद्द लगाइएका आरोपको पनि प्रतिकार गर्न, जानकारि पाउन नसकिने । त्यस्तो भएपछि जे आरोप लगाउनपनि सकिने भयो । अझ तिनले हामीलाई त्यो काउनुसम्मतनै हो भनेर निश्चित गर्छन् ।

तर मेरो लागि चाहिँ राम्रो अवशर मिलेको भन्नुपर्छ । किनभने मेरो सहयोगी (आदज्वाँ) कर्मचारीले त्यसरि गोप्य रुपमा मेरा बिरुद्द टिपेर प्रश्नहरु भरेर पठाउन अस्विकार गरिदिए । उनले त्यो पद्दतीनै अस्विकार गरे । मेरा बारेमा भर्नुपर्ने प्रशनहरुको जवाफ मेरै अगाडि बसेर मलाईनै देखाएर भरे । तर एशिया डेस्कका हाकिमले मेरा बिरुद्द खराब आरोपहरु लगाए । किनभने मैले अब निकट भविष्यमानै नेपालमा शान्ति संझौता हुने छ भनेर खबर गरेको थिएँ । त्यसमा म सक्रिय बनेको थिएँ । त्यसपछि मलाई उनीहरुले ‘यो राजदूत बेकारको छ । सबै सजिला, दयालु हुन्छन् । भने जस्तै गरि शान्ति हुन्छ । सबै सहज हुन्छ भन्ने सोच्छ । यसले केहिपनि बुझ्दैन, झुर राजदूत परेछ’ भनेर आरोप लगाएका थिए ।

साँच्चिनै शान्ति प्रस्तावले मूर्तरुप लियो । परराष्ट्र मन्त्रालयको एशिया बिभागका निर्देशकले सोचे जस्तो भएन । शान्ति प्रस्तावले मूर्त रुप लिएपछि मैले भनेको सत्य साबित भयो र मेरो बिभागका निर्देशकले भनेको गलत साबित भयो । त्यस पछि त मेरो निर्देशकलाई आफैं लाजमर्दो, पश्चाताप (ओंत) महसुस भयो होला । त्यसपछि मलाइ आफूले चाहेको गर्न छोडिदिए । अब आफ्नो हाकिम म आफैं भएँ । मैले ६५ वर्षे जन्मदिन आनन्दले मनाएँ र त्यसपछि सेवा निब्रित्तपनि भएँ ।

टेलिभिजनका पर्दामा हेर्दा फ्रान्सको एक राजदूत जो समस्याग्रस्त, द्वन्दग्रस्त ठाउँमा छ उसलाई उच्च तहका अधिकारीहरुले निर्देशन दिईरहन्छन् भन्ने विश्वास गर्छौं हामी । तर त्यस्ता ठाउँमा रहेका अधिकांशले कुनै निर्देशनबिना आफैं काम गर्छन् । पेरिसका हाकिमहरु अधिकांश आन्तरिक वा आमसञ्चारबाट प्रभावित छन् । कहिलेकाहिँ उनीहरु जे निर्णय गर्नुपर्थ्यो त्यसको बिपरित गरिरहेका हुन्छन् । उनीहरुको गलत निर्देशन र कामले गर्दा कहिलेकाहिँ राजदूत बिचरो बन्नुपर्छ र द्विधामा बस्नु पर्छ ।

नेपालमा शान्ति सम्झौता भयो । शान्ति छायो । अब भारतको दार्जिलिङसम्म पुग्ने, घुमघाम गर्ने अवशर लिने भएँ मैले । बन्दले नेपाललाई बिभाजन गरिदियो । कतै जान सकिन्छ त कतै बन्दले गर्दा जान नसकिने भयो । नेपाली अधिकारीहरुले मलाई सैनिक स्कर्टमा यात्रा गर्न सुझाव दिन्थे । तर मैले त्यसलाई सधैं अस्विकार गरें । जतिपटक म सुरक्षा पोष्टमा पुग्थें उति पटक मलाई सुरक्षाकर्मी लिएर हिँड्न प्रस्ताब गर्थे । अँहँ मेरोलागि चाहिन्न । मलाई त्यसरि हिँड्न मन पर्दैन । भो भो न आउनुस् पर्दैन भन्थें म । मैले त्यसो भनेपछि उनीहरुको ह्याट मुन्तिर म ढुक्कको अनुभूतीको महसुस गर्थें ।

