छलफलकालागि बोलाएर बैठकमै दूर्ब्यवहार
अपडेट : २३ मार्चका दिन सम्म राज खरेललाई बाघ झैं झम्टिन पुगेका वाग्लेले अन्तत खरेलसित माफी मागेका छन् । नेपालप्लसमा सहयोगको माग गर्दै खरेलको अपिल छापिएपछि विश्वभरिबाट उनको आलोचना शुरु भएको थियो । आलोचना र टिका तिप्पणी ब्यापक हुनथालेपछि उनीमाथि माफी माग्नु पर्ने दबाब एन आर एन क्षेत्रिय समिति, केन्द्रिय समिति, एन आर एन युरोपीय समिति सबैतिर परेको थियो । एन आर एनका उच्च नेताहरुले सम्पर्क गरेर उनले माफी माग्नुपर्ने, नत्र एन आर एनकि बेइज्जति हुने बताएका थिए । यहि विषयमा एन आर एनका केन्द्रिय महासचिव कुमार पन्तलेपनि एन आर एन युरोपेली संयोजक अर्जुन श्रेष्ठलाई यसबारे बुझेर समस्या समाधान गर्न सुझाव दिएका थिए । चारैतिरबाट दबाब र सुझाव आउनुको साथै नेपालप्लसका विश्वभरिका पठकहरुले चर्को दबाब दिएपछि हिजो साँझ उनी आफैंले राज खरेललाई बोलाएर ‘भाइ गल्ति भैहाल्यो, माफी माग्छु’ भन्दै माफी मागेको स्रोतले उल्लेख गर्यो ।
—————————————————————–
त्यसदिन होलीको पर्वमा हामी भुल्दै थियौं । कार्यक्रम भएको केहिबेरमा केहि मानिसहरु सल्याङ बल्याङ गरे । एकछिन पछि त कार्यक्रम हलबाट केहि मानिस निस्किए ‘मिटिङ छ, एकदम महत्वपूर्ण’ भन्दै । एन आर एन फ्रान्सका अध्यक्ष घनश्याम पौडेलको रेस्टुरेन्टमा रहेछ मिटिङ । मिटिङ बोलाएका रहेछन्, पेरिसका एक युवा राज खरेलले । मिटिङको विषय रहेछ ‘सगरमाथा रेस्टुरेन्टका सञ्चालक र एन आर एन फ्रान्सका महासचिव भक्त वाग्लेले अपमान गरेकाले न्याय पाउँ भन्ने । त्यसैका लागि खरेलले पेरिसका सबै नेपाली संस्थालाई निम्ता दिएका रहेछ,, प्रतिनिधी पठाइदिन भन्दै । उनको माग ठूलो पनि रहेनछन् । भक्त वाग्लेले आफूले गरेको मानहानी र अपमानको महसुस गरुन् भन्ने रहेछ ।
त्यहि निम्ता पाएपछि एन आर एन फ्रान्स, नेपाली एकता समाज, फ्रान्स, पाकोफेनका प्रतिनिधी बैठकतिर हिँडे । होली खेल्ने कार्यक्रम भैरहेका बेला बैठक किन राखेको होला भनेर केहिले गुनासोपनि गरेका थिए । तिन बजे बैठक भएको ठाउँमा पुग्दा त स्थिति पिडित भनिएका राज खरेलले सोचे भन्दा पुरै अलग देखिएछ । त्यहाँ त पिडितलाई झन पीडा दिने ।
छलफलका लागि मानिस जम्मा हुनासाथ राज खरेलले आफ्ना कुरा शुरु गर्न लागेछन् । उनले कुरा थाल्ने बित्तिकै सगरमाथा रेस्टुरेन्टका सञ्चालक भक्त वाग्लेले ‘तेरो पैसा मैले खाममा हालेर दिएको हुँ’ भनेछन् । तँ भनेर निच तरिकाले सम्बोधन गर्नासाथ पाकोफेन संस्थाको अध्यक्ष जिता कटुवालले असहमति जनाइन् । नेपालप्लस स्रोतका अनुसार उनले भनिन् ‘के हो भक्त जी तिमीपनि संस्था चलाउने, मपनि संस्था चलाउने । संस्था चलाउने ब्यक्ति भएकोले आफ्नो ठाउँमा बस । सामाजिक संस्था चलाउनेको समाजिक मर्यादा र आदर सम्मान हुन्छ । किन तँ भनेर बोलेको ? सभ्य तरिकाले बोल न ।’
त्यसपछि आफ्ना कुरा राख्दै गर्दा राज खरेललाई ‘त्यो औंला तल झारेर बोल’ भन्दै भक्त वाग्लेले निर्देशन दिए । जब जब राज खरेलले आफ्ना असहमती, गुनासा, आफ्ना कुरा राख्न खोज्थे उनको कुरा काटिहालिन्थ्यो । बिचैमा रोकिन्थ्यो । बोल्न दिईन्नथ्यो । जब भक्त वाग्ले आफ्ना कुरा राख्थे तब चुपचाप सुन्ने र सहि थाप्ने गरिन्थ्यो । किनभने त्यहाँ छलफलका लागि भनेर लगेका अधिकांश मानिसहरु भक्त वाग्लेका आफन्त, नातेदार र एन आर एन फ्रान्सका पदाधिकारी थिए ।
