गित

गिता थापा, ईजरायल

 

कती लड्छौ निस्वार्थमा स्वार्थताको भाव लुकाई

 

बाँच्न देउ हामीलाई पनि खुल्ला आकाश मुनी छाती फूकाइ

 

धर्ती आफ्नु भएन भने श्रीजनाका फुल तिमी कहाँ फुलाउँछौ ।

 

जन्मभुमी छैन भने तिम्रा आफ्ना पिरहरु कहाँ लगि थन्काउँछौ ।

 

लक्ष्य तिम्रो कूर्सी होइन त्यहाँ नअल्मल ।

 

तिमी मात्र एक्लो छैनौ दिन्छौं हामी बल ?

 

देश फेर्ने तिम्रो अठोट नबिर्स है कहिले ?

 

भोको पेट र नांगो आँगले आशिश तिमीलाई जहिले ।

 

 

तिम्रो एक बलिदानले देश बन्छ भने

 

भोका नांगा जनताको दु:ख हट्छ भने

 

सधैं विश्वाश फुलाउ तिमी अमर बन्छौ भने ।

 

आजलाई मात्र खुशी नरोज तिमी भोली मरेर पनि,

 

ईतिहासको नाम रोज्छौ भने ?          

तपाइँको प्रतिक्रिया