दार्जिलिङ जाँदाको क्रममा मैले चार वटा बन्द छिचोलें । एक पटक भने मलाई समस्या पर्ला, सजिलै पार पाउन्न सकिन्न कि भन्ने लाग्यो । सुदूर पश्चिमको बर्दिया राष्ट्रिय निकुञ्जबाट  एजेन्सीको पर्यटक गाडीमा फर्किँदै थियौं । सडक एउटा ठूलो महिलाको हुलले घेरेको थियो । ति रिसले चुर हुँदै नारा जुलुस लगाएर सडक बन्द गरेर बसेका थिए । नारा लगाउनुबाहेक अरु जेसुकै होस् तिनलाई वास्ता थिएन । गाउँका पुरुषहरुलेपनि मलाई त्यहाँबाट उम्किन दिन सक्दैनथे । ति पुरुषहरुले दिक्क मानेका थिए । किनकि राजदूत भनेको त महत्वपूर्ण ब्यक्ति हो । त्यस्तो ब्यक्ति र उसकी पत्नीलाई कहाँ सुताउने ? के खुवाउने ? कसरि ब्यवहार गर्ने ? राजदूतको स्तर अनुसार यो सबै कसरि पुर्‍याउने ? कसरि जान्ने ? तिनलाई आपत पर्यो, अब कसो गर्ने ?

पुरुषहरुले नारा जुलुस गरेका महिलाहरुलाई बेवास्ता गरे । एक जना गाईड खोजे । त्यो बन्द कसरि छल्ने भनेर गाउँको बाटो जानेको एक पुरुषलाई खटाए । अलि बेरपछि धान खेते छिचोल्दै गाउँ घुमाएर अर्कै बाटोबाट मलाई पुन मूल सडक पुर्‍याइदिए । नेपालमा जहिलेपनि कुनै न कुनै समाधान पाइन्छ ! वाह ! क्या गज्जबको नेपाल !

सन् २००७ मा मैले काठमाडौंमा सेवा शुरु गरेको र बितेका सात महिनाको मेरो क्रियाकलापबाट मलाई हेक्का भयो कि काठमाडौं मेरो पेशाको क्रममा सबैभन्दा उत्तम, सुन्दर ठाउँ हो जहाँबाट म सेवा निब्रित्त हुने भएँ । यो त्यहि ठाउँ हो जहाँ मेरो पेशासित संबन्धित मैले सबैभन्दा उच्च सन्तुस्टि र आनन्द पाएँ । आमा बुवा र थुप्रै साथीहरु मलाई भेट्न आए । मैले नेपालमा काम गरेको समय हेर्दा कतै छायाँ, कतै अँधारो देख्दिन । कतैपनि म पश्चाताप मान्ने क्षण भेट्दिन । मैले नेपालमा जे गरें सबै मेरोलागि सुख र आनन्दको क्षण रहे, मलाई मन पर्यो ।

तर केहि चिज यस्ता छन् जसको मैले बिरोध गरें । अहिलेसम्म विश्वका अन्य मुलुकमा झैं नेपालमापनि फ्रान्सको छबी राम्रो छ । सिल्भाँ लेभीको नेपाल यात्रा । मोरिस हेर्जिकको टोलीले गरेको पहिलो अन्नपूर्ण आरोहण, मकालु हिमाल आरोहण । राष्ट्रपती फँस्वा मितेरँको नेपाल यात्राका क्रममा भएका उपलब्धी । यि सबैले गर्दा नेपालमा फ्रान्सको छबी उज्यालो छ । तर दुखको कुरो, बिगत केहि वर्षदेखि फ्रान्सको यो छबी घट्दो छ । अब आएर त्यो छबी खुम्चिँदै राजदूतको तहमा सिमित हुन पुगेको छ । किनभने नेपालमा फ्रान्सको तर्फबाट धेरै गतिबिधी गर्नको लागि बजेट दिने राजनितिक मनोकांक्षा छैन । नेपालसित द्विपक्षिय काम गर्ने, साझेदारी गर्ने इच्क्षा छैन फ्रान्सको । नेपालमा द्पक्षिय सहयोगको लागि झण्डै शुन्य छ बजेट भनेपनि हुन्छ । हाम्रो राजनितिक भूमिका झण्डै शुन्य जस्तो भयो । युरोपेली परिषदले भनेको बाहेक नेपालमा हाम्रो बिभागले केहिपनि गर्दैन । नेपलमा हाम्रो बिभागको राजनितिक भूमिकानै छैन । युरोपेली परिषदको निर्देशन मात्रै मान्ने भएकोले नेपालमा काम गर्ने राजदूतकालागि बजेटपनि छैन ।

