‘दुखेको युरोप’ बजारमा

dukheko europe

सांग्रिला बुक्सले भृकुटीमण्डपमा जारी १८ औं पुस्तकमेलाको अवसर पारेर ददि सापकोटा द्वारा लिखित ‘दुखेको युरोप ‘ पुस्तक बजारमा ल्याएको छ | हिजो एक बिज्ञप्ती जारी गर्दै सांग्रिला बुक्सले सार्वजनिक गरेको हो ।

स्वप्नदर्शी नेपाली युवाहरुका लागि मात्र होइन, संसारका बिभिन्न महादेशका विकाशोन्मुख र विकाशशील मुलुकका मान्छेहरुका लागि झैं नेपालीहरुका लागि पनि युरोप एउटा सपनाको संसार रहँदै आएको छ | धेरै नेपाली त्यहाँका विभिन्न देशमा छन् | तीमध्ये अधिकांश कल्पनातीत दारुण जीवन बिताउन बाध्य छन् | एघार देशमा रहेका अठ्ठाइस नेपालीको कहरलाई ददि सापकोटाले ‘दुखेको युरोप’ मार्फत उजागर गरिदिएका छन् |

‘दुखेको युरोप’ले मानवतस्करीको विश्वब्यापी डरलाग्दो पाटो पनि उजागर गरेको छ | विदेश पठाउने दलालहरुको सन्जाल भारतदेखि मस्को, इक्वेडर, हाइटी,नाइजेरिया, मलेशिया लगायतका बिभिन्न ठाउँमा रहेको खुलासा गर्दै कतिपयको नामनामेसी पनि सार्वजनिक गरिएको छ | दलालहरुले कमिशन खाँदै नेपालबाट बिदेशमा मानिस ओसार्नका लागि धेरै नेता र माथिल्लो तहका मान्छे चिनेका, बिदेशमा पनि मान्छे ओसार्ने दलालहरुसित सन्जाल बनाएका र विमानस्थल देखि प्रशासनसम्म सम्पर्क बनाउदा रहेछन भन्ने तथ्यहरु रोचक-घोचक छन् | मान्छेहरु कसरी बीस-बाइस पटक सम्म प्रयास गरेर भए पनि इङ्लिस च्यानल पार गरि बेलायत पुग्दा रहेछन भन्ने पढ्दा जोसुकै को मन कुटुक्क खान्छ |

‘दुखेको युरोप’ले कस्टपूर्ण जीवन गुजारेका नेपालीहरुको अवस्थालाई प्रतिनिधिमूलक रुपमा प्रतिविम्बित गरेको छ | सवै भन्दा मुख्यकुरा, यो किताबमा आएका पात्रहरुले निकै खुला र पारदर्शी रुपमा आफ्ना भोगाइहरु उल्लेख गरेका छन् |

पुस्तकको पृष्ट ४०२ र मूल्य ३९९ रहेको छ |

तपाइँको प्रतिक्रिया