एन आर एन जापानको भ्रस्टाचारबारे किन लेखिसभन्दै पत्रकारमाथि आक्रमण
(हमलाकारीहरु मध्येका यि पाँच । देब्रेबाट लेलिन भट्टचन, बिज्ञान गौचन, एन आर एन जापन युवा संयोजक टासी लामा, पवन केसी र किरण थापा मगर)
आफूलाइ एन आर् अेनका युवाहरु भन्ने । सेवा गर्न एन आर एनमा लागेकोपनि बताउने । तर भित्रि तहमा गुण्डागर्दी र पत्रकारलाई धम्काएर भ्रस्टाचार गर्नेहरुले जापानका पत्रकारमाथि आक्रमण गरे । टोकियोको मेगुरोस्थित मेगुरो कुमिन सेन्टरमा एनआरएन आइसीसी युवा संयोजक तथा नेपाल जापान युथ क्लबका अध्यक्ष टासी लामाको नेतृत्वले त्यसै गर्यो। लामा सँगै लेलिन भट्टचन, पवन केसी (वी फर अल), विज्ञान गौचन लगायत ८, १० जनाको गुण्डाहरुको एक समूहले नेपाल सन्देश डट कमका अध्यक्ष तथा सञ्चारकर्मी रविन्द्र श्रेष्ठमाथि सांघातिक आक्रमण गरेका हुन् । आइतबार सञ्चारकर्मी रविन्द्र श्रेष्ठ कुमिन सेन्टरमा नेपाली कथानक चलचित्र ‘कबड्डी’ हेरेर फर्कँदै थिए । त्यहि बेला एन आर एन जापानमा लागेका ति गुण्डाहरुले ‘रविन्द्र भन्ने तै होइनस् ?’ भन्दै आक्रमण गरेका थिए ।
केही दिन अघि एनआरएन जापानमा भएको आर्थिक हिनामिनाको समाचार रवीन्द्र गोर्खाली संलग्न नेपाल सन्देश डट कममा प्राथमिकताका साथ प्राकाशित भएको थियो । त्यो समाचार प्रकाशित भएपछि एन आर एन जापानका कोषाध्यक्ष तेजप्रसाद अर्यालले समेत धम्की दिँदै आएका थिए । उनले जापानमा रहेका नेपाली समुदायको सामू गोर्खालीलाई पिट्ने बताएका थिए । एनआरएनको तर्फबाट टासी लामाले समेत नेपाल सन्देशमा छापिएको भ्रस्टाचार बारेको समाचार गलत भनि दावी गरेका थिए । त्यसको दुई दिन नबित्दै उनीहरुबाट नै भौतिक आक्रमण भएको हो ।
कसरि गरे भ्रस्टाचार ?
जापानमा अध्ययनरत गोरखाका सुरज बस्नेतले केहि समय अघि रेलको लिकमा हामफालेर अत्महत्या गरेका थिए । उनका परिवारलाई आर्थिक सहयोग गर्न भन्दै एनआरएन जापानले आथिर्क सहयोगको घोषणा गरेको थियो । त्यस लगत्तै रकम संकलन अभियान शुरु गरेको थियो एनआरएन जापानले । पैसा आफ्नो बैंक खातामा पठाउन अपिल गरेका थिए । कोषको जिम्मा एनआरएन जापानका कोषाध्यक्ष तेज अर्यालले लिएका थिए । तर उनी त्यस लगत्तै दुई हप्ताका लागि नेपाल पुगेका थिए । यता पैसा झिकेर दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको एन आर एन जापानले बताएको थियो ।
बैंकको रमक निश्चित व्यक्तिले मात्रै रकम झिक्न पाउने व्यवस्था भएपनि पुरानो कमिटिसँग पासबुक भएकोले तिनले जाँच गर्दै आएका थिए । नेपाल सन्देश डट कमका अनुसार सोही क्रममा बैंक खातामा रहेको रकम हिनाहिना भएको खुलेको हो । एनआरएन जापानका पदाधिकारीहरुले भने आथिर्क हिनामिना भएको कुरा बाहिरिने डरले भित्रभित्रै मिलाउने गरेका थिए ।
शंका उत्पन्न भएपछि थप जाँच गर्न थाइयो । खातामा ‘के कति रकम रहेको ?’ बारे खाताको पासबुक मार्फत जाँच गर्न खोज्दा रकम देखिएन । पछि खाता खोल्ने व्यक्तिहरुको सहयोगमा बैंकबाट सम्पूर्ण विवरण मागियो । हेर्दा त छैन रकम । खुल्यो रहस्य हिनामिनाको ।
एनआरएन जापानको आथिर्क हिनामिना पत्ता त लाग्यो । गर्यो कसले ? एन आर एनको गत जनवरी १८ तारिकमा बसेको बैठकमै गल्ति स्वीकार्दै आलोचित बनेका थिए, एनआरएन जापानका कोषाध्यक्ष तेज अर्याल । रकम उनैले निकालेका हुन् । उनले खराब नियतले पैसा ननिकाले बताएपनि किन निकालेको हो भन्ने स्पष्ठ पारेका छैनन् । रकम उनले झिकेपनि केहि ब्यक्तिहरुले मिलिजुली खर्च गरेकाले पत्रकार गोर्खालीमाथि आक्रमण गरेका हुन् ।