पहिले पहिले नेपाली टिभीहरुले फ्रान्सका बारेमा चर्चा गर्दा दुई देशबिचको कूटनितिक संवन्ध, लगानी, राजनितिक भ्रमण, आर्थिक सम्ब्रिद्दता आदिका बारेमा चर्चा गर्थे । तर अहिले काँठमा भएको आगजनी, हुल्दंगा, मारपिट र समस्याहरु देखाउन थालेका छन् । नेपालका हिमाल चढ्ने फ्रान्सेली हिरो, दुई देशको संवन्ध, कूटनितिक आदानप्रदानका बारेमा आजकाल प्रचार हुन्न । विश्वभरि फ्रान्सको प्रभाव रहिरहोस् । फ्रान्सको चर्चा र लोकप्रियता अनि प्रभाव नेपालमापनि कायम रहोस् भनेर सोच्छन् परराष्ट्र मन्त्रालयका एशिया डेस्कका हाकिमहरु । तर बिगत ११ वर्षमा नेपालमा एक जना मन्त्रीपनि पठाउन असमर्थ छन् । कसरि नेपालमा फ्रान्सको छबी कायम रहन्छ ?

नेपालमा फ्रान्सको चाख र चासो छैन । किनभने दश वर्षसम्म युद्द भएकालेपनि लगानीको चाख र स्वार्थ भएन । नेपालमा न मन्त्रीको भ्रमण छ । न एशिया बिभागको उपस्थिति छ, राजदूत बाहेक । एक मात्रै फ्रान्सको नेपालमा प्रतिनिधित्व गर्ने भनेको फ्रान्सेली पर्यटक हुन् । अनि फ्रान्समा हामी के गर्छौं ? नेपालमा युद्द भएकाले फ्रान्सेलीहरुलाई ‘नेपाल नजानु, असुरक्षा छ’ भन्छौं । फ्रान्सका उच्च अधिकारीहरु नेपाल जाँदैनन् । किनभने त्यहाँ सुरक्षा छैन । तर मैले भनें ‘फ्रान्सेलीहरुलाई जान दिनुपर्छ । फ्रान्सको त्यहि मात्रै प्रतिनिधित्व बाँकि छ नेपालमा ।’ फ्रान्सेली पर्यटक नेपाल नगए त नेपालमा फ्रान्सको केहिपनि रहँदै रहन्न नी । त्यसैले फ्रान्सेलीलाई नेपाल नजानु भनेर तर्साउन छोड्नुपर्छ । फ्रान्स छेरुवाका रुपमा देखियो । बहादुर, आँटिलो देखिएन ।

नेपाललाई बिदाई गर्ने बेला मैले भने नेपालमा फ्रान्सको छबी छोड्ने कोसिस गरें । २४ अप्रिल हाम्रो दूतावासको चालिसौं जन्मदिन । ६४७६ मिटरको मेरा पिक चुचुरोमा नेपाल र फ्रान्सको झण्डा संयुक्त रुपमा फरहाउने निर्णय गरें । मैले तयारि गरें । तर तिब्र रुपमा बहेको हावा, जमेको हिउँ । मैले सकिन । यो बाटो उति चल्तिकोपनि थिएन । सायद त्यसको लागि मेरो उमेरपनि उपयुक्त थिएन कि !  कि त पर्यटक कि प्रचण्डका गुरिल्ला बाहेक यो ठाउँका गरिव मानिसहरुले अरु देख्न पाउँदैनन् ।

