पेरिसमा नेपाली मेलाको रमझम

Maison-programme-31-may62014 085

हिजो पेरिसमा विशाल नेपाली मेला शुरु भयो । नेपालका बिभिन्न जात र जातिका सांस्क्रितिक झल्को दिने खालको ग्रिह बनाउने मुख्य उद्देश्य राखेर स्थापित मेजों कुल्चुरेल दु नेपाल (नेपाली सांस्क्रितिक ग्रिह) ले आयोजना गरेको यो मेला नेपालकै झझल्को दिने खालको छ । पुरै तोरन र ध्वजा पताकाले सजिएको छ । मेला आयोजना भएको क्षेत्र भाँसेनको पार्क भित्रको ‘बुद्दको प्यागोडा’ क्षेत्रमा नपस्दै बाहिरैबाट नेपाली संगित सुनिन्छ । नेपाल र नेपाली भनेर जाने त छँदै छन्, भाँसँ पार्क भ्रमणकलागि जानेमध्येको ठूलो संख्या यहाँ मेला हेर्न जाने गर्छन् । ग्रिहले हरेक वर्ष केहि न केहि थप आकर्षण राख्ने गर्छ । यो वर्ष बुद्दको स्वयम्भूनाथ चैत्य जस्तो बनाइएको छ । यसले थप आकर्षण दिएको छ । मेलामा यस वर्ष रत्यौली नाचपनि देखाइएको थियो ।

Maison-programme-31-may62014 124

मेला भएको ठाउँको झलक ।

Maison-programme-31-may62014 006

यस वर्षको मेलाको अर्को आकर्षण र थप खुराक रत्यौली न्रित्य थियो । यो न्रित्य धेरैले रुचाए । मुर्छा परिपरि हाँसे ।

Maison-programme-31-may62014 186

तमु (गुरुङ) न्रित्यको झलक । म आफैं लोक न्रित्य र त्यसमापनि गुरुङ नाच र गितको असाध्यै प्रशंसक । त्यसैलेपनि हो कि ? मलाई चाहिँ हेरेका नाच मध्ये गित, नर्तकीहरुको तालमेल, पोशाक सबै हेर्दा सबैभन्दा तारतम्य यसैमा मिलेको पाएँ । यहि न्रित्य मन पर्‍यो । यो नाच तमु समाज फ्रन्सले देखाएको रहेछ ।

Maison-programme-31-may62014 048

Maison-programme-31-may62014 146

खेलेर बस्नुपर्ने यस्ता तिन नानीहरु यति धेरै मान्छेको भिड अगाडि उभिएर नाचेका । धेरैले रुचाएको द्रिष्य यो पनि हो । हामी यो उमेरमा दुई चार जनाको अगाडि बोल्नपनि गोडा लगलग कमाउने गर्थ्यौं । आजकालका नानीहरु यति तगडा !! कुनै दकस नमानी सयौं मानिसका अगाडि नाच्ने !! बधाई छ नानीहरुलाई !

Maison-programme-31-may62014 167

Maison-programme-31-may62014 155

काठामाडौं उपत्यकाको विशेष सांस्क्रितिक परम्परा कुमारी भित्र्याउने र लाखे नाच । यि दुबै प्रदर्शनी फ्रान्सेली नेपाले दुबैकालागि विशेष आकर्षण हुन् ।

Maison-programme-31-may62014 093

स्वयम्भू स्तुपाको झलक पेरिसमा । हेमन्त उपाध्याय, नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हुन् । उपाध्याय आफैंले १५ दिन लगाएर बनाएका रे यो स्तुपा । स्तुपा राख्नुको उद्देश्यबारे बताउँदै थिए । मेलाका लागि यत्तिनै खट्ने, यस्तै मेहनत गर्ने यस्तै ब्यक्ति को होला नेपाली सांस्क्रितिक ग्रिहको अध्यक्ष ? जिज्ञासा ! किनकि यिनको लामो कार्यकाल समाप्त हुँदै छ ।

Maison-programme-31-may62014 069

मेलामा नेपाली एकता समाजको स्टलमा खटिएका स्वयंसेवक । यस्ता स्टलहरु बिभिन्न एसोसियनले राखेका थिए ।

Maison-programme-31-may62014 075

राष्ट्रियता झल्काउने गीत, नेपाली झण्डा सहित ।

Maison-programme-31-may62014 129

कूटुम्ब सांस्क्रितिक टोली । साह्रै मिठो गीत गाउने रहेछन् । बाजाको धुन उस्तै मिठो । हिजो साँझ यिनको संगित सुन्न धेरै फ्रान्सेली पर्खेर बसे । दिउँसोपनि यिनले संगित सुनाउनासाथ मानिसहरु हारहुर्रै ओइरिहाल्थे ।

Maison-programme-31-may62014 092

Maison-programme-31-may62014 100

Maison-programme-31-may62014 111

Maison-programme-31-may62014 116

मेलामा अन्य स्टल र झलक । मेला आज जून एक आईतवारपनि चल्छ ।

तपाइँको प्रतिक्रिया