पेरिसमा पाँच टोलीको भिडन्त, एकता कप तमुको पोल्टामा

unnamed (6)

बढो सुन्दर मौसम । पाँच एकता कपका लागि नेपाली फूटबल टीमहरु बिच रोचक प्रतिस्पर्धा । हिजोँ पेरिस नजिकको शहर लाकुर्नभमा भएको फूटबल प्रतिस्पर्धामा तमु समाज फ्रान्सले रोचक बिजय हासिल गर्यौ । 

foot-in-paris-2

          फोटो : दिपक ज्योति थापा

foot-in-paris-1

ekta-sama-football-paris-2014 माथिल्ला दुई तस्विर : पहिलोमा नेपाली दुतावास पेरिसका राजदूत मोहनक्रिष्ण श्रेष्ठ पुरस्कार बांड्दै र तल्लोमा नेपाली दुतावास, पेरिसका मिनिस्टर काउन्सिलर रामबाबु ढकाल पुरस्कार बितरण गर्दै ।फोटो-दिपक ज्योति थापा

unnamed (2)

बिजय खेलका लागि एनआरएनए फ्रान्स र तमु समाज बिच प्रतिस्पर्धा भएको थियो ।  र तमुका लागि गोल गरेका थिए अनिल गुरुँग ए । मेन अफ द म्याच मनोहर थापा एनआरएनए फ्रान्स ।

unnamed (1)उक्त कपका लागि नेपाली एकता समाज बाट दुइ वटा टोली,  तमु समाज फ्रान्स,  एनआरएनए फ्रान्स र सीभील सोसाइटीका एक एक  गरी कूल पाँच समूह प्रतिस्पर्धामा सामेल थिए ।

unnamed (1)

शुरुको खेल तमु समाज र एकता समाजको ग्रुप ए बिच भएको थियो जसमा तमु समाजको दुइ गोल र एकताको एक गोल भएको थियो ।

unnamed (5)

त्यसपछिका लगातार दुइ खेलहरु एनआरएनए फ्रान्स सँग सीभील तथा एकता समाजकै समूह दुइ बिच भयो । जसमा एनआरएनए फ्रान्सले भारी अन्तरले बिजय प्राप्त गरेको थियो ।

unnamed (3)

पाँच वटा समूह भएका कारण गोलाका आधारमा खेलाउँदा एनआरएनए फ्रान्सलाई लगातार तीन खेल खेल्नुपर्ने अबस्था आइपरेको थियो ।

unnamed (2)

अन्तिममको खेल एनआरएनए फ्रान्स र तमु फ्रान्स बिच भयो । लगातार दुइ खेल खेलेको एनआरएनए फ्रान्स को खेल अति सुन्दर भएपनि तेस्रो खेलमा उनीहरु निकै थाकेका देखिन्थे । तर पनि बिजय प्राप्तिका लागि भएको अन्तिम हाफ पछिको खेलमा एनआरएनए फ्रान्सले तमूलाई निकै दबाबमा राख्यो ।

unnamed (3)

foot-2

एकता समाज फ्रान्सको समूह ए एनआरएनए फ्रान्स र तमू फ्रान्सको खेल हेर्दा नेपाली फूटबल टीमहरुको खेल निकै परिस्कृत भइसकेको देखियो । पुरस्कार नेपाली राजदूत मोहनक्रिष्ण श्रेष्ठ र मिनिस्टर कान्सिलर रामबाबु ढकालले बितरण गरेका थिए । कार्यक्रमका मुख्य अतिथि राजदूत  श्रेष्ठ थिए ।

तपाइँको प्रतिक्रिया