भ्रस्टाचारको सोधपुछ गर्न पूर्व फ्रान्सेली राष्ट्रपती हिरासतमा

Nicolas-Sarkozy-place-en-garde-a-vue_article_landscape_pm_v8

पूर्व राष्ट्रपती निकोला सार्कोजीलाई प्रहरीले हिरासतमा लिएको छ । राष्ट्रपती हुँदा शक्ति दुरुपयोग गरेको आरोपमा प्रहरीले हिरासतमा लिएको हो । उनलाई सोधपुछका लागि लिएको बताइएको छ । उनी सँगै उनका वकिल र दुई जना मेजिस्ट्रेटलाईपनि जाँचबुझ गरिँदै छ । सार्कोजीले आफू राष्ट्रपती हुँदा आफू बिरुद्दका कानुनी जानकारीहरु फुत्काउन वकिल र मेजिस्ट्रेटलाई प्राभव पारेको आरोप उनीमाथि लागेको छ ।

सार्कोजी बिरुद्द लागेको भ्रस्टाचारको मुद्दा अदालतमा के कसरि जान्छ, कस्तो छ भन्ने सूचना दिएमा मोनाको (अर्ध स्वतन्त्र फ्रान्सेली भाग, जसलाई छुट्टै देश भनिन्छ र त्यहाँ राजा छन्)को उच्च तहको पद दिने प्रलोभन दिएर सूचना लिएको आरोप छ ।

Police officers stand in front of the offices of the judicial police in Nanterre where former French President Nicolas Sarkozy arrived early Tuesday to be quizzed by investigators

गुप्तचरहरुले त्यसको जानकारिकालागि भगमग्दुर कोसिस गरिएको केहि मेडियाहरुले उल्लेख गरेका छन् । आज बिहान आठ बजेदेखि हिरासतमा लिइएका उनलाई चौबिस घण्टा राख्न सकिन्छ । त्यसपछि सोधपुछका क्रममा अर्को चौबिस घण्टा लम्ब्याउन सकिने प्रावधान छ । फ्रान्समा यति उच्च पदमा पुगिसकेको ब्यक्तिलाई यसरि हिरासतमा लिएको पहिलो पटक हो ।

तपाइँको प्रतिक्रिया