पाकिस्तानमा बनेका भकुण्डो ब्राजिलको विश्वकपमा (फोटो फिचर)

brazuca-10_2935662k

पाकिस्तान क्रिकेटमा तगडा छ भन्ने सबैलाई जानकारि भएकै कुरा हो । तर हाल भैरहेको विश्वकपमा खेलिने भकुण्डोहरु सबै पाकिस्तानमा बनेका हुन् भन्ने कमैलाई जानकारि होला । कसरि बने भन्ने त झन थोरैलाईमात्रै जानकारि हुन सक्छ । हो, फूटबलमा एक सय ५९ औं सथानमा रहेको पाकिस्तानमा बनेका हुन् अहिले ब्राजिलमा भैरहेको विश्व कपमा खेलिएका भकुण्डोहरु ।

brazuca-7_2935704k

चिनको एडिदास कम्पनीले रियो द जेनेरियोमा भएको विश्वकपमा माग गरिए जति भकुण्डो बनाउन नसकेको कुरा एक्स्प्रेस ट्रिब्युन भन्ने पत्रिकामा प्रकाशित भएको थियो । त्यो कम्पनी सक्षम नभएको खबर निस्किएपछि पाकिस्तानका खवाज अख्तरले सियालकोट बल मन्युफेक्चरिङ कम्पनी भन्ने आफ्नो कम्पनी मार्फत प्रस्ताव गरेका थिए ।

brazuca-11_2935712k

पाकिस्तानको बल उत्पादक कम्पनीका अख्तरले जर्मन बन्डेस्लिगा ( बुन्देस्लिग), फ्रेन्च लिग, च्याम्पियन लिगका लागिपनि भकुण्डो उत्पादन गर्दै आएका थिए । उनले अन्य प्रसिद्द खेलमा स्तरिय भकुण्डो उत्पादन गरेकोले फिफा मार्फत ब्राजिलले सम्झौता गरेको हो ।

brazuca-6_2935722k

विश्वकपको यो ईतिहासमा आफ्नो भूमिका देखाउन पाएकोमा अख्तर खुशिले एकदमै उत्तेजित भएको द टेलिग्राफ दैनिकले जनाएको छ ।

brazuca-1_2935732k

सन् २००६ को विश्व कपका लागि भकुण्डोहरु बनाएका उनले आफूले बनाएका भकुण्डोहरु गोल पोस्टमा छिरेर मानिसहरु गोल भन्दै उत्तिजित, हर्षित र चिर्रिँदा आफैंले गोल हानेको जस्तो अनुभव गर्थे ।

brazuca-12_2935738k

पाकिस्तानको पूर्वी भागमा पर्ने सिआलकोट शहरमा छ उनको भकुण्डो उत्पादन गर्ने कारखाना ।यो शहर विश्वभरिकै भकुण्डो उत्पादन गर्ने ‘विश्व फूटबल शहर’ जस्तो थियो । यसले विश्वकै चालिस प्रतिशत भकुण्डोहरु आपूर्ती गर्थ्यो । अर्थात् वार्षिक करिब तिन करोड भकुण्डोहरु विश्वभरि पठाउँथ्यो । पछिल्लो समयमा भारत र चिनलेपनि उत्पादन गर्न थालेपछि केहि घटेको हो ।

brazuca-4_2935752k

brazuca-3_2935597k

brazuca-2_2935625k

brazuca-8_2935634k

21TH_FIFA_1906754f

अहिले ब्राजिलमा खेलिएका बलहरु उत्पादन गर्नको लागि फिफाको आधिकारिकारिक वेभ साईट मार्फत ब्राजिलले सन् २०१३ को डिसेम्बरमै पहल गरेको थियो । हाल खेलिने बलहरुको नाम ब्राजुका राखिएको छ । ब्राजुका उत्पादन गर्दा उल्लेख्य रुपमा नयाँ प्रणाली र नयां प्यानल प्रयोग गरिएको छ । त्यसमा छ वटा धर्काहरु छन् बलको वरिपरि । तिनलाई सेन्थेटिकका टुक्राहरु काटेर जोडिएको हो । यसले चिस्यानलाई बाहिरै राख्छ र बल हलुको राख्छ ।

(सबै तस्विर-ए एफ पी)

तपाइँको प्रतिक्रिया