छुट्ला है भोली मे ३१ र पर्सि जून १ मा पेरिसमा हुने विशाल नेपाली मेला

maison-culturelle-du-nepal

यहि मे महिनाको अन्तिम दिन (मे ३१) र जून महिनाको पहिलो दिन पेरिसमा विशाल नेपाली मेला हुँदै छ । युरोपकै सबैभन्दा ठूलो बुद्दको मूर्ती रहेको भाँसँ () पार्कमा रहेको बुद्दको मूर्ती वरिपरि यो मेला हुन लागेको हो । (मेला हुने ठाउँको ठेगाना अन्तिममा हेर्नुस्) । नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सले आयोजना गर्न लागेको यो मेला ११ औं पटकको हो । हरेक वर्ष केहि न केहि नयाँ आकर्षण मेलामा थप्ने गरिएको छ । यो मेलामा  फ्रान्सेलीहरुको विशेष आकर्षण रहँदै आएको छ । युरोपमै आयोजना हुने ठूला नेपाली मेला मध्येनै पर्छ यो पनि । 

नेपालमा अस्तित्वमा रहेका करिब ३६ जनजातिहरुको धार्मिक, सांस्क्रितिक पहिचान झल्किने खालको घर (नेपाली सांस्क्रितिक ग्रिह) बनाउने उद्देध्यले सन् २००२ मा गठन भएको नेपाली सांस्क्रितिक ग्रिहले यो मेला वर्षेनी गर्दै आएको छ । मेलामा नेपाली लोक गीत र न्रित्य, आधुनिक गित र न्रित्य लगायत बिभिन्न जनजातिका थरी थरी गित र न्रित्य देखाउने गरिन्छ । नेपालको परिचय दिनकालागि दालभात, सेकुवा, मम, सेलरोटी, अचार, पकौडा लगायतका नेपाली परिकारहरुका साथै नेपालका नाङ्लो, थैली, चिया, कफी जस्ता सयौं वस्तुहरु बिर्कि र प्रदर्शनीकालागि राखिन्छ ।

Communique_Festival_Nepal_2014_OK

नेपाली गित, संगित र भेषभूषामा रहेका स्वयंसेवक र नेपालको ध्वजा पताकाले सिँगारिएको मेलामा नेपाली धूप र खानाकै वासनाले मेला क्षेत्र नेपालमै आयोजित कुनै मेलामा पुगे जस्तो हुन्छ । त्यति मात्रै होइन, फ्रान्सको बैज्ञानिक र अनुसन्धान गर्ने संस्था सि एन आर एस का अनुसन्धानकर्मी, मानवशास्त्रीहरुले आफूले नेपालमा बिभिन्न क्षेत्रमा गरेका अनुसन्धानको ज्ञान बारे यहाँ आएर सुनाउने, साझेदारी गर्ने गर्छन्, आफ्ना तस्विरहरु देखाउने गर्छन् । आ आफ्ना वस्तु, चिजबिजका अनेकौं स्टलहरुले मेला सजिसजाउ हुन्छ । वालवालिकाकालागि खेल्ने ठाउँको ब्यास्थापनि गरेका हुन्छन् ।

यो मेला हुने ठाउँ असाध्यै रमणिय छ । नजिकै ताल छ । वरिपरि फराकिलो चौर छ । यस्सो केहि खाउँ, बाहिर निस्किएर गफसफ गरौं, खेलौं भनेपनि प्रशस्त ठाउँ छ । नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले पठाएको जानकारि अनुसार यो वर्ष ख्यातीप्राप्त सांगितिक टोली कुटुम्बले मे ३१ को साँझ सात बजे सांस्क्रितिक कार्यक्रम देखाउँदै छ । यो निशुल्क राखेको छ । अझ महत्वपूर्ण त एक वा दुई युरोको चिठ्ठामा नेपाल र फ्रान्स आते जाते बिमान टिकट राखिएको छ । फ्याट्ट परिहाले त युरोपदेखि नेपाल सित्तैमा जान आउन पाइयो ।  कार्यक्रमभित्र पस्न एक जनाको जम्मा तिन युरो छ । १० वर्ष मुनिकालाई त त्योपनि लाग्दैन । पुग्न सजिलो छ । आठ नंबर लाईनको क्रेतेई तिर जाने मेट्रोको पोख्त दोरे (porte Dorée) भन्नेमा झरेर पागोद दु बुद्द (बुद्दको प्यागोडा) कता छ भनेर सोधे जसलेपनि बताइदिन्छ ।

कार्यक्रम बारे कुनै जिज्ञासा भए सम्पर्क

Contact :

Mr Hemant UPADHYAY, Président de la MCN

06 18 08 77 51 ou [email protected]

मेला बारे थप जान्न मन लागे

www.maison-culturelledunepal.com

Email : [email protected]

Maison Culturelle du Népal 78/80 avenue de Flandres – 75019 Paris

Tél./fax : 01 42 09 66 32

कार्यक्रम हुने ठाउँ र समय

INFORMATIONS PRATIQUES :

Lieu : Pagode du bois de Vincennes

Lac Daumesnil – 75012 Paris – métro Porte Dorée

Dates : 31 mai et 1er juin 2014

Horaires : 11 h / 19 h

Concert gratuit : samedi 31 mai de 19 h à 21 h

Entrée : 3 e. Gratuit pour les moins de 10 ans

तपाइँको प्रतिक्रिया