झुक्किनुहोला नी ! नेपालमा हैन, पेरिसको नेपाली मेला !

 

maison-festival-01-June-2014 073

मेको अन्तिम दिन र जुन एकमा गरेर दुई दिन नेपाली मेला भयो पेरिसमा । नेपालीहरु जहाँ बसेका छन् ति खण्डित, बिझण्डित, फूट भएपनि र थोरै नेपालीकालागि धेरै संघ संस्था भएपनि फेरि नेपालीनै नभै हुन्न । नेपालकै सम्झना र नेपालकै सेवा गरुँगरुँ भैहाल्छ । त्यसैले नेपालीहरु निकट भैहाल्छन् । त्यहि सांस्क्रितिक पहिचान, सांस्क्रितिक तिर्खा, नेपालीपन र आत्मियताले एक ठाउँ जम्मा पार्छ । नेपालको सेवा गरौं भने भावनाले फेरि एकजुट बनाउँछ । हो, यस्तै मेला त्यस्तो जमघटको अवशर बनिदिन्छ । जुन एक को साँझ सक्किएको मेलामापनि धेरैलाई त्यस्तै अवशर भयो । 

maison-festival-01-June-2014 122

maison-festival-01-June-2014 043

maison-festival-01-June-2014 060

maison-festival-01-June-2014 063

नाचगान, नेपाली संगित । बिभिन्न साथीभाईसितको भेटघाट । नेपालका बिबिध पक्षबारे जान्ने अवशर । यस्ता मेला भैराख्नुपर्ने हो । तर सानोतिनो त्याग । थोरै मेहनत र लगानी अनि तत्परताले यस्तो मेला गर्नु संभव छैन । नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सले आयोजना गर्ने यस्तो मेला तयारिका लागि छ, सात महिना लाग्छ । ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले आफ्नो मन्तब्यका क्रममा त्यहि अनुभव र तयारिबारे सुनाउँदै थिए । त्यसैले होला, नेपाली दुतावसको तर्फबाट दुतावासका मिनिस्टर काउन्सिलर रामबाबु ढकालले मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

maison-festival-01-June-2014 003

maison-festival-01-June-2014 023

maison-festival-01-June-2014 032

maison-festival-01-June-2014 038

maison-festival-01-June-2014 078

यस्तो मेला फत्ते गर्न झर्को नमानी काम गर्नु पर्छ । सामाजिक भावना र स्वयंसेवा गर्ने दयालु मन भएका मानिस चाहिन्छन् । मन भएर मात्रै हुन्न, समयपनि हुनुपर्छ । तर त्यसले नेपालको राम्रो प्रचारप्रसार गर्छ । नेपाललाई चिनाउँछ । पर्यटन प्रचारप्रसारकालागि औपचारिक जिम्मेवारी र बजेट लिएका निकायले भन्दा यस्ता संस्थाले मेला आयोजना गरेर नेपाल बढि चिनाएका छन् बिदेशमा ।

maison-festival-01-June-2014 082

 

 

 

 

तपाइँको प्रतिक्रिया