बिदेशीकालागि आकर्षक, फ्रान्सेली युवायुवती भने फ्रान्स छोड्दै

rtr37m9z

फ्रान्स युरोपकै एकदम आकर्षक देश हो । मूल त रोजगारीका लागि । यो आकर्षण एशियाली र अफ्रिकीहरुहरुकालागि बढि छ । काम, सुबिस्ता, सुबिधा र बिलासी जिवन खोज्न अफ्रिकी र एशियाली फ्रान्स आउन मरिहत्ते गर्छन् । तर वास्तबिकता भने उल्टो छ । फ्रान्सका शिक्षित युवा युवती भने फ्रान्समा काम नपाएर हरेक दिन देश छोडिरहेका छन्  । उनीहरुकालागि फ्रान्स अब मूलत रोजगारका हिसाबले आकर्षक रहेको छैन । त्यसैले ति आफ्नो समाज, परिवार र देशनै छोडेर बाहिरिईरहेका छन् । 

राष्ट्रपती निर्वाचनकै बेला अहिलेका राष्ट्रपती फँस्वा ओलँदले युवायुवतीकालागि विशेष योजना ल्याउने प्रतिबद्दता गरेका थिए । आफू राष्ट्रपती पदमा बिजयी भएमा युवायुवतीलाई रोजगार स्रिजना गर्ने भन्दै उनले आफ्नो प्रतिबद्दता पत्रको ६० औं बुँदामा घोषणा गरेका थिए । तर उनले त्यस्तो केहि योजना ल्याउन सकेनन् जसले युवायुवतीहरुलाई रोजगारीको ब्यवस्था गरोस् । बरु दिनप्रति दिन शिक्षित युवायुवतीहरु रोजगारीकालागि फ्रान्स छोडेर बाहिरिएका छन् ।

तथ्यांक अनुसार सन् २०१० देखि सन् २०११ को बिचमै १३ हजार चार सय ३१ शिक्षिय युवायुवतीहरुले फ्रान्स छोडेर अन्य देश गए । यो वर्ष आफ्नो देश छोड्ने ६२ प्रतिशतले बढ्यो, अघिल्ला वर्षहरुमा भन्दा । तथ्यांक अनुसार सन् २०१० देखि सन् २०११ को बिचमै १३ हजार चार सय ३१ शिक्षिय युवायुवतीहरुले फ्रान्स छोडेर अन्य देश गए । यो वर्ष आफ्नो देश छोड्ने ६२ प्रतिशतले बढ्यो, अघिल्ला वर्षहरुमा भन्दा । फ्रान्समा कर तिर्ने प्रणाली एक वर्ष ढिलो (अघिल्लो वर्षको कर तिर्ने प्रचलन) ले गर्दा सन् २०१३ को तथ्यांक सार्वजनिक नभएको हो । तर विशेषज्ञहरुले सन् २०१३ मा देश छोडेर बाहिर जानेहरुको संख्या झन उच्च रहेको बताएका छन् । यहि आर्थिक अवस्था रहे आगामी वर्ष झन  बढ्ने अनुमान छ ।

पढाई अनुसारको जागिर नपाइने । कुनै विषयमा विशेषज्ञता हासिल गरेकाकालागि झन कम अवशर । बेरोजगार युवायुवतीकालागि दैनिक जिवन टार्ने कमजोर आर्थिक सहयोग, राज्यबाट निकट भविषयमा अवशरको योजना क्षिण देखिनु र आफ्नो विकासव्रित्तीको चिन्ताले शिक्षित युवायुवतीहरु बिदेश पलायन भएको तथ्यांकहरुले देखाएका छन् ।

अहिले फ्रान्सका युवायुवतीहरुको मुख्य आकर्षण बेलायत भएको छ । बेलायतमा आफ्नो शिक्षा अनुसारको रोजगार पाएकोले त्यता स्थानान्तरण भएको धेरैले बताएका छन् । फ्रान्सको शैक्षिक संघसंस्थामा अंग्रेजी भाषा पढ्न अनिवार्य भएकाले बेलायत जाँदा भाषाको ठूलो कठिनाई ब्यहोर्नु नपरेको बताइन्छ । खासगरि तेस्रो मुलुकका आप्रवाशीहरुप्रति बेलायतले कडा निति लिएपछि युरोपीहरुकालागि रोजगारी पाउन सहज भएको छ । बेलायतपछि तिनको आकर्षण अमेरिका भएको छ । त्यसपछि पूर्वी स्क्याण्डेनेभियन देश र जापनापनि केहिका आकर्षक देखिएको छ ।

तपाइँको प्रतिक्रिया