फ्रान्सेली भाषा र साहित्यको महत्व

कल्पना घिमिरे, फ्रान्स

 

kalpana-didiबिगतमा अत्यन्तै महत्वपूर्ण मानिने फ्रान्सेली भाषाको स्थान एवं प्रतिष्ठा पहिले जस्तो नरहेपनि आजपनि ५४ देशमा फ्रान्सीले भाषा बोलिन्छ । करिब १३ करोड नरनारी यसलाई मात्रि वा पढाईको भाषाको रुपमा बोल्दछन् भने थप सात करोडले यसलाई प्रशासकिय भाषाको रुपमा चलन गर्छन् ।

 

तर फ्रान्सेली साहित्यको विश्वमा प्रभाव एवं पहुँच फ्रान्सेली भाषाको तथ्यांक भन्दा धेरै फराकिलो छ । साहित्यको प्रथम नोवेल पुरस्कार फ्रान्सेली साहित्यकार सूली प्रुदोम (Sully Prud’homme) ले सन् १९०१ मा पाएका थिए भने साहित्यको पछिल्लो सन् २००८ नोवेल पुरस्कारपनि फ्रान्सेली साहित्यकार जँ मारी लक्लोजियो (Jean-Marie LeClézio) ले पाएका हुन् । हालसम्म फ्रान्सेली लेख्ने साहित्यकारले १६ वटा साहित्य पुरस्कार पाइसकेका छन् । सन् २००० को साहित्य नोवेल पुरस्कार पाउने चिनियाँ मुलका फ्रान्सेली लेखक गाओ सिङ्जिआन् (Gao Xingjian) फ्रान्सेलीका साथ चिनियाँ भाषामापनि लेख्दछन् । विदेशी मुलका लेखकको फ्रान्समा राम्रो मान छ भन्ने कुरो यसपालीको फ्रान्सको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कार फ्रि गङ्कु‘ (Prix Goncoust) अफ्गान मुलका अतीक रहमी (Atiq Rahimi) ले आफ्नो उपन्यास सिंगे सबुर‘ (धैर्यको पथ्थर) कालागि पाएका थिए भन्ने तथ्यले प्रमाणित गर्दछ ।

 

निष्कर्ष

 

अहिलेसम्म फ्रान्समा नेपाली साहित्यको उपस्थिति न्यून नै छ भनेपनि हुन्छ । मैले जानेसम्म केवल पाँच नेपाली वा नेपाली मुलका साहित्यिक क्रिति फ्रान्सेलीमा अनूदित भएका छन्:

पारिजातको शिरिषको फूल

डायमण्ड शमशेरको सेतो बाघ

सम्राट उपाध्यायका द एरेस्टिङ गड इन काठमाण्डु

द गुरु अफ लभ

यसबाहेक अनूदित वाल साहित्यमा कनकमणी दीक्षितको भक्तप्रसाद भ्यागुतोपर्दछ ।

 

यि सबै क्रिती नेपालीबाट नभई अंग्रेजीबाट अनूदित भएका हुन् । अर्थात सबै काम गर्न बाँकि नै छ । मेरो बिचारमा फ्रान्सवासी एनआरएनले साहित्य क्षेत्रमा गर्नुपर्ने काम यस प्रकार छ:

 

नेपालीमा क्रिती रचना हुनुपर्दछ । यस क्षेत्रमा साहित्यप्रेमी नेपाली फ्रान्समापनि जुर्मुराएका छन् भन्ने सुनेकि छु । यो अति राम्रो कुरा हो ।

हालसम्म नेपाली साहित्यमा समर्पित फ्रान्सेली भाषामा ईन्टरनेट साईट छैनन् । यो काम हाललाई संभव नभएपनि मध्यकालिन रुपमा संभव छ ।

प्रत्यक्ष फ्रान्सेली भाषामा साहित्य लेखन दिर्घकालिन रुपमा मात्र संभव म देख्छु । यसकालागि दोस्रो पुस्ता एनआरएनलाई कुर्नु पर्दछ भन्ने मेरो निष्कर्ष छ ।

बाँकि रह्यो-नेपाली साहित्यको फ्रान्सेलीमा अनुवाद । यो अल्पकालिनरुपमा संभव छ । यस्ता क्रितिको बजार ब्यवस्थापनि उचित हुन सक्दछ । त्यसै कारण अभिलम्ब जमर्को गरि यस काममा बामे सर्न जरुरी भईसकेको छ ।

 

(लेखिका फ्रान्सेली कला र शैक्षिक क्षेत्रमा योगदान गरेबापत फ्रान्सेली सरकारका तर्फबाट प्राज्ञलाई दिईने सभालिए दँ लर्द दे पाल्म आकादेमिक [Chevalier dans l’ordre des Palmes Académiques] भनिने तक्मा सन् २००३ कि बिजेता हुन्)

 

यसैसँग संबन्धित अघिल्लो लेखपनि हेर्नुस-

‘कुल्लीको भाषा’ र साहित्यमा एन आर एनले गर्न सक्ने काम

तपाइँको प्रतिक्रिया