५८५० मिटरमा पुगें । सोचें, अब भोली बिहानै म टुप्पोमा पुग्न सकौंला । तर सोचे जस्तो भएन । शेर्पाहरुले ढूलो चट्टानमा डोरीपनि बाँधिदिए । तर तिब्र बेगले हावा चल्यो । मेरो यो उमेरमा यति चढ्नुपनि कत्रो मौका मेरो । सगरमाथाको सबैभन्दा राम्रो द्रिष्य मैले देख्न प्प्एँ । ल्होत्से हिमाल, र नुप्से दाहिनेतिर अगाडिनै देखिए । मकालु र चो ओयु हिमालको विशाल हिउँ देखियो ।

तिन उत्तम वर्ष पछि काठमाडौंबाट सद्भावपूर्ण तरिकाले म बिदाई हुन लागें । एक महिना डिनर र दिउँसोको खाना मेरो खुशियालीमा । नेपालका सर्वाधिक संगितकर्मीको पाँच वटा कन्सर्टमा सहभागि भएँ । प्रेससितको भेटघाट, अन्तर्वार्ता,”तपाई लोकप्रिय राजदूत हुनुहुन्थ्यो” भनेर परराष्ट्र मन्त्रालयबाट सार्वजनिक रुपमा  पाएको प्रशंसा । मेरो निवासमा सबैभन्दा पछिल्लो निम्तालुका रुपमा प्रचण्ड थिए । उनको मार्क्सवाद लेलिनवादप्रति मेरो कुनैपनि सहानुभूति छैन । आआफ्नै छनौट हो । तर केहि भ्रस्ट जाति र सामान्ति वर्ग भएको नेपालमा उनी सजिला, हँसिला र अनुकूल, मैत्रीपूर्ण थिए । मलाई लाग्छ, यदि म २० वर्षको हुन्थें भने नेपालमा मपनि माओवादी बन्थें ।

(मिसेल जोलिभे नेपालका निम्ति राजदूत थिए, फ्रान्सका तर्फबाट । माओवादी शान्ति वार्ताको मेलोमेसो चल्दै गर्दा पश्चिमेली राजदूतमध्ये सबैभन्दा पहिले प्रचण्ड र बाबुरामलाई जनआस्था सम्पादक किशोर श्रेष्ठमार्फत भक्तपुरमा भेट्ने पहिलो उच्च कूटनीतिज्ञका रूपमा उनलाई चिनिन्छ । पश्चिमेली परराष्ट्र मन्त्रालयबाट नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न सूचना जारी भइरहेका बेला पहाडी र तराई क्षेत्र विनाकुनै सुरक्षा घुमेर सुरक्षा छ, घुम्न सकिन्छ भन्ने सन्देश दिने जोलिभे सबैतिर निकै चर्चामा थिए । त्यसबेला उनको क्रियाकलापबाट स्वयं फ्रान्सको परराष्ट्र मन्त्रालयले समेत आलोचना गरेको हालै प्रकाशित पुस्तक ‘उन् आम्बासाद स रबिफ (एक राजदूत विद्रोह गर्छन्) बाट बुझिन्छ । बुरुन्डी, न्युजिल्यान्ड, कम्बोडिया, ब्राजिललगायत दर्जनौँ मुलुकमा कूटनीतिज्ञ भएर गएका उनले पुस्तकमा ३६ पेज नेपालबारे खर्चेका छन् । आफ्नो सबैभन्दा रमाइलो र सम्झनायोग्य क्षण नेपालमा बिताएको उल्लेख गरेका छन् । यो अंश त्यसैको एक भाग हो । यसको नेपालीमा अनुवाद पत्रकार ददि सापकोटाले गरेका हुन्)

यसैका अघिल्ला दुई भाग र त्यस अघिका जोलिभेले दिएको अन्तर्वार्ताका दुई भागपनि हेर्नुस्

ज्ञानेन्द्रले कू गरेको बेला

नेपालबारे पश्चिमा राजदूतको नालिबेली

शक्तिमा आउनमात्रै प्रयोग गरेका थिए जनयुद्द” पूर्व फ्रान्सेली राजदुत

नेपाल आधा असफल राज्य: कुन देशले चलाउने ? (भिडियो)

प्रचण्डको यस्तो रहेछ भारतलाई भित्र्याउने प्लान

 

 

तपाइँको प्रतिक्रिया