जून ८ मा हेमन्त रानाले पेरिस तताउने भए
युरोपको जाडोमा बाहिर निस्किन मन लाग्दैन । मुटुनै हल्लाउने हुन्छ जाडोपनि । गर्मी कहिले लाग्ला र टिसर्ट, हाफ पेन्ट र अलि खुलेका लुगामा हल्कासित हिँड्न, भेटघाट गर्न पाइएला भन्ने रहर हुन्छ । झन हल्का र खुल्ला भएर कुर्सीमा आनन्द बस्दै मिठा मिठा गीत सुन्न पाए ! आहा ! त्योपनि नाम चलेको, मिठो स्वरको धनी कुनै गायककारले प्रत्यक्ष आफ्नै आँखा अगाडि गाएको सुन्न पाए कति आनन्द आ उला ! नेपालका प्रसिद्द गायककार हेमन्त रानाका मिठा गीत सुन्न पाइने त्यहि अवशर जुराईदिएको छ, नेपाली एकता समाज फ्रान्सले । यहि जून ८ तारिख, आ इतवार मिठा मिठा गीत गाएर पेरिस तताउने भएका छन् उनले । आधुनिक पप गीतमा चम्किएका उनले परिसमा आफ्नो कला र गलाले उनले नेपालीहरुलाई पक्कैपनि ब्रुरुक्क बुरुक्क उचाल्ने छन् ।
‘स्लो मोसन’ गीतकापनि उनी पारखी मानिएका छन् । आधुनिक पप गीत त उनको मुख्य क्षेत्र भैहाल्यो, गायनको । गर्मी महिनाको शुरुवातीमै यो कार्यक्रम राखेकाले पनि भिड लाग्ला यो पटक ! त्यसमापनि उनी युवा गायककार । युवायुवतीहरुको चासो झन बढि हुनेनै भयो । चिनिएका कलाकार भएपछि त झन् आकर्षण हुने नै भयो । यि हरफहरु लेख्ने बेलासम्म डेढ सयको हाराहारीमा त टिकटनै बिक्रि भैसकेको बुझिएको छ । कार्यक्रम साँढे दुई बजेबाट भएकोले साँझ सम्मै सुन्न पाइन्छ ।
बाकि जानकरि टिकटमै लेखिएको छ । राम्रोसित हेर्नुस् । यसको जानकारि अरु नेपालीलाईपनि दिए झन सहयोग हुनेनै भयो, एकता समाज र गायकलाईपनि !
कन्सर्ट हुने ठेगाना र पुग्ने माध्यम हेर्नुस्
मिति : ०८ जुन २०१४
समय मध्यान्ह २: ३० बजेबाट
ठेगाना :
14 Rue Georges Politzer
93120 La courneuve
ट्राम : १, स्टेशन- Hotel de Ville
बस : २४९ र १४३, स्टेशन : Jean Mermoz