पाकोफेनका तर्फबाट जिता कटुवाल, बिमला, नेपाली एकता समाजका प्रमोद पाण्डे र सुक गुरुङ । कुमार राई, दिल गर्बुजा, सुवर्ण बिक्रम हमाल, एकेन्द्र मल्ल, नरेन्द्र शाही, घनश्याम पौडेल, जिता कटुवाल थिए । भक्त वाग्ले र उनैकी पत्नी निर्मला वाग्ले, उनैका भान्जा, दुई जना वाग्लेकै रेस्टुरेन्टका कर्मचारी सहित उनीहरु आफ्नो पक्षमा दह्रो तयारि गरेर गएका थिए । छलफल हुँदै गर्दा उनले आफूले काम गरेको एक महिनापछि पैसा लिन जाँदापनि अपमान गरेको, फ्रिजमा हानेर कुच्याउँदै तर्साएको बताउन थालेपछि भक्त वाग्ले दुई पटक कुटपिट गर्न भन्दै जुरुक्क जुरुक्क उठेका थिए । एक पटक नुन, मरिच राख्ने भाँडोले हान्न खोजेका थिए । अति दादागरि गरेको देखेपछि सहन नसकेर बिमलाले ‘के हो, कति हेपेको कामदारलाई, के भन्न खोज्या’ भन्दै भक्तको कठालो समात्न पुगिन् । भक्त वाग्ले र उनकी पत्नी निर्मलाले आफ्ना कुरा राख्दा ‘तँ खान नपाएको, तँ रोग्या मूला, सडक छापलाई हामीले खान र बस्न दिएको, काम दिएको, बाटोबाट टिपेर ल्याएको भनेर अपशब्द बोल्ने, मर्यादा नाघ्ने गरेपछि सहनै नसकेर उनले ‘के खोज्या’ भन्दै कठालो समात्न गएको स्रोतले बतायो ।
छलफलका क्रममा राज खरेल ग्राहकले खान खाइरहेको बेला आएर दखल पुर्याउने, पैसा मागेर हैराने दिने र रिसाउने, झगडा गराउने बनाएर ग्राहक भड्काउने, तर्साउने र रेस्टुरेन्ट बन्द गराउने नियत राखेको भक्तले दाबी गरे । सप्ताहन्तका बेला ग्राहक धेरै हुने दिन काम गर्न आउन सक्दिन भनेर ग्राहक भड्काउने र रेस्टुरेन्ट बन्द गराउन खोजेको, ब्यापारमा दखल पुर्याएकोले खरेलले आफूलाई उल्टो क्षतीपूर्ती दिनुपर्ने भनाई भक्त वाग्लेको थियो । त्यसपछि एन आर एन फ्रान्सका अध्यक्ष घनश्याम पौडेलले ‘न भक्त वाग्लेले हान्न गएको भिडियो छ हामीसित, न राज खरेलले दखल पुर्याएको छ । प्रमाण केहि छैन, दुबैको छैन । हामी नेपाली नेपाली मिलौं, झगडा नगरौं, मिलोमतो गरेर जाउँ’ भनेका थिए । यसमा झण्डै सहमती हुन खोजेको थियो । तर एक्कासि भक्त वाग्ले उठेर ‘तँ पुलिसकोमा जान्छु भनेको होइन ? लिएर आइज पुलिस, ओपन च्यालेन्ज भो तँलाइ’ भनेर जंगिएपछि फेरि स्थिति बिग्रिएको थियो ।
उपस्थित मध्ये अधिकांश एन आर एन फ्रान्सका पदाधिकारी र भक्त वाग्लेका परिवार, आफन्त भएकाले उनीहरुकै पक्ष लिएका थिए । तर बैठक भरि दह्रो कुरा गर्ने बिमला र जिता कटुवाल थिए भने प्रमोद पाण्डे र घनश्याम पौडेलले पक्ष बिपक्ष नलिइ बोलेका थिए । सुक गुरुङ भने उति बोलेनन् । ‘बैठकमा ‘तँ खाते तँ खाते’ भनेर अति चर्किनेमा भक्त वाग्लेकै पत्नी निर्मला थिईन् । अधिकांशले भक्तकै पक्ष लिएर बोलेका थिए । आफ्ना कुरा नसुन्ने र प्रसंग कोट्याउनासाथ बिचैमा रोकिदिने, नसुन्ने गरेपछि राज खरेल “ठिकै छ, म बोल्ने बेला कराउने । भक्त वाग्ले बोल्ने बेला सुन्ने, सहि थप्ने, मेरो कुरा नसुन्ने भए म जान्छु’ भन्दै निस्किएका थिए । गैह्र आवाशिय नेपाली संघको नारा नेपालीकालागि नेपालीद्वारा भन्ने छ । भक्त वाग्ले गैह्र आवाशिय नेपाली संघ, फ्रान्सका महा सचिव हुन् ।




