हामी त बल्ल खेल्दै छौ पेरिसमा फागु (होली)
पाँच दिन भयो अन्यत्र फागु खेलेर सकिएको । तर पेरिसमा भने हामीले बल्ल फागु खेल्दै छौं । आगामी २३ मार्च आइतवारका दिन हामीले सामूहिक रुपमा फागु खेल्ने छौं । त्यो दिन नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सले फागु खेल्नकालागि सबै नेपाली र फ्रान्सेलीहरुलाई समेट्न खोजेको हो । आयोजनापनि ग्रिहलेनै गरेको हो । दिउँसो मध्यान्हबाट फागु खेल्न शुरु हुने छ । खानपिन त्यहिँ हुन्छ । केहिबेर नाचगान र रमाईलो गरिन्छ । धुमधामले फागु खेलेर आइतवारको छुट्टी मनाइने छ ।
गत सालपनि ग्रिहले यो पर्वको आयोजना गरेको थियो । असाध्यै रमाईलो भयो । फ्रान्सेली र नेपालीको राम्रो उपस्थिति थियो । युरोपको जिवन साह्रै निरश । सधैं हतार र हतास । सधैं गम्भिर हुनुपर्ने । रंगहिन जिवन भन्छन् केतिपय फ्रान्सेलीहरुले त । फागुले त्यो जिवनमा रंगै रंग छरिदिन्छ । यो वर्ष झन धेरै फ्रान्सेलीहरुले फागु खेल आउन चाहेको नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायले बताएका छन् । त्यसैले यो वर्ष झन रमाईलो होला । किनकि फागु वा होली यस्तो पर्व हो जति धेरैले सामूहिक रुपमा मनायो उति रमाईलो, उति रंगपूर्ण ।
मनाउन त अघिल्लै साता मनाउने मेसो मिलाउन खोजेको हो ग्रिहले । तर भनेका बेला हल पाउनु अर्को समस्या । त्यसैले यो साता मनाउन लागियो । आखिर एक साता पछि सरेर पो के भो र ? उहिदिन मनाउन त बिदेशमा अनेक कारणले मिल्दैननै । एक साता पछिनै होस् न रमाईलो गर्ने, आफ्नो संस्क्रितिलाई जिवनत राख्ने न हो । यो खबर अरुलाई गरिदिने, आफूपनि सहयोगी हुने गर्नुहोला है त ?
कार्यक्रम हुने दिन – आइतवार मार्च २३
समय – दिनको १२ ३० बजे
मेट्रो- मेजो आल्फर्ड स्ताद
लाइन– ८
प्रवेश शुल्क (खाना सहित) :
विध्यार्थी र ग्रिहका वार्षिक सदस्यकालागि – १० यूरो
१०-१६ वर्ष सम्मकालागि – पाँच यूरो
१६ देखि माथिकालागि -१५ यूरो
सात वर्ष मुनिका वच्चाको लागि- निशुल्क
(प्रवेश शुल्क, नाचगान, चिया कफी र पेय सहित)





