अपराधी र राजनितिक बन्धीहरुको जेल अब धानीमानीकालागि
करिब तिन वर्षदेखि केहि नेपालप्रेमी, नेपालका केहि गाउँमा शिक्षा, स्वास्थ्य लगायतका मानविय, मनकारी सहयोग दिने फ्रान्सेलीहरुलाई भेटौं । तिनका कुरा सुनौं । तिनले पाएका दुख, भोगेका सास्ति अनि सँगालेका अनुभव बटुलेर अभिलेख गरौं भन्ने लागेको हो । तर समय भन्ने बल्ल मिल्यो । त्योपनि नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सका अध्यक्ष हेमन्त उपाध्यायले निकटको सम्पर्क गरैदिएपछि सजिलो भयो । मध्य कालमा युरोप छिर्ने मूल द्वार भनिनेर चिनिने फ्रान्सको आभिन्योंमा थिए, मैले भेट्न चाहेका मनकारि फ्रान्सेली । अलि अलि थुम्का । रोन नदीले फन्को मारेको । यतिबेला त झन मौसमपनि न्यानो । हरिया डाँडा । तोरी फुलेका भिराला पाखामा । थुम्कै थुम्का परेको भिरालो जमिन । आभिन्यों यसरि धपक्कै सुन्दरताले बलेका बेला पर्यटकहरुको भिडमभिड थियो ।
तिनै हेमन्तले त्यहाँका नेपालप्रेमी । नेपाल र नेपाली भनेपछि मतिहत्ती गर्ने सित नजिकको चिनाजानी गराइदिएपछि सहज भयो । आभिन्योंको मूल शहरभित्र नपस्दै अग्लान अग्ला पर्खाल देखिए । रेलबाट उत्रिएपछि हामीलाइ सुनाउन थाले । यो शहरलाई पर्खालले घेरेको रहेछ चौतर्फी । चिनको ग्रेटवालपछि यसलाई दोस्रो पर्खालका रुपमा चित्रण गरिने रहेछ ।
यो शहरमा पोपहरु आएर १२ औं शताब्दीमा राज्य गरेछन् । सय वर्ष जति । त्यसपछि रोमनहरु फेरि ईटालीतिरै फर्किए, हार खाएर । तिनै पपहरुको राज्य जोगाउन, शत्रुहरुको हमला रोक्न बनाइ एको पर्खाल अहिलेसम्म संरक्षण गरेर राखिएको छ ।
त्यो बेला फ्रान्समापनि ससाना राज्यहरु थिए, अलग अलग थिए राजा । तिनै मध्येका राजाले आफ्नो मात्रै अलग राज्य चलाउन यस्तो पर्खाल लगाएका हुन् । यो आभिन्यों शहरभित्र छिर्नकालागि एउटा मुख्य द्वार छ । त्यसमा सुरक्षाकर्मीहरुको चौकी छ । त्यो चौकी रोन नदीको पूलको मुखैमा छ । जसलाई पों दाभिन्यो (आभिन्यों पूल) भनिन्छ । उनीहरुले शत्रुहरुलाई रोक्न, जासुसी रोक्न आभिन्यों राज्यभित्र छिर्ने एउटै बाटो मात्र बनाएका थिए । त्यसमा छिर्दापनि चुंगी कर जस्तै तिर्नुपर्थ्यो । आभिन्यों भूमध्यसागररिय समूद्र (मेडेटेरियन सि) बाट पस्ने मूल द्वार । यो जेल घर निकै वर्ष खाली रह्यो । बन्दीहरु हुने भएनन् । अब यसलाई सरकारले भाडामा दिएको छ । यसमा पाँच तारे होटेल बन्दै छ र यसमा विश्वका धनीमानीहरु आएर बस्ने छन् ।
(पहिलो फोटोमा पपको पछिल्लो दरबार र अघिल्लोमा पहिलो दरबार)
यहाँको अर्को विशेषता भनेको कोत रोंन भन्ने वाईन हो, विश्व प्रसिद्द । त्यो वाईन यहि क्षेत्रमा बन्छ । आभिन्यों यो वाईनको प्रशासनिक र भौगोलिक केन्द्रपनि हो । मेडिटेरियन क्षेत्रको राजधानीका रुपमा लिईन्छ यो शहरलाई अझैपनि । बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचरलेपनि आभिन्योंको प्रशंसा गरेकि थिईन् । भाषण गर्दा उनले यो औधी सुन्दर क्षेत्र र युरोपको द्वार हो भनेकि रहिछन् ।
(रोमनकालिन गिर्जाघर)
आभिन्योंमा एउटा के थियो गज्जबको पक्ष भने त्यहाँ भित्र नागरिक बसोबास गरेका थिए । ति सबैको निगरानी, सुरक्षा र ब्यवस्थापन पपहरुलेनै गर्थे । त्यसैले आभिन्यों शहरको निर्माण सबै रोमन शैलीको छ । रोमबाट त्यो बेला धेरै ईटालियालीहरु आएकाले अहिलेपनि आभिन्योंमा ईटालियन उनिभर्सिटी भन्ने विश्व विध्यालनै छ । त्यसको आसपासमा बस्नेहरु सबै ईटालीयाली मूलका छन् ।
विश्वकै पहिलो ब्यापारिक प्रेस कारखाना र ब्यवस्थापन गर्ने कार्यालयपनि आभिन्योंमै छ । पपहरुले सबैभन्दा कम करमा छाप्न दिने भएकोले त्यहाँ राखिएको रहेछ । राजतन्त्रका बारेमा आलोचन अनगरुन् भनेर प्रेसलाई त्यहिं राखेका रहेछन् । पपहरुलेनै कडा निगरानी, सेन्सर गर्ने रहेछन् । पपहरुले सबै सुबिधापनि दिन्थे । त्यस भवनलाई अझै संरक्षण गरेर राखेका छन् ।
(खाने पानीको ट्यांकी सुरक्षित गर्न ज्वालामुखीबाट निस्किएका पथ्थरले लगाएको पर्खाल)
चौधौं शताब्दीमा निर्मित जेल विशाल छ । सुरक्षा गरेर राखेका छन् । चारैतिरबाट पर्खाअले घेरिएको छ । माथि डाँडाबाट जेलका अपराधी र राजनितिक बन्दीहरुलाई तिनका पत्नी, परिवारले सामान फालिदिने गर्दा रहेछन् । ति छिर्न नसकुन् भनेर लगाइएको काँडे तार हालसम्म सुरक्षित छ ।
( ददिको अनुभव र अनुभुतीमा क्रमश: प्रकाशित हुने छ )
















