नेपालको झण्डा पेरिसबाट सरर गाडीमा अर्जेन्टिनासम्म
सन् २००८ को मे १ मजदूर दिवसका दिन भएको अन्तर्राष्ट्रिय मजदूर दिवशको पेरिसमा भएको प्रदर्शनीमा यि अर्जेन्टिनका नागरिकले यो गाडी बिभिन्न देशका झण्डासहित अर्जेन्टिना लग्दै रहेछन् । हामीपनि नेपालको तर्फबाट त्यहिँ प्रदर्शनी गरेर सकेका थियौं । यस्तो गाडी देखियो केहि देशका झण्डा सहितको । चासो लागेर सोध्यौं । उनले यि झण्डासहितको गाडी अर्जेन्टिना लाँदै रहेको बताए । चासो लाग्यो । उनलेपनि हाम्रो ठाडो झण्डा देखेर निकै चासो राखे ।
त्यहि दिन हामीलेपनि नेपाली झण्डा गाडिदिएको हो, अर्जेन्टिनासम्म लैजाउ भन्दै । यो झण्डा देखेपछि धेरैले चासो राख्ने उनले बताएका थिए । उनलेनै पहिलो पटक देखेका रहेछन् हाम्रो झण्डा । हाम्रो झण्डा पाउँदा उनी औधी खुशि भए । परिसबाट गाडीमा अर्जेन्टिना यो अघि यसरि नेपाली झण्डा गएकोथियो कि थिएन होला ? यिनले अहिले अर्जेन्टिनाको फूटबल टोलीकै जस्तो पो लगाएका रहेछन् त !! यो झण्डा कहाँ होला ? उनले संग्रहालयमा राख्ने भनेका थिए । हामीले यि पुरुषको ठेगाना मागेनौं । मागेको भए अहिले जानकारि माग्न सकिँदो हो कि ?





