आज बल्ल खेलियो पेरिसमा फागु (होली)
ढिलै भएपनि आज बल्ल खेलियो पेरिसमा फागु वा होली । गएका वर्ष झैं आजपनि रमाईलो भयो । फ्रान्सेली र नेपालीको मिश्रण । सबै रंग, सबै जाति, सबै भाषा र समूह । सबैकालागि रंग र उमंग ।
नेपाली दुतावास पेरिसका मिनिस्टर काउन्सिलर रामबाबु ढकालले होली पर्वको सानो जानकारि दिए । करिब तिन हजार वर्षदेखि यो होली सबै जात र जाति, भाषाभाषी, समूह र समूदायका मानिसले खेल्दै आएको । होलीको बिबिध रंगले उल्लासमय रंग छरेको र यहि वर्षदेखि होलीलाई सरकारले राष्ट्रिय पर्वको मान्यता दिएको बताए । फ्रान्सेली भाषामा होलीको जानकारि दिँदै उनले सबै फ्रान्सेली लाई होलीको शुभकामना मात्रै दिएनन् । हातमा अबिर लिएर आफैं घस्दै घसिँदैपनि थिए ।
असाध्यै छोटो मन्तब्य दिए आयोजक संस्था नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले, होलीका बारेमा । सबैलाई जिवन होलीको विविध रंगझैं रमाईलो र उल्लासमय बनोस् भन्ने कामना गरे ।
होली खेलिसकेपछिको सामूहिक तस्विर ।
अघिल्लो तस्विरमा होलीको गित र न्रित्यका बेला सहभागिको ध्यान । पछिल्लोमा नेपाली खाना खाँदै गित सुन्दै गरेका दर्शक । उपस्थिति अघिल्लो साताकै जस्तो थियो । तर आइतवार फ्रान्समा नगरपालिकाको निर्वाचन भएकाले धेरै फ्रान्सेली आउन पाएनन्, त्यसैले घाटा लाग्यो ।
होलीमा रमाउन उपस्थित आमा । काउन्सिलर खनालकी आमाले धेरैलाई टिका लगाएर आशिर्वाद दिनुभयो । रमाउनु भो । झोलामा ल्याएको प्रसादसमेत बाँड्न भ्याउनु भयो ।
रङ घस्न थाले समूहमा । एकै छिनमा सबैका गाला राता, पहेंला, निला, हरिया भैहाले । त्यो हल त तराईको कुनै गाउँ जस्तो भहाल्यो । मुठीभरि र थालीमा रङको धुलो बोकेर मानिसहरु एक अर्कामा रङ घस्नै ब्यस्त भैहाले । रङ घसिसकेपछि फोटो खिच्न र कस्तो देखियो भनेर हेर्नपनि उत्तिकै ब्यस्त थिए ।
खिर खाने हो ? हात फ्रान्सेली भएपनि खिर गोर्खालीनै हो । खिर बाँड्दै स्वयंसेवामा खटिएका एक नेपालप्रेमी फ्रान्सेली ।
















