गजल

प्रदिप सुबेदी / म्याग्दी, हाल: मध्यपुर्ब

pradeep-shree-myagdi-doha-qatar

मन्दिरमा हडताल गर्छन् संसदमा कुटाकुट

कुन प्रभुको ईशाराले बिराटनगरमा भयो फुट

++++++++++++++++++

२६ को पत्तो छैन नियमावाली त भाँडमै जाओस

एकसालैमा संबिधान भन्दै काँग्रेसले बोल्यो झुट

++++++++++++++++++

गरीबका दिन ल्याउछौ भन्दै बोकाएथे कांधमा बन्दुक

आफ्नै बोलिको ठेगान छैन बजारमा रोप्यौ गुट उपगुट

++++++++++++++++++

न बाटो, बिजुली,न शिक्षा न रोजगार पाउछौ जनताले

भाषाण ठोक्दै, मिलिजुली नेताज्यु गर्यौ राज्यको लुट

तपाइँको प्रतिक्रिया